कुरुप - तिम्रो नजरको सुन्दरताको परिभाषा | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #AmritaNepal #तिम्रो_नजरको_सुन्दरताको_परिभाषा #NamasteStudio
    Produced by Namaste Studio
    कुरुप
    कुरुप हुनुको यथार्थता भन्दा पनि
    निक्कै माथि बसेर
    कहिलेकॉही जिस्काउँछ कुरुपताले मलाई
    छि: छि: छि:
    तँ कत्ति नराम्री छेस्
    मेरै अनुहारमा मैले नै पोतेको
    लिपिस्टिक र कम्प्याक्टको लेयर
    घटे संगै घट्छ
    उस्को नजरमा मेरो सुन्दरता
    अनि यसरी पोखिन्छ उस्को नजर
    कि लाग्छ म म नै होइन
    बुख्याचा हुँ ठिंग ठडाईएको
    जस्लाई जति सक्दो सिंगारेर
    दिईएको छ
    यो रंग, ढंग र बान्की
    उसैलाई तर्साउनको लागि
    खोई कहॉ छ मेरो
    हेरिरहुँ लाग्ने अनुहार
    पर्दामा देखिनेहरुको जस्तै
    खोई कहॉ छ ? छोईरहुँ लाग्ने शरीर
    वैशालु यौवनाको जस्तै
    म मा पटक्कै छैन
    माया गरिरहुँ लाग्ने व्यवहार
    छिमेककी भाउजुको जस्तै
    छ त फुगं उडेको रंग
    भत्लक्क निक्लिएको भुँडी
    झर्को लाग्ने घर व्यवहारको गन्थन
    सुन्नै मन नलाग्ने अभावै अभावका कथा
    जस्ले एकतमास ओकली रहन्छ
    कहिले समय नपाएको दुखेसो
    कहिले मन दुखेको गुनासो
    कहिले आवस्यक र अत्यावस्यक बिचको फरक
    कहिले सब लत्याएर हुन सक्ने बिद्रोहको धम्की
    तर रत्ति भर पनि असर नगर्ने तिम्रो मनलाई
    थोरै पनि फरक नहुने तिम्रा व्यवहारलाई
    कसरी बुझाउँ म ?
    जब रक्सीको गन्धले भरिएको तिम्रो सास
    मेरो साससंगै घोल्छौ नी ?
    गन्धहरुको त्यो दुर्गन्ध
    तिम्लाई सुघॉएभने कस्तो होला ?
    जब झोल चोक्टाले फुलेको तिम्रो भुँडी
    तिमीभन्दा दुई सेकेन्ड पहिले नै
    ढोकाबाट छिर्छ नी
    मेरो नजरले देख्ने कुरुपताको त्यो पराकाष्टा
    तिमीलाई देखाएँ भने कस्तो होला ?
    न बाघ तिमी न त बिरालो
    र पनि भर रात तिम्रो घ्यार घुर
    कोठामा निरन्तर फैलिन्छ नी
    ध्वनिको त्यति कर्कस स्वरुप
    तिमीलाई सुनाएँ भने कस्तो होला ?
    तिम्रा शब्दकोशमा भएका सबै सबै शब्दहरु
    मेरै कुरुपताको वयान गर्न खर्चिसकेका तिमीले
    कहिले कॉही सम्झन्नौ ?
    जब पहिलो पटक भेटिएका थियौ हामी
    त्यती बेला किन त्यति औधी थिए
    प्रसंसाका गुच्छाहरु
    किन मेरा हिस्सी र बान्की हेरेरै
    बिताउन सक्छु भन्थेउ घण्टौं ?
    मेरो सरल र कमलो बानीमा हॉसेरै
    कटाउन सक्छु भन्थेउ जुनी
    हाम्रो घरको छेउ कुना टल्काउँदा टल्काउँदै
    टल्कनै भुलेका मेरा निधारमा टिकीहरु
    हाम्रा लालाबालालाई सिहार्दा सिहार्दै
    सिहारिनै नपाएका मेरो चुल्ठीहरु
    प्रत्येक गर्भपछि अझै गिलो भएको मेरो शरीरलाई
    प्रत्येक जन्मपछि अझै खुकुलियो भन्दै पन्छाउन खोज्ने तिमी
    मलाई यति बताउ
    के म यस्तै थिएँ ?
    कि म यस्ती भएँ ?
    यदी भएँ भने कसरी भएँ ?
    किन भएं ?
    कस्का लागि भएँ ?
    तिम्रो ओच्यानको चिया
    तिम्रो भान्साको भात
    तिम्रो बालबच्चाको स्वास्थ
    तिम्रो लुगाको स्त्री
    तिम्रो फोहोरको सफा
    तिम्रो आफन्तको सेविका
    तिम्रो कुलको ईज्जत
    तिम्रो भुलको माफी
    सबै सबै मै हुँदा
    तिमी भयौ के ?
    केही भयौ पनि
    की मै हुँ भन्ने ढोंगी मात्र भयौ ?
    आउ सोचुँ आज बसेर
    आउ हेरौं आज संगै
    आउ उभिउँ ऐना अगाडी दुबै
    र नियालुँ तिम्रो सुन्दरता र मेरो कुरुपतालाई संगै
    तिम्रो नजरको सुन्दरताको परिभाषा
    मलाई पनि पढ्नु छ ।

КОМЕНТАРІ • 18

  • @rupadhodari7908
    @rupadhodari7908 4 роки тому +1

    मीठो!! सारै मीठो !! मलाइ चै औधी मन पर्यो!!! धेरै पटक सुन्छु!!!

  • @ashashrestha2684
    @ashashrestha2684 4 роки тому

    सारै मिठो कविता, त्यस्तै मिठो हजुरको वाचन शैली 🙏👌🙏

  • @rupadhodari7908
    @rupadhodari7908 4 роки тому +1

    तिमी सरै राम्री , कविता कुरुप
    बिना श्रृङ्गार पटार नै धेरै राम्री 😘❤️❤️👌👌👌

  • @rupadhodari7908
    @rupadhodari7908 4 роки тому +1

    आहा !! जति सुनेनी अझै सुनौ झै लाग्ने !!# कता कता छोयो !!! आँसु नै आयो !!! भित्र सम्म छोयो !! मेरै लागि पो लेखिछौ!!!

  • @anjankapil
    @anjankapil 4 роки тому +1

    मर्निङ वाकको दोस्रो कविता ।

  • @nisharokka3789
    @nisharokka3789 4 роки тому +1

    😭😭😭sarai man xoyo

  • @Sushilkopodcast
    @Sushilkopodcast 4 роки тому +1

    सारै सुन्दर छ हजुरका प्रस्तुती सैली !!!😍👌

  • @Ilovedemonslayerandrblx
    @Ilovedemonslayerandrblx 4 роки тому +1

    Hajur ko kabita ta yasai ramro aaja Hajur jhan beautiful ❤️😊

  • @pradiprodan
    @pradiprodan 4 роки тому +1

    गजब

  • @swostikadhakalofficial9901
    @swostikadhakalofficial9901 4 роки тому +1

    amrita dd, honesty ekdamai man chhoyo..continue 2 patak sune. Styaparak kabita 😍😘😘

  • @AawaranCreation
    @AawaranCreation 4 роки тому +1

    सुन्दर कविता, उस्तै वाचन कला । कवितै नसुनी फेसबुकमा लाईक कमेण्ट गर्ने धर्म छोडौँ । कमेण्ट यूटुव च्यानलमै लेखौँ, च्यानल Subcribe गरेर र्सजक र सिर्जनाको गरिमा बढाऔँ ।

    • @WordsWorld
      @WordsWorld  4 роки тому

      हार्दिक धन्यवाद 🙏