श्राद्ध के ? किन र कसरी ?, Shraddh || Dibyapuri TV

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • श्राद्ध के ? किन र कसरी ? || Dibyapuri TV
    _______________________________
    Host:- Narad Mani Paudyal
    Guest:- Koshraj Neupane
    Camera & Edit:- Roshan Pokharel (BT Bro)
    Concept : Rajan Mani Paudyal
    Chief Administration : Binita Neupane
    _______________________________
    स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
    वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
    _______________________________
    #DibyaPuri #Spiritual_World #Shraddh
    _______________________________
    Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
    / @dibyapuritv
    _______________________________
    Social Media:- DibyaPuri
    Facebook:- / dibya.puri.3194
    Instagram:- www.instagram....
    Twiter:- / puridibya
    _______________________________
    For Business and further queries information:
    dibyapuri1@gmail.com
    Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
    _______________________________

КОМЕНТАРІ • 66

  • @chiranjibiniraula
    @chiranjibiniraula Рік тому +2

    सारै राम्रो धेरै खुसी लाग्यो गुरु वर नमन्🙏❤️❣️

    • @thanisaratimilisena2165
      @thanisaratimilisena2165 Рік тому

      धेरै ठिक बिशेष ज्ञान को फैलाउस

  • @ministryofhealthm.e.divisi6160

    हामी हिन्दूहरूले आफ्ना दिवंगत पिता, पितामह, प्रपितामह तथा मातामह, प्रमातामह, बृद्धप्रमातामहका साथै समस्त पितृहरूलाई पिण्डदान गर्ने पर्वको रूपमा मान्दै आएका छौं । यसरी हामीले पितृलाई प्रदान गरेको वस्तु कसरी पितृले प्राप्त गर्दछन् भन्ने जिञाशा लाई मेट्ने अभिप्रायले यो पौराणिक दृष्टान्त प्रस्तुत गरेको छु । धेरै भन्दा धेरै जिञाशुहरूमा पुर्याइदिनुहुन पनि सादर अनुरोध गर्दछु ।
    हामीले आफ्ना मृतात्मा पितृ समक्ष स्वधा उच्चारणका साथ प्रदान गरिएको भोजनको रसास्वादन गर्दछन् चाहे मृतात्मा स्वर्ग, नर्क अथवा अन्य लोकमा या न्यून पशु योनिमा या मानव जुन-जुन योनि वा रूपमा जन्म लिएका छन् वा जहां निवास गरे पनि आफ्ना सन्ततिले स्वधा मन्त्र उच्चारणका साथ प्रदान गरेको भोजन योनि तथा रूप अनुसारको वस्तुमा परिणत भई पुग्दछ । साथै श्राद्ध गरेमा श्राद्धकर्ता र मृतात्मा दुवैलाई तेज, यश, समृद्धि प्राप्त हुन्छ । अझ मृतात्माको त वैकुण्ठादि उत्तम लोक प्राप्त हुन्छ भन्ने पौराणिक मान्यता छ ।
    गान्धर्वे भोगरूपेण पशुत्वे च तृणं भवेत् ।। श्राद्ध हि वायुरूपेण नागत्वेप्यनुगच्छति ।।
    फलं भवति पाक्षेत्वे राक्षसेषु तथामिषम् ।। दाववत्वे तथा मांसं प्रेतत्वे रुधिरं तथा ।।
    मनुष्यत्वेऽन्नपानादि दास्ये भोगरसो भवेत् ।।
    -मृतकको संतानले श्राद्धमा दान दिएको श्राद्धान्न पितृहरूले कसरी प्राप्त गर्दछन् भन्ने गरुढको जिज्ञासामा भगवान् विष्णु समेतले आज्ञा गरेको प्रसङ्ग ः-मनुष्य आ-अफ्नो कर्मानुसार अर्कै योनिमा प्राप्त हुन्छन् भन्ने धार्मिक मान्यता छंदैछ । यसै मान्यता अनुसार यदि मनुष्यले मृत्यु प्राप्त गरेपछि देवता भए आफ्ना सन्तानले श्राद्ध मार्फत दिएको अन्न जल अमृत भएर अफ्नो पितृ समक्ष पुग्दछ । यसैगरी गन्धर्भ योनिमा भोगरूप, पशुयोनिमा भए तृण घाँसपात, नाग भए वायु, पक्षी भए फलादि वस्तु, राक्षस भए आमिष रक्त दानव भए मांसादि मनुष्य भए अन्नपानादि साथै प्रेतत्वबाट मुक्ति नपाएको भएमा रगतको रूपमा प्राप्त गर्दछन् । हाम्रा समस्त पितृहरूले अक्षयलोक प्राप्त गरून् ।

  • @gyanutiwari7372
    @gyanutiwari7372 2 роки тому +2

    जय होस्

  • @keshavrajbhatta3172
    @keshavrajbhatta3172 Місяць тому

    काेषराज गुरु र रामचन्द्र गुरुकाे कुरामा भिन्नता देख्छु ? धर्मशास्त्रकाे व्याख्या किन फरक फरक ?

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni 3 місяці тому

    दुबै गुरूलाई नमन

  • @diliplinkha1201
    @diliplinkha1201 3 роки тому +3

    dhanyabad 🙏🙏🙏

  • @Rp-qt9ch
    @Rp-qt9ch 2 роки тому +3

    जति सुने उति बुझन मन लाग्न्ने कति मीठो शन्दमा छन

  • @shreemannarayangautam7331
    @shreemannarayangautam7331 6 місяців тому +1

    देवमणि भट्टराई गुरु,दीर्घराज घिमिरे गुरु र हजुरका कुरा किन नमिलेका हुन् गुरु?

  • @kaushilapandey5133
    @kaushilapandey5133 2 роки тому +1

    सहि कुरा भनुभयाे गरू रामराे

  • @bharatacharya4136
    @bharatacharya4136 2 роки тому +1

    दिग्गज व्यक्तित्व ! सही पात्र ल्याउनु भयो ! हार्दिक धन्यवाद !

  • @krishnabandhu403
    @krishnabandhu403 2 місяці тому

    पूर्व सहप्राध्यापक भनिएको रहेछ , प्राध्यापक , सहप्राध्यापक , उपप्राध्यापक, डाक्टर , स्वामी , शन्त , महन्त आदि आदि उपाधिहरू कहिल्यै पूर्व हुँदैनन् है !

  • @manasarki8629
    @manasarki8629 2 роки тому +2

    Sahib kura garnered vyo guru Jim Nero dai bhai led bachun jel hernan while sharad garxan

  • @narayankhatri9533
    @narayankhatri9533 12 днів тому

    मरे तीथि मा पृितु एकाए गर्न उचित की अनुचित गुरु ।

  • @premrajneupane874
    @premrajneupane874 2 роки тому +3

    गुरुदेव नमन पुस्तक कहाँ पाइन्छ ?

  • @Nabaraj-sharma11
    @Nabaraj-sharma11 2 роки тому +4

    मेरो शंका - ४ वेद ६ दर्शन र वेदोक्त उपनिषदमा यो मृतात्मालाइ पिण्ड दिने प्रमाण छ भनें कृपया दिनुहुन अनुरोध गर्दछु । यसको बिषयमा जान्ने मलाई अति चासो छ ।

  • @ghalakman8512
    @ghalakman8512 5 місяців тому

    धरम शास्त्र समबनधमा बुवा अामा हरुकाे मरण पछिछागबारजे र सारदा नगरने हरुलेअँसबनडा पाउछकि पाउदैन किनभने किरसयान धरम मानने हरुलेत केशमुनदनपनिगरदैनयेसताले अँसपाउछकिपाउदैन

  • @rajuparajuli4627
    @rajuparajuli4627 3 роки тому +1

    राम्रो कर्म र बिचार

    • @chandraprasadpokharel4224
      @chandraprasadpokharel4224 2 роки тому

      गुरु जी नमस्कार, श्राद्ध का विषयमा अत्यन्त महत्वपूर्ण कुराहरू बताउनुभयो । जय होस् गुरु जी

  • @rameshkumarneupane8986
    @rameshkumarneupane8986 2 роки тому +1

    जति कुरा सुनियाे उपयुक्त छन् अब अाफुलाई पनि ज्ञान छैन , गराउने पुरहेत पनि पाइदैन याे समस्यकाे समाधानकाे बाटाे कसरी लिने त गुरुदेव

    • @pushparajbhandari315
      @pushparajbhandari315 2 роки тому

      नेउपाने गुरु - तपाईंले भाँड भैलाे गर्नु भाे - किताब लेख्दैमा वा सार्दैमा वा जाेडजाड गर्दैमा विद्वान् हुँइदैन ।मैले ५० बर्ष देखि ६वटा पीण्ड दिई अाउने परम्परालाई भाँडभैलाे गरेर ब्याख्या गर्ने ।

  • @tirthakarki1989
    @tirthakarki1989 2 роки тому +2

    कस्तो अचम्म।पतिकाे लागि वर्ष दिन बार्ने, जिवन भर सेताे लाउनुपर्ने ।पतिले पत्नी बिते ३महिना बारे पुग्ने।अनि आधा अँग भनि किन भ्रममा पार्ने? सच्याउनुपर्छ धेरै असमान बिधिहरु।

  • @surajthapa7405
    @surajthapa7405 2 роки тому +1

    राधे राधे राधेश्याम गुरु

    • @laxmineupane1129
      @laxmineupane1129 2 роки тому

      गुरु जि नमस्कार बद्रिनाथ मा गय पछि शरा्द गर्न हुदैन वा गर्न पर्दैन भन्छन नि खास के हाे कृपया बताई दिनु भय आभारि हुने थिय

  • @tikarana9837
    @tikarana9837 5 місяців тому

    नेपाली जति ईशाई मुशल भई शके तपाईं हरु जझै झमेला लाई लमेला बनाई राख पाखामै बशेकाे कारण यस्ताे भयकाे हाे बाउन बाजे अझै शमय छ शुद्धेउ यस्तै बचनले शनातनि भड्केका हुन यी ब्यकतिगत कुरा शमाजिक शन्जालमा बाेल्न हुदैनथियाे अलि मिलायर बाेल्दा राम्रो हाेला।

  • @mycelebration5242
    @mycelebration5242 2 роки тому

    अनावश्यक छलफल, मान्छेहरु लाई वेवकुफ बनाउने मात्र।
    Divepuri TV ले कहिले कहि गलत मान्छे ल्याउछ।

  • @gokarnaaryal1179
    @gokarnaaryal1179 7 місяців тому

    पैार्ठपदीश्राद्धमा लेपभागि भएकाले पिड्ड दिन पर्दंैनहाेइन र

  • @liladharsharma5040
    @liladharsharma5040 11 місяців тому

    गुरुजि नमस्कार गरुडपुराण को सारमा एकुद्दिट श्राद्ध बर्षान्त दखी पछि श्राद्ध एकुपार्बणले गर्नु भनिएको छ यो किन भनियो बुझाइ दिनुहोस् न

  • @KumarNepal-u7x
    @KumarNepal-u7x 27 днів тому

    Sraddyeya guru sanga pratyakshya bhet garne kasari?

  • @bhagawatiregmi8711
    @bhagawatiregmi8711 2 роки тому +1

    गुरु माहालय स्रद रोकियो भनि कैले गर्नि त भनिदिनुन

  • @mycelebration5242
    @mycelebration5242 2 роки тому

    आफु ले नदेखेको अनुभव नगरेको , आर्काको लेखेको सुनेको भरमा सम्पुर्ण समाज लाई बेवकुफ बनाउने काम महापाप र पापी हुन।
    आज हाम्रो हिन्दु धर्म माथि को आस्था कम हुन्दै जानुको प्रमुख कारण यस्तै अन्धविश्वासहरु हुन।

  • @mycelebration5242
    @mycelebration5242 2 роки тому

    समाज लाई भ्रमित तुल्याउनेहरु महा अपराधी हुन।

  • @SuvasAgam
    @SuvasAgam 3 роки тому +2

    Atyantai mahatwapurna janakari ko lagi aavari chu

  • @yashodakafle4182
    @yashodakafle4182 Рік тому +1

    आफ्नै जातको सग दिस्रो बिबाह गरेको छ भने सराद मा चल्छ कि चल्दैन गुरु बताइ दिनुसन्🙏

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 3 роки тому +1

    JAGAU BIR SACHCHA NEPALESE SAPUTHARU JAGAU BHAGNI HOINA JAGNI JAGNI HO.
    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS

  • @bhairabbhatta1843
    @bhairabbhatta1843 Рік тому +1

    यो भ्रम पुर्ण व्याख्या हुन
    श्रद्दाउठो श्रद्धा गरून्
    येस्लाइ किताब बेच्ने गफ
    केही बुझेको छैन
    बुझ्नु होस
    3पिण्ड भन्दा बडिकिन दिने कस्लाई दिने
    सबै पितृ तीन भागमा बाडियका छन
    बसु
    रुद्र
    आदित्य
    ईनै तीन पिण्ड बसु,रुद्र,आदित्य लाई दिने
    अरु दिनेठाउनै छैन
    पानी दिन जतिलाई पिण्ड दिने

  • @mohanpandit1513
    @mohanpandit1513 10 місяців тому

    Guru dev pustak kaha painx vanni kripa garnus

  • @KumarNepal-u7x
    @KumarNepal-u7x 27 днів тому

    याे िशक्छ्या बारे कसैलाइ मन पर्दैन भने नहेर्नुस, तर गलत अर्थ नलगाऊनुस्।

  • @tulasaaryal8055
    @tulasaaryal8055 11 місяців тому

    गुरु मेरा छोरा छैनन् म आफै सरादृ गरि रछउ के के गर्नु पर्छ बताईदिनु

  • @chandradhungana7915
    @chandradhungana7915 Рік тому +1

    पुस्तकको लागि सम्पर्क पाउ गुरु

  • @khadgabasnet7554
    @khadgabasnet7554 2 роки тому +1

    मानिस मरेपछि पुनरजन्म हुन्छ कि हुदैन । म २०२१ मा जन्मेको मेरा पुर्ब सन्तानले श्राद गरिरह्का हाेलान । यदि म मानव थिए भने
    । अब भन्नुहाेस खाेइ मैले के प्राप्त गरे ।
    तपाईंको कुरामा विज्ञान छैन ।

    • @raghunathghimire2409
      @raghunathghimire2409 2 роки тому

      गुरु देब नमस्कार जस्का छोरा ५ :७ वोटा छन् ति सबै ले छुट्टै छुट्टै श्राद्ध गर्नु पर्छ कि यकै ठाउँमा गरे हुन्छ गुरु

  • @diliplinkha1201
    @diliplinkha1201 3 роки тому +1

    pustak ko naam kasari payin6a hola kati prize hola

  • @punyaprasadtimsina8961
    @punyaprasadtimsina8961 3 роки тому +1

    नमस्ते गुरु महोदय जिज्ञासा राख्न चान्छु///कृपा गरेर बाताई दिनुहोला बुवा र बाजेको तिथि एकैदिन पर्यॊभने श्राद्ध कसरी गरिन्छ ??

    • @dibyapuritv
      @dibyapuritv  3 роки тому

      पहिला कसकाे हाे गरेर अनि अर्काे गर्ने २ वटा एकैदिन गर्नुपर्छ ।।

    • @shantaacharya5541
      @shantaacharya5541 2 роки тому

      @@dibyapuritv ??u\,y*

    • @keshavrajbhatta3172
      @keshavrajbhatta3172 Місяць тому

      एकै दिन गर्न मिल्छ । एउटा भ्याएर नुहाइधुवाइ गरि ठाउँ सफा गरेर ।

  • @ishworbudhathoki9818
    @ishworbudhathoki9818 3 роки тому +1

    Kaun shatra ma likhiko chha shard garna pandhid ghi

  • @user-vm6hy4rw5g
    @user-vm6hy4rw5g 4 місяці тому

    Anyol

  • @3kgamer511
    @3kgamer511 Рік тому

    Datta

  • @mycelebration5242
    @mycelebration5242 2 роки тому

    कृपया रिती रिवाज को नाममा सिंगो समाज को जिवन लाई कष्टकर बनाउने भ्रमपूर्ण कुराहरु नगरौ‌। जसलाई विस्वास लाग्छ आफुसँग भएको सर्वस्व अरुलाई लुटाए कसैलाई केहि भन्नु छैन, तर जस्लाई यस्ता सत्य नभएको कुराहरुमा विस्वास छैन उनीहरु लाई गर्न वाध्यता नतुल्याउ।

    • @kamalrajsharma3868
      @kamalrajsharma3868 2 роки тому

      गुरु देव नमन पुस्तक पाए खरिद गरि अध्ययन गर्छु भन्ने भावना छ।

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 3 роки тому +3

    Just to make sure, महालय श्राद्ध भनेको "सोह्र श्राद्ध" हो, हैन त ? विदेश मा श्राद्ध गर्न किन नहुने? मृतात्मा लाइ पनि भिसा चाहिने हो कि?

    • @pushparajbhandari315
      @pushparajbhandari315 2 роки тому +1

      बिदेशमा श्राध्द गर्नु हुँदैन किनभने त्यो पाताल लाेक हाे - म्लेच्छ लाेक हाे ।श्राध्द गर्नु पीण्ड दिनु अाफ्नाे लाेकमा हाे ।नत्र पित्री नरकमा जान्छन्

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 3 роки тому +1

    पिण्ड पित्रीको स्वरुप होकी खाद्यवस्तु पंडित जी ?

    • @dibyapuritv
      @dibyapuritv  3 роки тому +1

      पित्रिलाई दिएकाे भाेग्यवस्तु ।।

    • @dr.balaramadhikari4449
      @dr.balaramadhikari4449 3 роки тому

      @@dibyapuritv धन्यबाद

  • @mycelebration5242
    @mycelebration5242 2 роки тому

    दुबै दाजु भाई जस्तो

  • @3kgamer511
    @3kgamer511 Рік тому

    Datta shut

  • @keshavrajpandey4268
    @keshavrajpandey4268 2 роки тому +1

    guru namaskar 🙏Kosharaj guru ko number paam na
    Guru hajur le lekheko pustak kasari lina sakincha hola

    • @dibyapuritv
      @dibyapuritv  2 роки тому

      9841442719 Ma samparka garera pustak lina sakincha

    • @bhubankarki9709
      @bhubankarki9709 2 роки тому

      गुरु कोष राज ज्युको पुष्तक अरु पनि छपाइ गरि सबै लाई बितरण गर्न आबसेक देखियो।

  • @rabinbhattarai4180
    @rabinbhattarai4180 2 роки тому +1

    आमा हु नेले सोर सरात गन्न पछि पर्दै न गुरु