Episode - 22 | विदीर्ण समय - प्रदीप रोदन | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Produced by Binod Adhikari
    विदीर्ण समय
    प्रदीप रोदन
    एक समय
    आफ्नो निधारमा रातो बाँधेर आयो
    खोसिदियो आमाको सिन्दुर
    कुल्चिएर हिँड्यो गर्भको रगत
    त्यही दिनबाट रातो खोसियो
    देशको जिन्दगीबाट!
    एक समय हातमा मसाल लिएर आयो
    झोसिदियो आफ्नोपनमा आगो,
    गिँडेर हिँड्यो जिँउदाको जन्ती मर्दाको मलामी
    त्यही दिनबाट उज्यालो खोसियो
    गाउँको छातीबाट!
    एक समय आयो र च्यातिदियो
    मेरो छोराले पढ्दै गरेको नैतिक किताबको पाठ
    मेरो दिदीले पढिरहेको संस्कार
    मेरा बाले पढिरहेको धैर्य
    मेरो भाइले पढिरहेको भविष्य
    बूढी आमाको पछ्यौराबाट सितारा खसे जस्तो
    शान्ति चैन र खुशी खस्यो
    देशको पछ्यौराबाट!
    बेला बेलामा हल्ला खस्छ समृद्धिको
    बेला बेलामा विकासको नारा खस्छ
    लाग्छ एक माग्नेको कचौरामा
    बेला बेलामा खोटा सिक्काहरू खसिरहेछ!
    आफ्नै खुट्टा भाँचेर
    आफ्नै हात काटेर
    आफ्नै आँखा फूटाएर
    आफ्नै इज्जत लुटेर
    घिस्रिएर हिँडिरहेछ देश
    मानौ कुनै भिखारी घिस्रिरहेछ मन्दिरछेउमा ।
    प्रदीप रोदन
    पालुङ्टार -9
    गोरखा
    #Amrita_Nepal #विदीर्ण_समय #Namaste_Studio

КОМЕНТАРІ •