शुभकामना नयॉ वर्षको | Happy New Year | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • साल फेरियो फेरि, तर क्यालेन्डर नयॉ आएन । सधैं हुने धेरै कुराहरु यो पाला भएन । नयॉ साल सॉच्चै नयॉ बनेर आयो । नयॉ सालको सबैलाई शुभकामना 😊
    Poem : Amrita Nepal
    Produced by Binod Adhikari
    चैत्र लाग्दा नलाग्दै
    सडकमा जोर जोरले चिच्याउँथ्यो
    एकथरि आवाज
    ए क्यालेन्डर आयो क्यालेन्डर
    अनि क्यलेन्डर पच्याउँदै आउथ्यो
    नयॉ बर्ष
    यो पालि त चुपचाप
    रित्तो सडक पच्यॉउँदै
    घरभित्रै पसिसकेछ नयॉ वर्ष
    के तिमीले चाल पायौ ?
    महिना अघिदेखि म्यासेन्जरमा आउने
    थरि थरिका रेडिमेड शुभकामनाले
    यति लामो बनाईदिन्थ्यो
    नया वर्षको आयु की
    बैशाख एक सम्ममा
    पुरानो लाग्थ्यो नयॉ बर्ष पनि
    यो बर्ष पुरानो हुनु परेन नयॉ बर्षले
    के तिमीले थाह पायौ ?
    यहॉ घुम्न जाउँला
    यस्तो लुगा लगाम्ला
    यस्तो यस्तो गरेर नयॉ बर्ष मनाम्ला भन्दै
    हप्तौं अघिदेखि बन्ने
    योजनाको भारले
    थिलथिलो बन्ने नयॉ बर्ष
    यो पालि त आनन्दले आराम गरिरहेछ
    न कोलाहल छ वरिपरि, न तमाशा कतै
    ईभ र न्यु ईएर पनि गज्जबले शान्त भएको छ
    सडकमा हुईकिने
    मोटरसाइकलको कर्कश आवाजसंगै
    अनिदो बन्ने आमा बाबुका ऑखाले
    यो पालि कसैलाई कुर्नु परेन
    यता झगडा भो रे
    उता मारामार छ रे
    दुर्घटनामा परान गयो उसको भनि
    अहँ कसैले सुन्नु परेन
    सॉच्चै नयॉ लाग्दैछ नयॉ वर्ष
    कत्ति शान्त छ नयॉ वर्ष
    देश शान्त छ
    सिंगो पृथ्वी शान्त छ
    यो शान्तिमा के गरुँ के गरुँ भन्नेहरु
    खोज न
    खोज चराको चिरबिर भित्रको संगीत
    सुन चैत्रको बतासले छोडेको सुसेली
    हेर पालुवा वनेर पलाउँदै गरेको जीवन
    बुझ टारेर नटर्ने अन्त्य
    अनि नभई नछोड्ने सुरुवातलाई पनि
    बन्द चेतनाले बन्द मात्र देख्नेहरु हो
    देख्दैनौ ?
    हावाले बहन बन्द गरेको छैन
    पानीले रंग फेरेको छैन
    उस्तै गरि फुलिरहेछन्
    आप र लिच्चिका फुलहरु
    सुर्य उदाएकै छ, अस्ताएकै छ
    चन्द्रमाले आफ्नो धर्म विर्सेको छैन
    धर्म त हामीले बिर्सेको थियौं सायद
    त्यसैले त बिना हात हतियार
    बिना रुप आकार
    युद्ध गरिरहेछ दुश्मन पनि
    हाम्रै बिरुद्दमा
    हामी त सदियौ देखि लडिनै रहेथ्यौ
    आफैं विरुद्धको लडाई
    फेरि साल फेरिएको छ
    पोहोर परारको जस्तै
    समय न हो
    समयले आफ्नो धर्म किन छोड्थ्यो र
    धर्म त हामीले छौडेका थियौं सायद
    त्यसैले त विना कुनै चेतावनी
    विना कुनै जानकारी
    सबै तहस नहस पार्न उद्दत छ दुश्मन
    हामी त सदियौ देखि
    गरिरहेकै थियौं
    बिध्वसंको खेती
    अब केही नयॉ गरौं
    आशाका वर्षात् गराउँ
    अनुशासन को सिंचाई गरुम्
    केही खुशी उमारौंआफैं भित्र
    केही शान्ति ओछ्याउँ आखामा
    केही दिउँ दिनकै लागि
    देखाउनको लागि होईन
    केही गरौं गर्नकै लागि
    गरिदिनका लागि होईन
    सायद यहि वर्ष होला
    नयॉ साल नयॉ बनेर आएको
    बुझ नयॉ ले नयॉ रहन पनि
    हामीले नबिटुलाउन पर्ने रहेछ
    शान्ति चाहिए नारा लाउने होईन
    बस् मौन बस्नु पर्ने रहेछ
    कतिले आफैंलाई जिते
    कतिलाई के के ले जित्यो
    केहि दिएर केहि लिएर
    फेरि अर्को वर्ष वित्यो
    भोलि फर्किएर आजलाई हेर्दा
    यो बिगत मनले सुन्दर भनोस्
    शुभकामना नयॉ सालको
    हर दिन आफैंमा उत्सब बनोस्
    हर दिन आफैंमा उत्सव बनोस्
    #AmritaNepal #HappyNewYear #WordsWorld
  • Розваги

КОМЕНТАРІ • 10

  • @surendrasanjel517
    @surendrasanjel517 4 роки тому +1

    नयाँ वर्षको सुभकामना । मिठो कविता संग सँगै सुन्दर प्रस्तुती

  • @dhakal8597
    @dhakal8597 4 роки тому +1

    Happy new year Amrita👍

  • @anilparajuli9194
    @anilparajuli9194 4 роки тому +1

    Happy new year

  • @unknownrose9907
    @unknownrose9907 4 роки тому +1

    Happy new year 2077

  • @nisharokka3789
    @nisharokka3789 4 роки тому +1

    Happy New Year 2077

  • @suryashuvachintakofficial3567
    @suryashuvachintakofficial3567 4 роки тому +1

    May the blessing of god be with you in all the ups and downs of your life. May the coming year be as cheerful as you are. Here’s wishing you a Happy New Year 😊😊🙏🙏💕💕 D
    Your words creation & performance is always awesome

  • @JANAKR
    @JANAKR 4 роки тому

    Nice words

  • @naulotaranga
    @naulotaranga 4 роки тому

    काइता

  • @tejgiri9197
    @tejgiri9197 4 роки тому +1

    Happy New Year 2077