राजेश्वरी खण्डकाव्य चर्चा

Поділитися
Вставка
  • Опубліковано 31 лип 2020
  • हे राजेश्विवरी पुज्ज्य राजमहिषी हेलम्बुकी वासनी .
    यै छायाँमय देवदारु वनमा हौली छिपेकी तिमी
    तिम्रै श्वास बहेर शैल वनको हावा सुगन्धि छ यो
    कस्तो निर्जनमा वसन्त पुरको सौन्दर्य बन्दी भयो l शार्दूंलविक्रीदित छन्द
    १९७६ सालमा लमजुंग जिल्लाको पुस्तुं भन्ने गाउँमा जन्मिएका खण्डकाव्यकार माधव प्रसाद घिमिरेले फुटकर कविता, खण्डकाव्य, गीतीनाटक, कथा, अनुवाद लेखनजस्ता साहित्यका विधामा कलम चलाएका छन् ।गाउँछ गीत नेपाली’, ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखे सपना’ जस्ता कालजयी गीतका सर्जक घिमिरे वि.सं. २०१४ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भए । पछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञा प्रतिष्ठानमा सक्रिय रहे ।
    घिमिरे जन्मिएको तीन वर्षमा उनकी आमा बितिन । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८-९ वर्षको हुँदा पञ्चांग अध्ययन गरे । ११ वर्षको उमेरमा घरछाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे। घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन् l राजेश्वरी’ (२०१७) काव्यका रचनाकार माधवप्रसाद घिमिरे हुन् । माधवप्रसाद घिमिरेको साहित्यिक व्यक्तित्वको मूल केन्द्र कवित्व नै रहेको देखिन्छ । उनी कवि, गीतकार र गीतिनाट्यकारका रुपमा सक्रिय छन् । उनको पहिलो कविता ‘ज्ञानपुष्प’ १९९२ सालमा गोरखा पत्रमा प्रकाशित भएको देखिन्छ । उनका प्रकाशित कृतिहरुमा नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), गौरी (२०१५), राजेश्वरी (२०१७), पापिनी आमा (२०१७), बाल- लहरी (२०२६), राष्ट्र निर्माता, धर्तीमाता (२०२३), शकुन्तला (२०३८), मालती-मङ्गले (२०३८), विषकन्या (२०५०), सुनपङ्खी चरी (२०५३) प्रमुख रहेका छन् । माधवप्रसाद घिमिरेको कविता यात्राको तेस्रो चरणको सुरुवात नै २०१७ सालमा राजेश्वरी खण्डकाव्यबाट भएको देिखन्छ । स्वच्छन्दतावादी भावना र परिस्कारवादी काव्य चतेनाका ेसमीकरण उनका कवितामा भेटन्छ । राजेश्वरी खण्डकाव्य तत्कालीन सामाजिक र सांस्कृतिक अवस्था र मान्यताहरु समेत प्रकट भएको उत्कृष्ट खण्डकाव्य हो । यसमा वाच्यार्थभन्दा भिन्न व्यङ्ग्यार्थ हरेक श्लोकमा उपस्थित भएको देखिन्छ । वाच्यार्थ पनि मार्मिक नै रहेको हुँदा साधारण व्यक्तिदेखि विद्वानहरुका लागि पनि यो काव्य पठनयोग्य ठहरिएको छ l
    गुल्मीको राजकुलमा जन्मिएकी पतिपरायण भएर पनि उपेक्षित सन्तानहीना भएर हेलम्बुमा बसेको स्थितिमा राजेश्वरीलाई राजा रणबहादुर शाहको मृत्यु पछि दरबारिया षड्यन्त्र र सत्ता हत्याउने दाउपेचका कारण उनीबाट खतरा हुन सक्ने देखेर राजासँगै सती पठाउन बाग्मतीको किनारमा छलकपटपूर्ण तरिकाले ल्याइएको देखिन्छ । सधैँ नेपाल र नेपालीको हित चाहने पच्चिस वर्षकी राजेश्वरी गीर्वाणयुद्धकी धर्मकी आमा बनेर उसैलाई हुर्काएर बसेको अवस्थामा कपटी र स्वार्थी राजदूतका जालमा परेर कान्तिपुरमा आइपुग्छिन् तर उनलाई दरबारमा जाने अधिकार बन्द गररे राजाका सती जानका लागि एकाहोरो सबलै घचेिटरहको देखन्छ । साझँमा बाग्मतीका किनारमा परिवारिक स्नहे सम्झेर व्याकुल बनेकी राजेश्वरीले सती नजान र बाँच्नका लागि अनेका तर्क बितर्क गरिरहेको सन्दर्भबाट राजेश्वरी खण्डकाव्यमा मानवतावादी स्वर मुखरित भएको देखिन्छ । राजेश्वरीले राजा मरेता पनि आपूm बाँचेर दरबारमा दियो बाल्न चाहेको चाहना कवितांशको पहिलो श्लोकमा नै आएको छ । उनलाई सबै बाटाहरु बन्द गरी आगोमा जबरजस्ती होम्ने प्रयास गरिएको अवस्थामा उनी एक्लै विभिन्न तर्क गर्दै सती नजाने आफ्नो मनोभावना व्यक्त गर्ने क्रममा आफूले बाँच्नका निम्ति एक छेऊ पाए पनि निर्माेही बनेर एकान्तमा स्वतन्त्र जीवन बिताउने चाहना अभिव्यक्त गरिरहेको पनि देखिन्छ । आफ्नो बाँच्न पाउने अधिकार, स्वतन्त्रतापूर्वक बस्न पाउने अधिकार खोसिदा उनी आकुल बनेर अर्काको जीवन हरण गर्ने प्रवृत्तिको विरोध गर्दै जीजीविषाको आग्रह गरिरहेकी छिन् । सामाजिक संस्कार र सभ्यताले जीवनमा पारेको प्रभाव र मानवताको विघटन गर्ने मानवीय प्रवृत्तिलाई पनि यहाँ व्यङ्ग्य प्रहार गरिएको छ । मानवताको परिपूर्तिको रुपमा उपस्थित राजेश्वरीको षड्यन्त्रकारी हत्या सिङ्गो मानवता र सौन्दर्यताको हरण गर्ने सामन्तीय प्रवृत्तिको नमुना हो । यसमा विश्वजनीन रुपमा देखापर्ने हत्या र दमनचक्रको झ-झल्को भेटिन्छ । मानव जीवनको सुव्यव्स्थापनका निम्ति मनुष्यले निर्माण गरेका अनेक पद्धतिमध्ये राजनीतिक पद्धति पनि एउटा हुँदाहुँदै पनि त्यहाँ नै अनेक छल, कपट, स्वार्थ र षड्यन्त्रकारी भावनाहरु लुकेको कुरा यसै खण्डकाव्यबाट ध्वनित भएको देखिन्छ । सत्ताका निम्ति हुने अनेक हानथाप र घोचपेचका कारण मानिसको बाँच्ने अधिकारसमेत हरण गरेका अनेक उदाहरण नेपालको इतिहासमा भेटिन्छ र वर्तमानमा पनि त्यस्तै परिस्थितिमा गुज्रिरहेको देखिन्छ । त्यसैले यस खण्डकाव्यमा घिमिरेको लेखकीय दृष्टिकोणमार्फत् मानिसको जीजिविषा र मानवता माथि बारम्बार भइरहने षड्यन्त्रपूर्ण प्रहारप्रति व्यङ्ग्य गर्दै स्वतन्त्र बाँच्न पाउने मानवीय अधिकार हरण गर्ने सत्ताधारीप्रति औँला ठ¥याइएको देखिन्छ । अतीतका कु-संस्कृतिलाई देखाएर वर्तमानलाई नियाल्दै भविष्यप्रति सचेत बनाउने प्रयास पनि यहाँ कविका माध्यमबाट भएको देखिन्छ ।
    यहाँ रोई आय युग दुई गए आँसु नपुछी
    यहींनेरै सोही विरह म पनि गाउँछु बसी
    सिगार्ने श्रद्धाका कुसुमहरुले ठाउं कुन हो
    सधैं आँशु पुछे पनि नपुरिने घाउ जुन हो l शिखरिणी छन्द

КОМЕНТАРІ •