किराँती संस्कार -SALPA SILICHUNG -BABINA KIRATEE/RUP KUMAR RAI/TOREMPA HANG/ Dr.SUMAYA RAI

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • 🎶 Audio Credits:- ♪
    Song:- kiratee saskar Salpa Silichung ♪
    Lyrics:- Dr.sumaya Rai♪
    Music:- Torempa hang Rai ♪
    Vocal:- Rupkumar Rai,Babina kiratee ♪
    Arrange:- Phanindra Rai ♪
    Mixing/Mastering:- ♪
    Studio:- purple studio
    🎬️ Video Credits:-
    🎬 CAMERA Footage :- MMC entertainment UA-cam channel & Manoj Acharya
    🎬 Edit : Jaskelo Creation ( Dhan Khaling )
    Project Administrator: BIR bahadur Rai
    श्रृष्टिको उत्पति केन्द्र मुन्दुमको प्राण
    ,साल्पा सिलिचुङ संरक्षण हाम्रो अभियान)
    किरातीहरुको मुन्दुम अनुसार साल्पा-सिलिचुङ पवित्र मुन्दुमी स्थल साथै मुन्दुम मान्ने विश्वभर किरातीहरुको निमित्त एक पवित्र किरात धार्मिक तथा सांस्कृतिक स्थल हो। मुन्दुम अनुसार साल्पा सिलिचुङ नै श्रृष्टिको उत्पत्ति तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको मुन्दुमी जनविश्वास रहेको छ।मुन्दुम अनुसार सर्वप्रथम श्रृष्टिकर्ताहरु सुम्निमा र पारुहाङ यहि सिलिचुङमा नै भेट गरि मानव सृष्टि सुरुवात भएको कारण सिलिचुङलाई पारुखामको रुपमा आस्था मान्ने गरीएको छ।त्यस्तै मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु रिकापा-रिभ्यामा,साल्पाहाङ-रिब्रिहाङमा/रिब्रिमा(साल्पा राजा र साल्पा रानी)जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङमा नै आदिम थलो तथा बासस्थान रहेको मुन्दुमी जनविश्वास रहेको छ।त्यसैले किरातीहरुको सांस्कृतिक नायकहरु मुन्दुमी नछुङ,माङ्पा,नागिरे,कुबी,ज्वाम्चो,मावी,दोवा,पासिङ,वाटाङ्पा,बुङ्पेन्मी,धामी बिजुवाहरु वर्षेनी मुन्दुमी शक्ति नविकरण गर्नको लागी Mundumi Ritual Journey मुन्दुमी यात्राको निमित्त साल्पा-सिलिचुङ जाने गर्दछन। यस अर्थमा (साल्पासिलिचुङ) किरातीहरुको निमित्त हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत,क्रिस्चियनहरुको जेरुसेलम, मुस्लिमहरुको मक्का-मदिना, बुद्धिस्टहरुको लुम्बिनी भने जस्तै र त्यतिकै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल किरात सांस्कृतिक सम्पदा(Kirat Cultural Heritage) हो l तसर्थ किरातीहरुको पवित्र मुन्दुमी स्थल,धार्मिक तथा सांस्कृतिक स्थल साल्पा-सिलिचुङलाई जोगाऊन संरक्षण प्रवर्द्धन गर्न,साल्पा सिलिचुङमा (सुम्निमा-पारुहाङको प्रतिमा निर्माण) लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमाहरु (वाबुक/चिण्डो आकारको गेट)निर्माण संगै (मुन्दुम संग्रहालय)समेत निर्माण गरेर साल्पा सिलिचुङलाई किरात सांस्कृतिक सम्पदाको रुपमा स्थापना गर्नका लागि यस पवित्र तथा ऐतिहासिक महाअभियानमा अमुल्य योगदान पुर्याईदिनु हुनेमा हामी पुर्ण बिस्वस्त छौ र हार्दिक अपिल पनि गर्दछौ। यहाहरुको साथ सहयोगको उच्च सम्मान तथा कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौ।साथै तपाई लगायत स-परिवारको सु-स्वस्थ्य,दिर्घायु तथा उत्तरोत्तर उन्नती प्रगतीको कामना गर्दछौ। तपाई र तपाईको स-परिवारलाई माङ,कुलपितृहरु अनी सुम्निमा-पारुहाङको आशिर्वाद मिलिरहोस।
    साथै:-यो संसारभर छरीएर रहनु भएका सम्पुर्ण किरातीहरु,किरात जन्य संघ-संस्थाहरु साथै सांस्कृतिक रुपमा सचेत किराती तथा गैर किराती दाजुभाई तथा दिदिबहिनी हरुलाई यस पवित्र ऐतिहासिक महाअभियान लाई सफल बनाऊन साथ सहयोग समर्थन गरेर सहकार्य सहभागी भई भोली मरेर गएपनि युगौयुसम्म बाचीरहने ऐतिहासिक सांस्कृतिक योगदान पुर्याईदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
    साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समिती
    ( साल्पा माङ सेवा 🙏
    सिलिचुङ सेवा 🙏)
    #Babinakirateenewsong #salpasilichungsong
    ------------------------------------------ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is all

КОМЕНТАРІ • 30