तत्त्वमसि (आध्यात्मिक गान) | Tattwamasi | Hari Manjushree Song 7

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • तत्त्वमसि (आध्यात्मिक गान) Tattwamasi | Hari Manjushree Song 7
    लेखन तथा सङ्गीत - हरि मञ्जुश्री
    स्वर - हरि मञ्जुश्री, साथमा इ. रोशन मञ्जुश्री अधिकारी र गीतिभास्कर मच्छेश्वर सापकोटा
    वाद्यसंयोजन - बालकृष्ण सेवाचार्य
    सुपरिवेक्षण - गीतिभास्कर मच्छेश्वर सापकोटा
    यसपटक ‘तत्त्वमसि’ नाउँको आध्यात्मिक गान तयार गरिएको छ । यसअघि ‘प्रज्ञानं ब्रह्मः’, ‘अयमात्मा ब्रह्मः’, ‘अहं ब्रह्मास्मि’, ‘खं ब्रह्मः’ आदि गानहरू प्रस्तुत भइसकेका छन् । अब ‘माता मे भूमि पुत्रोऽहं पृथिव्याः’ र ‘वयं राष्ट्रेृ जागृयाम पुरोहिताः’ पनि आउनेछन् । ईश्वरको स्तुति गरेर आफूलाई मोक्ष दिन प्रार्थना गरेका भक्तिभावपूर्ण सुन्दर र श्रवणीय भजनहरू सुनिरहेका श्रोतालाई हाम्रा आध्यात्मिक गानहरू अलिकति फरक प्रकृतिका लाग्न सक्छन् । तर हामीले फरक खालकै आध्यात्मिक गानहरू तयार पार्ने प्रयास गरेका हौँ । समुन्नत सभ्यता र सम्पदालाई तहसनहस पार्न खोज्ने, शास्त्रीय र ऐतिहासिक तथ्यलाई गलत ढङ्गले प्रस्तुत गर्ने अनि धर्म, सम्प्रदाय, जाति, लिङ्ग, वर्ण, भौगोलिकता आदिका नाउँमा मानव-मानवबीच विभेद ल्याउने प्रयास भइरहेको देखेपछि चेतनामूलक र ज्ञानवर्धक आध्यात्मिक गानहरूका माध्यमबाट समेत नयाँँ पुस्तालाई आफ्नो मौलिकता र अस्तित्वको चिनारी गराइदिन र समाजलाई सकारात्मक दिशातिर लैजान सकिन्छ भन्ने सोचले यस्ता गानहरू तयार पारिएको हो । यी गानहरू सुनेर सुझाव दिन र अरूले पनि सुन्ने व्यवस्था गरिदिन अनुरोध छ ।

КОМЕНТАРІ •