Episode - 23 | सुन्दरताको रङ्ग | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Produced by Namaste Studio
    सुन्दरताको रङ्ग
    तिनताका
    माया र म
    घर देखि स्कुल , स्कुल देखि घर
    यात्रा सिमित
    चाहाना सपना असिमित
    पढ्नमा तेज, एक्स्ट्रा एक्टिभिटीजमा खत्रा
    गाउनमा कस्ले भेटोस् मलाइ
    मेरो आफ्नै शान थियो स्कुलमा
    तर जब सुन्दरताको कुरा आउथ्यो
    म सधैं पछि पर्थे
    मेरो अघिल्तिर लामै लाइन हुन्थ्यो
    र त्यो लाइनको अग्र भागमा हुन्थी -माया
    बन्की त ठिकै जस्तो लग्थ्यो
    तर गोरी थिई माया
    गो~~~~री
    बुझ्नी हुनु अघि नै बुझी भ्याए मैले
    सुन्दरताको रङ गोरो
    ‘कस्तो चुक घोप्टे जस्तो अनुहार’
    अक्सर म रिसाउदा आमा यसै भन्थिन
    धन्न म सन्तान थिए
    नत्र त मनै पर्दैन थियो
    आमालाइ कालो रङ
    त्यसैले त,
    मैले उनलाइ कालो रङको लुगामा कहिले देखिन
    न त भाउजुलाई नै देख्न पाए
    रातो, निलो, हरियो, पहेलो
    सबै सबै रङमा
    नराम्रो रङ चाहिँ कालो
    म रङै रङ बिचको यो बिभेद देखेर
    आफै दङ्ग पर्थे
    घरमा सप्ताह लगाएको बर्ष
    आउने धेरैलाइ रातो रङ्गमा देखें
    गेरु सङै अरु रङले पनि स्थान पायो
    तर कालो
    अह, कसैले लाएनन्
    पुजिन्न कि भन्नी त्रासले नै होला
    फुलले समेत आफुलाइ
    सबैसबै रङग दलिभ्यायो
    तर कालो
    अहँ कहिले दलेन
    औशीको कालो रातमा जन्मिएकी कालिका दिदी
    औश्याह भइन
    अशुभ भइन
    र त बयालिस बर्ष भइसक्ता पनि
    बिबाहित भइनन्
    अलिक बुझ्नी हुँदा बुझी भ्याए मैले
    अशुभ रङ्ग कालो
    कुरुप रङ हो कालो
    तर जब देख्छु
    कालो शिबको लिङ्गमा मोहित हुन्छन सबै सबै
    काले कृष्ण पुज्दै पुज्दै लिन हुन्छ्न सबै सबै
    कालै लक्ष्मीको मुर्तिमा जुन तेज हुन्छ, कान्ति हुन्छ
    कालीको त्यो चित्र भित्र , रौद्र रुप पनि शान्त हुन्छ
    काला साना नानी भित्र, सारा सन्सार समेटिन्छ
    कालो रातमा जेलेर नै, दियो अझै तेज हुन्छ
    कुरुप बादल रोएपछी, सिङो धर्ती आमा बन्छे
    अशुभ त्यही कालो रङले, ‘शुभ’उसले नाम लेख्छे
    तब लाग्छ शान्त मन
    शान्त रातको कालो पन
    बुझ्नी हुँदा बुझ्या मैले
    सुन्दरताको रङ्ग कालो
    - अमृता नेपाल
    #Amrita_Nepal #सुन्दरताको_रङ्ग #Namaste_Studio

КОМЕНТАРІ • 21

  • @khusbughimire3767
    @khusbughimire3767 4 роки тому +1

    Sarai ramro lago👍️👍️👍️👏👏👏

  • @janakgautam2091
    @janakgautam2091 4 роки тому +1

    Amazing!

  • @umashrestha6024
    @umashrestha6024 4 роки тому +1

    Wow!!🙏

  • @kamanasubedi910
    @kamanasubedi910 4 роки тому +1

    Great 👍👍👌👌

  • @pradiprodan
    @pradiprodan 4 роки тому +1

    Wow

  • @Pujaparajuliiiiii
    @Pujaparajuliiiiii 4 роки тому +1

    sundarta ko rang kalo

  • @Ilovedemonslayerandrblx
    @Ilovedemonslayerandrblx 4 роки тому +1

    So sweet 😘

    • @WordsWorld
      @WordsWorld  4 роки тому

      Srijana Bartaula thank you 😊

  • @neelamkafle5806
    @neelamkafle5806 4 роки тому +1

    Wow beautiful

    • @WordsWorld
      @WordsWorld  4 роки тому

      neelam kafle thank you 😊

  • @nisharokka3789
    @nisharokka3789 4 роки тому +1

    Atti manpryo 😍

    • @WordsWorld
      @WordsWorld  4 роки тому

      Nisha Rokka thank you 😊

  • @swostikadhakalofficial9901
    @swostikadhakalofficial9901 4 роки тому +1

    Kati saral, kati ramro explanation about beautiness 😍😍😘😘

    • @WordsWorld
      @WordsWorld  4 роки тому

      Swostika Dhakal Official 😊❤️

  • @agniparajuli
    @agniparajuli 3 роки тому +1

    Katti mitho , aama lai kaalo mana na parne chahikina, ani baachan maa kaalo mai raichha tara kabita atti super , seto snow jastai sweet bhaav
    Hahaha mitho laagyo kyaa

  • @atomnetra
    @atomnetra 4 роки тому +1

    अग्रगामी कविता ! सुन्दरताको सुन्दर परिभाषा 😍😍

    • @WordsWorld
      @WordsWorld  4 роки тому +1

      Netra Atom हार्दिक धन्यवाद 🙏

    • @atomnetra
      @atomnetra 4 роки тому +1

      @@WordsWorld ♥️