के लेखौं र खबर आमा | कार्गील | Heart Touching Song | Narayan Rayamajhi - Kamala Pokharel -राजेश बंसल

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • #Kargil #Narayan_Rayamajhi #Kamala_Pokharel
    के लेखौं र खबर आमा | कार्गील | Heart Touching Song | Narayan Rayamajhi - Kamala Pokharel
    गीत
    के लेखौं र खबर आमा.. ( कार्गील )
    रचना
    लक्ष्मण रायमाझी
    संगीत / स्वर
    नारायण रायमाझी
    गायिका
    कमला पोखरेल
    एरेन्ज/मिक्सिङ्ग
    श्याम श्वेत रसाईली
    रेकर्डिङ्ग
    तेजेन्द्र गुरुंड
    सारंगी
    धर्म गन्धर्व
    हेमन्त कान्छा रसाईली
    गितार
    संजिव बराईली
    मेकप
    विर्मा खड्का
    कलाकारहरु
    रमा थपलिया
    ऋषिराम खड्का
    रोशनी कार्की
    बाल कलाकार
    प्रिन्शा खड्का
    छायांकन/सम्पादन/कलर
    मिराज अर्याल
    निर्देशक
    नारायण रायमाझी
    सह निर्देशक
    बिन्दु खड्का
    विशेष आभार तथा धन्यवाद
    राजेश बंसल
    धन्यवाद
    उदिराम खड्का
    बिवेक खड्का
    शान्ति भट्ट (अर्याल)
    कृष्ण रानाभाट
    सन्देश रायमाझी
    घरको सन्ताप बोकेर मनैमा,
    बाँचेको छु कारगिलको बनैमा ।
    के लेखौं र खबर आमा लेखि साध्य छैन,
    दशैं तिहार मान्न पनि पाउने होकि हैन,
    संगका साथी अघिपछि पुकु पुकु ढल्ने,
    आमा भन्दै छट्पटींदा सारै मन पोल्ने,
    मलाई सम्झी नरोउ है आमा,
    बाँचे घर आउनेछु दशैंमा ।
    उधारैमा भएपनी पेट नमारे है,
    आमा तिम्ले दमको दबाई खान नछोडे है,
    बाबाले नि बाथको दबाई नभुलेर खानु
    कसो भयो होला बरै उजेलीको गानु
    धनको फिक्री नलिनु होला,
    लाको रिन आएर तिरुँला ।
    कम्पनीमा बेचिएको लाहुरेको आत्मा,
    सारा सुत्ने रातमा मेरो मशिन गन छ हातमा,
    अर्कैलाई मार्ने अनि बाँचेसम्म लड्ने
    बाँचे फर्की घर जाने मरे यतै सड्ने,
    सम्झी ल्याउँदा कस्सिन्छ मुठी,
    लाग्छ मनमा घुट्घुटी छट्पटी ।
    जब ढल्छ पाकिस्तानी भिरपाखा माथी,
    किन किन आमा मेरो चस्स दुख्छ छाती,
    उस्को पनि मेरै जस्तो होलान् नानी साना,
    उसै गरि रोलान बाबा मुर्छा पर्लिन आमा ।
    कुन दिनमा भैएछ भर्ती,
    घरका जहान रुवाउन धरधर्ति ।
    कारगिलको कपुरथल हिउँको पहालमा,
    हाम्रो पल्टन सरेको छ बटाल साइडमा,
    हिजो पनि दुश्मनको बन्करमा छिर्यौं,
    नौ जनाको डफ्फा रैछ सबै स्वाहा पार्यौं ।
    अझैसम्म ज्यानलाई क्यै भाछैन,
    आज होकि भोलि हो थाछैन ।
    टहटह जुनको आकाश बारुतले ढाक्यो,
    लौन आमा आइतरामलाई पनि गोलि लाग्यो,
    धरति नै रङ्गाउँदै ढल्यो प्यारो जोडी,
    मरें आमा भन्दै भुइँमा खेल्यो लडिबुडी ।
    माली गाई दाम्लैको शरण,
    पैरो गयो गौखुरे गाई चरण ।
    दुई घुट्का टुम्लेटबाट पानी खुवाइदिएँ
    हातको बन्दुक भुइँमा राखी उसलाई काखमा लिएँ,
    छातिबाट बगेको छ रगतको धारो,
    पानी निल्न पनि उस्लाई साह्रै भयो गाह्रो
    सासैसासले बोल्दैछ जोडि,
    ट्वाल्ल पर्दै आँसु छ गहभरी ।
    घरमा छिन् आमा मेरो काँस झै फुलेकी
    टुकु टुकु हिन्ने छोरी जुन झैँ खुलेकी,
    प्यारी मेरो उजेली ती बत्ती झैँ बलेकी,
    बिछोडको जलनले मैन झैँ जलेकी,
    मलाई सम्झी नरोउ है काली,
    बस प्यारी छोरीलाई समाली ।
    यो दशैंमा राता टीका नमुछे है आमा,
    मझेरीमा जमरा नी नछरे है आमा,
    पिँढिबाट सधैं मेरो बाटो हेर्दै होउलि,
    मेरो खबर पाएपछि छाती पिटी रोउलि,
    हे आमा दुधको भारा,
    तिर्न पनि पाइन नी दश धारा ।
    मखमली गुर्धौली गोठमुनी फुल्दा,
    धुरु धुरु रोउली बैनी मार्सी धान झुल्दा,
    कोटघरको कालरात्री सोरठीको मादल,
    खुर्पि जस्तो जुन छेक्ने पापी काली बादल,
    दिउँसै कालो अँधेरो भयो,
    मनको धोको हुरीले उडायो ।
    नजाउ भन्थ्यौ आउने बेला बाटो छेकी छेकी,
    नफर्किनु रैछ प्यारी आए लुकी लुकी,
    सम्झिएर तिम्रो वचन भुक्क हुन्छ छाती,
    कोपिला मैं झर्ने फुल नफुलेकै जाति,
    हातका चुरा झर्याम्मै हुँदा,
    नरोउ कल्ले भन्छर उ रुँदा ।
    गाउँका साथी संगतीले मेरो हाल पाउन्,
    कम्पनीमा रगत साट्न कोइ पनि नआउन्,
    खोले फाँडो भए पनि उतै गरि खाउन्,
    लुगा फाटे टालो माथी टालै थपी लाउन्,
    ल्यायो मलाई त्यै पापि धनले,
    हानिस् दैब निष्ठुरी घनले ।
    चारदिनको पापी चोला ढुंगाको सिरानी,
    आखिरीमा हुने रैछ एकमुठी खरानी,
    बादलपारी रमाइलोमा मलाई भेट्न आए,
    भन्दै अईते जिउ तानी सधैंलाई निदाए,
    बिरानीमा त्यो कालो राती,
    बुकि फुल्यो फुलेन लालुपाते ।
    युद्ध लड्ने हिन्दुस्तानी अनि पाकिस्तानी,
    गोलि खाने सोझा सिधा गोर्खाली हामी,
    युद्ध चल्छ कारगीलमा हुन्छ गाउँ घाइते,
    बम खस्छ आकाशबाट मर्छौं रामे आइते
    माथी माथी हेर्दैछ साथी,
    लाग्यो मनमा असाध्यै नजाती ।
    बसें औंला भाँची भाँची मनमा रहर साँची,
    मझधारमै डुङ्गा छोडी किन डुब्यौ माझी,
    मेरो राजा आउला भन्दा अस्तु कलश आउने,
    भरोसा नै छिने पछि को भनेर जिउने,
    शितको थोपा मिलिगो पानीमा,
    छिर्को पर्यो आँखाको नानीमा ।
    लछारेको बुटो जस्तो रुखबाट डाली,
    उखेलेको ठुटो जस्तै भैयो यसैपाली,
    रगतको आँसु झारी कसो गरि जिउने,
    धुजिएको कलेजोलाई कसो गरि सिउने,
    शिरको सिन्दुर पुछिंदा पनि,
    मन बुझाएँ यहि छोरो छ भनी ।
    दैब तैंले के गरिस् तनि,
    मेरो आशा पारेर खरानी ।
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

КОМЕНТАРІ • 702

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 4 роки тому +269

    श्रद्धय श्रोता दर्सकहरु यस भिडियोमा भएका कमी कमजोरी र त्रुटिलाई उखु जस्तै रस खाएर झ्याम्टा फालिदिनु होला क्षमा चाहान्छु ।

    • @mohankunwar9145
      @mohankunwar9145 4 роки тому +6

      🙏🙏🙏🙏

    • @Sahity10
      @Sahity10 4 роки тому +7

      Narayan Rayamajhi आँसू थाम्न गार्हो भयो दादा हजूर मन खोलेर रुन पनी त पाइन्न मुग़लानमा तर यति रोए की भक्कानो फूटेर आयो हुहूहु😭

    • @lovelynisha6623
      @lovelynisha6623 4 роки тому +3

      Nice song da safaltako suva kamana

    • @npsamirff9167
      @npsamirff9167 4 роки тому +6

      नारायण सर नमास्कर अब हजुर्को र कमाल बैनिको आवज मा तिनाउ खोलामा फेरि भेट होलाकी मर्नी चोलामा गीत ल्याउनु हुन बिनम्र अनुरोध जय गीत जय सङ्गीत

    • @mahendrashrestha650
      @mahendrashrestha650 4 роки тому +3

      @@Sahity10 😭😭😭😭😭

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 роки тому +155

    अग्रज नारायण रायमाझी दाजुको यो गीत मैले पनि लाईभमा धेरै पटक गाउन प्रयास गर्ने गीत हो आज परदेशको भुमीमा राती १२ बजे सुत्ने बेलामा हेर्दै छु , धुरू धुरू मन रोयो 😭😭 सम्पुर्ण टिमलाई हार्दिक बधाई❤️❤️

    • @PrinshaKhadka
      @PrinshaKhadka 4 роки тому +2

      Thank you so much Dada 😍

    • @tilakkumaryogi9413
      @tilakkumaryogi9413 4 роки тому +1

      Ho ni! Sarai marmik geet 🙏❤

    • @ramjibiswokarmaofficial
      @ramjibiswokarmaofficial 4 роки тому +2

      एकदम सहि कुरा गर्नु भयो सर मेरोनी मन छियाछिया भयो😢😢😢

    • @krishnagurung8704
      @krishnagurung8704 4 роки тому +2

      @@tilakkumaryogi9413
      Q

    • @devgrg20
      @devgrg20 4 роки тому +1

      Hajur ko cmt ly man xoyo

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 роки тому +3

    हैत दामी छ ल मनछोयो

  • @rajivkarki977
    @rajivkarki977 4 роки тому +2

    म फेरि विदेश अाए भने मेराे छाेरी यसैगरी रूनेछिन् अब म नेपाल नै गएर बस्छु ।।निकै उत्कृष्ट गित ।
    नारायण रायमाझि दादा काे ।।

    • @PrinshaKhadka
      @PrinshaKhadka 4 роки тому +1

      🙏😂😂😂😍

    • @rajivkarki977
      @rajivkarki977 4 роки тому

      Prinsha Khadka Hajur mazzale hasnubhayo ni kina?

  • @rijalhariram3331
    @rijalhariram3331 4 роки тому +2

    यतिधेरै मनरूहाऊने भिडियो नहालीदिनूस्
    आज हर घरको पिडा यही छ

  • @karishmagyawali6488
    @karishmagyawali6488 4 роки тому +2

    सारै मन छुने गीत गाउनु भयो धरै नै राम्रो छ गीत सँगै भिडियो पनि मन छुने नै भको छ आगामी दिनको लागि पनि यस्तै मन छुने गीत र भिडियो हामी माझ ल्याउनु होला धरै धरै धन्यवाद र अझै यस्तै गीत को प्रतीक्षा मा बस्सेका छौ ।❤️ Kamala dd ra Narayan sir 🌹

  • @ktv7637
    @ktv7637 4 роки тому +3

    सानो नानुले साच्चिकै मन छुने अभिनय गरिन। नारायण रायमाझी दाजु पुन नेपाली लोक संगितमा सक्रिय भई अति नै मार्मिक गीतहरु प्रकाशि गर्नु भएको छ thank you daju

  • @krishnaomsairam7955
    @krishnaomsairam7955 4 роки тому +2

    आहा रेडियो नेपाल बाट करिब दुई दशक अगाडि अडियो मा सुनेको गीत आज भिडियो सहित हेर्न पाउँदा अत्यन्त खुसी लागेको छ ,आदरणीय दाजु लक्षम्ण रायमाझी दाजु को कालजयि सिर्जना र बरिस्ठ गायक तथा सर्जक तथा चलचित्र निर्देशक संस्कृतिबिद आदरणीय दाजु नारायण रायमाझी र कमला पोखरेल को स्वोर मा सजियको गीत क लेखौ र खबर आमा कार्गिल गीत ले मन मुटु नै हल्लायो ।।।।

  • @yadupoudel5643
    @yadupoudel5643 4 роки тому +28

    यो गीतले धुरु धुरु रुवायो अझ यो माहामारी को बेला परिवारबाट टाढा खाडिमा भएको बेला।।।।।
    गोर्खा पल्टनमा सहिद हुने दाजुभाइ प्रती समर्पित यो गीत।
    नारायणदाई र टिमलाई सलाम छ🙏🙏🙏🙏🙏

  • @jagatthapa8440
    @jagatthapa8440 4 роки тому +9

    जुन बेला यो गीत बजार आएको थियो त्यती बेला देशमा युद्ध सुरू हुदै थीयो भने उता भारतको कारगील लडाई चलेको थियो 1994 माँ त्यती धेरै नेपाली दाजू भाई हरू अकालमय ज्यान गुमाउनु परेको थीयो,भने त्यस लगतै आफनै देशमा पनी सुरू भयो लडाई 2000 माँ हरेक नेपाली मन मुटु माँ बस्नु भाछ अग्रज कलाकार दाजु नारायण रायमाझी,अरू भन्ने शब्द नै छैन दाजू आउने दिनमा सफलताको शुभकामना छ

  • @teznmagar
    @teznmagar 4 роки тому +1

    Wow daju मनै कटक्क भयो। सम्मान स्वरूप 🌹🌹🌹🌹🌹👏👏👏👏👏👌👌👌👌

  • @ishowarilalbishwakarma7202
    @ishowarilalbishwakarma7202 4 роки тому +3

    आदरणीय दाजु नारायण रायमाझीको कारगीलको युद्ध भाग १ बजारमा आउदा हामी स्कुलका साना विद्यार्थीे थियौ । अहिले भाग २ लाई लाईभ गाउदा बालापनको याद आयो । आदरणीय दाजु स्व. लक्ष्मण रायमाझीको संझना पनि ताजा बनायो । यति राम्रो गीतको लागी दाजुलाई धेरै धरै धन्यवाद् अनि सफलताको शुभकामना ।

  • @shukuramrasaili1859
    @shukuramrasaili1859 4 роки тому +2

    आहा आफैलाई बिते जस्तो लाग्ग्यो अत्यन्तै मन छुने गीत
    सम्मान छ सबै लाइ

  • @RamchandraChand
    @RamchandraChand 4 роки тому +5

    किन किन आमा मेरो च्वास दुक्छ छाती .....छुटिदा को दृश्य अनि भित्र भित्र अन्त सम्म हेर्दा मन थाम्न गाह्रो मार्मिक🙏❤️❤️❤️

  • @santoshkc8513
    @santoshkc8513 4 роки тому +13

    आहा अर्को उत्कृष्ट गित 😍😍😍😍

  • @gyanneupane6421
    @gyanneupane6421 3 роки тому +2

    म लाउरे त होईन तर पनि यो गीत हेरेर आसु आयो , आदरणीय नारायण रायमाझी दाई र कमला पोख्रेल दिदी पर्ती मिठो सम्मान।

  • @Garvakakura
    @Garvakakura 4 роки тому +7

    म सा..नो छंदा सुनेको यो गित बल्ल आज धेरै वर्ष पछि बल्ल सुन्न पाएँ यो गितको पुरानो एल्बम कति खोजे कति कोसिस गरें भेटिन।। मेरो प्रीय गायक नारायण रायमाझीलाई बारम्बार खुब सम्झिन्छु।

  • @haripun977anand8
    @haripun977anand8 4 роки тому +2

    निक्कै हृदय स्पर्शी गीत तर यो गीतमा फिमेल भ्वाइस नभएको भए अझै उत्कृष्ट हुन्थ्यो होला नारायण सर 🙏🙏 साथै सफलताको काममा 🙏🙏💕💕💕💕

  • @jagatthapa8440
    @jagatthapa8440 4 роки тому +2

    मलाई पनी सार्है मन पर्ने लोक गीत हो,जुन चक्का माँ आउथ्यो,साल त्यती याद भयन सायद् 2054 साल तीर होला मेरो जिवन त्यसतै थीयो,मैले सधै सुन्दै आको गित हो,नारायण सर लाई अझै पनी प्रगतीको अग्रीम शुभकामना छ

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 4 роки тому +34

    ए मन किन रुन्छस झन झन यो त एउटा गीति कथा मात्रै हो भनेर लाखौ कोशिश गरे सझाउन तर भाव र सब्दले कता कता कुन कुनामा घोच्छ पत्तै भएन बस आँसु मात्रै झरे 😭😭😭😭 धन्यवाद नारायण सर बर्षौ पछि त्यही गित सुन्न पाइयो

    • @bhimraul
      @bhimraul 2 роки тому

      🙏🏻🙏🏻🙏🏻

  • @subashbogati289
    @subashbogati289 4 роки тому +5

    अग्रज नारायण रायमाझि दाजु प्रती सलाम छ wow very nice song and video 💓💓💓👍️👌🙏🙏🌹

  • @MINDARLAMI
    @MINDARLAMI 4 роки тому +6

    आदरणिय दाजु नारायण रायमाझीले जसरी आफ्ना पुराना गीतहरूलाई नयां प्रबिधिसंग खेलाई रहनु भएको छ अति उत्तम सोचाई हो र हिजोको ति लाईभ रेकर्डिंगमा हुने र भएका केही चुकेका मात्रा पनि नयां प्रबिधिबाट पुरा गर्नु भएको छ । आदरणिय दाजु हजुरलाई आत्मै देखी सम्मान छ ।

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 4 роки тому +2

    म चाहिँ नारायण रायमाझी दाइको एकदम नजिक को फ्यान हो उहाको सबै गीत एकदम मनछुने हुन्छ

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 роки тому +3

    नारायण दाइ र कमला पाेख्रेल दिदिकाे अावाज असाध्यै मेल खान्छ जुनसुकै गीतमा पनि।जहिल्यै पनि अति मार्मिक अनि भावपुर्ण गीत गाउनु हुन्छ श्रद्वय दाजु नारायण दाइ , हजुरलाई अगामी दिनकाे लागि पनि अग्रिम शुभकामना तथा धन्यवाद दिन चाहन्छु ।

  • @mukanrokaya9352
    @mukanrokaya9352 4 роки тому +2

    नेपाली लोक संगितका धरोहर अादरनिय दाजु नारायण रायमाझी र कमला पोखरेल सुमधुर अावाजमा सजिएको मार्मिक गितले नरूने मन कस्को होला र😢😢😢😢😢

  • @keshabsharma3155
    @keshabsharma3155 4 роки тому +2

    गीत सुन्दा नी आफ्नै छातीमाॅं छुरा रोपम झै वनायो❤️❤️

  • @surendragurungsulove5715
    @surendragurungsulove5715 4 роки тому +2

    नारायण दाई काे सबै गित मेराे मन मुटुमा बस्न सफल भएकाे छ दाई

  • @nirajbudhathoki4704
    @nirajbudhathoki4704 4 роки тому +2

    मार्मिर्क छ यो गित सबै जाना हजुर को टिमलाई बदाई छ नारायन जि🇳🇵🇳🇵🇳🇵🇦🇨👏👏👏

  • @suphaldumre8757
    @suphaldumre8757 3 роки тому +3

    अग्रज दाजु नारायण रायमाझीको यो गीतले मनै रूवायो

  • @mangalsing3396
    @mangalsing3396 4 роки тому +2

    मनछुने गित सलुटछ सम्पुरन कलाकार अगरजहरुलाइ l🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @seeningthapa355
    @seeningthapa355 4 роки тому +2

    धेरै धेरै मार्मिक छ यो टिमलाइ धेरै धेरै धन्यवाद जिवनमा मेल खायौं 💕🌹🌹🌹🌹🌹

  • @sheshkantpokhrel739
    @sheshkantpokhrel739 4 роки тому +2

    हामी लाहुरे हरुले सुन्नै न सकिने यो गीत ।
    अति मिठो सोर मा गाउनु भएको छ ।
    सबै टिम लाई बधाई छ ।।

  • @प्याउलीफुलअनलाइन

    अति नै मार्मिक गित छ धन्यवाद हजुर सांगीतिक सफलता को सुभकामना

  • @debendramagar9222
    @debendramagar9222 4 роки тому +21

    म चाहिँ कमला पोख्रेल जि को धेरै ठूलो प्रशंसक हुँ हजुरहरु को को हुनु हुन्छ यता हाजिर हुनु त ।

  • @birmagar5628
    @birmagar5628 4 роки тому +14

    महान छन् ती आमा जसले जानी जानी छोरो युद्दमा जाँदा पनि मन को आँशु रोकेर पठाउनु हुन्छ। सलाम छ आमा हजुर लाई।

  • @Bharat12331
    @Bharat12331 4 роки тому +3

    वा! कुन शब्द ले बयान गरु यो गीतको ।मलाई असाध्यै मन परने गीत हो यो। नारायण रायमाझी सर र कमला पोख्रेल को आवाजको त झनै के बयान गरौ र???साहरै राम्रो बनेको छ।सफलताको शुभकामना छ है।।

  • @khemjoshi3641
    @khemjoshi3641 4 роки тому +3

    माया प्रेम को गीत हरुअलग छन तर
    आमा बाबा को बारेमा सुन्दा गर्ब महसुस हुन्छ।
    ❣❣❣❣❣
    के लेखौं र खबर आमा
    यति मार्मिक गीत दादा
    सलाम छ सर्जक लय शब्द
    धेरै धेरै शुभकामना
    सम्पूर्ण समुहमा ।।
    यथार्थ जीवनी 😥😥

  • @netrathapa4735
    @netrathapa4735 4 роки тому +2

    यो गित हेरेर त धुरु धुरु रुन मन लाग्यो मलाई त यो गित you tube बाट हताउनु पर्छ मन थाम्न सकिएन मुटुमा बिझ्यो

  • @shantigurung3164
    @shantigurung3164 4 роки тому +16

    जुनसुकै गीत होस। नारायण सरको गीत सुन्न भुलेको छैन। सुने पछि आनन्द लाग्छ।

  • @rajpariyar2104
    @rajpariyar2104 4 роки тому +2

    मलाई बाबा छुट्टिमा आउदा को याद आयो। बाबाले ल्याको टेपमा कारगिल लडाइँको गित बजाउदा फुपु ममि सारै रुनुहुन्थ्यो

  • @tejale9412
    @tejale9412 4 роки тому +4

    बच्चाको अभिनय सारै राम्रो । वास्तविक जस्तै रुवाई र अभिनय नानिको

  • @narendarshingdhami7963
    @narendarshingdhami7963 4 роки тому +8

    😢😢😢😭 कुनै सब्द छैन के लेखु !!!
    अति मार्मिक ।

  • @dineshchhetriofficechannel1455
    @dineshchhetriofficechannel1455 4 роки тому +13

    आदर्णीय अग्रज दाजु नारायण रायमाझी तथा लक्ष्मण रायमाझी दाजु नमस्कार🙏
    संगित सुन्न लागे देखि म पहिले देखि नै म हजुरको फ्यान हुँ।हजुरले गायको गितहरू सुन्दा म नरोएको कम्मै हुन्छु।आज यो गित रातिको १२ बजे हेर्ने मौका पाए यो गित सुन्दा मेरो धेरै आँसु आयो धेरै मर्मस्पर्शी र मार्मिक लागेयो।साच्चिकै लाहुरेको जिन्दगी के नै छर छुराको धारमा बाचेको हुन्छ।देशको सुरक्षा गर्दा गर्दै काहा नीर गएर अन्ते हुन्छ थाहा नै हुदैन।घरपरिवार बिर्सेर राष्ट्रको सेवा गर्दागर्दै कति बेला काहा जिन्दगी अन्ते हुन्छ के थाहा हुदैन।बिचरी त्यो घरमा बसेकी श्रीमती र बाबा आमा छोराछोरीलाई सुख दिने रहरमा आफ्नो खुसी बिर्सेर अरूलाई खुसी दिदादै कति बेला आफुले आफुलाइ बिर्सिने हो।तर पनि छातिमा गली खाए पनि हासि हासि देशको लागि ज्यान दिने यी सपुतहरूलाई सधै नम: गर्न चाहान्छु र यश गित चलो सफलता होस भन्दै शुभकामना दिन चाहान्छु।धन्यवाद।।सम्पूर्ण टिमलाई।

  • @chandragurung9306
    @chandragurung9306 4 роки тому +2

    एकदम मन छोयो नारायण रायमाझी सर र कमला पोख्रेलको मीठो स्वर मार्मिक गितले साच्चै भाबुक बनायो।

  • @lilabahadurolioli6072
    @lilabahadurolioli6072 4 роки тому +3

    Adarniy daju narayen raymajhi hajurparti das aula jodi naman! Ma bachai dekhi hajur r bima k dura ko fan thiye bichma hajur ka git sunna napauda alli nirass ni thiye aba lagatar hajurka mitha mitha lok prastuti haru yesarinai paksinu hola suvakana anteyma kamla baini ko sworma jadu xa oohalai sadhai afna prastutiharuma misauna nabirsanu hola dhannebad!

  • @nirakbanstola6631
    @nirakbanstola6631 3 роки тому +1

    यो जिन्दगी र नारायण दाजु का गित सुन्ने हो भने केही छैन जिन्दगिमा जस्तो लाग्छ,कति मीठो स्वर,शब्द अनि भाका सदैव सुनिरहुन पाउ जय गित जय सङ्गीत जय नारायण दाइ

  • @chetb.baijali3828
    @chetb.baijali3828 4 роки тому +5

    अति नै मनछुने गित । धन्यवाद नारायण सर ।कठोर मन लाई पनि पगालिदिन्छ हुजुरको गितहरुले।

  • @sandeshmagar8466
    @sandeshmagar8466 4 роки тому +5

    आङ्ग नै सिरिङ्ग भयो धेरै धेरै धन्यवाद नारायण सर्🙏🙏❤️ 😥🇳🇵⚔️जय नेपाल 🇳🇵जय गोर्खा ⚔️

  • @krishnadangi996
    @krishnadangi996 4 роки тому +4

    जति सुन्यो उति सुनौँलाग्ने
    नारायण दाजुका गीतहरु
    वाह!!!!!!!!!

  • @विणारधुनलेबुनिन्छइन्द्रजालनेपा

    यो गीत पहिला स्लो विट मा थियो अहिले मर्डिफाइ गर्दा हल्का फर्स्ट लाग्यो सो जति आनन्द लाग्छ स्लो विटमा।जिवन्त छ ।

  • @bindasskanchaa2749
    @bindasskanchaa2749 4 роки тому +8

    💚💛 ।।धेरै राम्रो छ गित दाजु ।।💛💚
    नारायन रायमाझि दाजुको त म बच्चै देखि गित सुन्ने अनि अति राम्रो लाग्थो उहाको त म ठुलै फ्यान हु तर कमला पोख्रेलको पनि यति ठुलो फ्यान भयछु कि कमला पोख्रेल भन्ने बित्तिकै जस्तो होस् त्यो गित तर सुन्न मन लाग्छ।

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 4 роки тому +9

    करिब ५० को दशक तिर नेपालीहरुको मुटु धर्काएको यो मार्मिक गीतीकथा आज लाईभमा हेर्न र सुन्न पाउँदा फेरि आँखा बाट आँसु बग्यो।बालकलाकारको जिबन्त अभिनयले त झनै भक्कानो छुटायो।यस्तो नेपालीको जनजिबनको वास्तविक पिडालाई गीत मार्फत सम्बोधन गर्न सक्ने रचना गर्नु हुने स्व. दाजु लक्षमण रायमाझीलाई हार्दिक श्रद्धाञ्जली ! दिदै धन्यवाद टक्याउनु पर्दछ।भने यस गीतिकथालाई जनरुचिमा कर्णपृय आबाज र लयमा गाउनुहुने दाजु नारायण रायमाझीलाई त कस्ले पो भुल्न सक्छ र ? लाईभ मार्फत दर्शकलाई पुनर्ताजगी गराउनलाई लागि पर्नु हुने सबै कलाकार र प्राबिधिक लाई पनि बिशेश धन्यवाद दिनुपर्दछ।

  • @masta_kc
    @masta_kc 4 роки тому +17

    गीत भनेको यस्तो हुन्छ। मन, मुटु सबै छुने। salute Narayan dai and team.

  • @sukuparkoti3235
    @sukuparkoti3235 Рік тому +1

    सर्बप्रथम त यो सृष्टि गर्नु हुने अग्रज ब्याक्तितो ज्युमा सलाम उस्तै मार्मिक शब्दमा उतिकै न्या दिएर गाउनु हुने बुलन्द आव्जका धनी यी मार्मिक शब्द ले धुरुधुरु रुने गरायो

  • @rajgoutam705
    @rajgoutam705 4 роки тому

    अति नैइ मन छुयो सम्पुर्ण तिम लाई बधाई छ

  • @mohanghimire8540
    @mohanghimire8540 4 роки тому +1

    धन्यवाद यति मीठो नेपाली लोक भाका दिनु भयको मा आदरणीय सम्माननिय नारायण रायमाझी लोक दोहोरी छेत्र मा अहिले सम्म हजुर स्तर पहिलो छ र पहिलो रहोस सधै भरी हजुर को गित सुन्न पाइयोस र साथै मेरि प्यारी बैनी कमला पोख्रेल लाई सङिती छेत्र मा अजै बलियो बनेर आफ्नो सोर लाई अजै परगती दिदै जानू यहि छ मेरो शुभकामना

  • @navarajsubedi2811
    @navarajsubedi2811 4 роки тому +1

    अति राम्रो छ र यथार्थ परक पनि ❤️❤️❤️❤️

  • @manbghartimagar2680
    @manbghartimagar2680 4 роки тому

    मनै रुवायो यो तपाईको गानाने सर धन्नेबाद सर

  • @rupeshpun5432
    @rupeshpun5432 4 роки тому +3

    रुन्न भन्दा पनि आंखा भरि आंसु भयो ,,, हैट,,

  • @surajnepal9635
    @surajnepal9635 4 роки тому

    बालकलाकार सानो नानिको अभिनय यक्दमै उत्कृष्ट लाग्यो अनि आँखा रसायो ।।। जय गीत संगीत

    • @PrinshaKhadka
      @PrinshaKhadka 4 роки тому

      🙏Thank you so much for your beautiful compliment 😍

  • @saurabraut1922
    @saurabraut1922 4 роки тому +9

    सारै नै मार्मिक गित आँसु नै थाम्न सकिएन।आम नेपाली को यथार्थ कथा

  • @अर्याललक्ष्मण

    रुदै रुदै हेर्नेजती हाजिर

    • @balimayamagar7569
      @balimayamagar7569 4 роки тому

      Mero t aasu poni 5 pathi jatinai jhari sakyo 😭😭😭😭😭😭

    • @thamansunar8370
      @thamansunar8370 4 роки тому

      😢😢😢😢😢😢🤝🤝 ma xu bro

  • @devendrakanxo3707
    @devendrakanxo3707 4 роки тому +26

    कुन शब्दले बयान गरौ दाजु।मेरो अत्यन्तै मन पर्ने गित हो यो। सम्मान गर्न चाहे दाजु।

  • @dilurajamajhi7138
    @dilurajamajhi7138 4 роки тому +3

    दाजु हाम्रो रायमाझी परिबारको हिरो नै हो ।दाजुलाई नमन छ ।

  • @dhannirdosh1921
    @dhannirdosh1921 4 роки тому +8

    नारायन दाइ आखाको आँसु थामिएको छैन जति हेरे पनि अति मार्मिक गित छ 😢😭😭😭😭😭

  • @Hihihihih8
    @Hihihihih8 4 роки тому +3

    नेपाली लोक गित संगितका धरोहर नारायण रायमाझी दाई प्रति उच्च सम्मान छ दाईका हरेक गीतहरू हृदयविदारक छन् त्यसमाथि कमला पोखरेल ज्युको स्वरले झनै माझिएको छ ।🇳🇵🇳🇵🇳🇵

  • @netrarana9081
    @netrarana9081 4 роки тому +2

    सारै मार्मिक प्रदेशी जीवन सगै काहानि छ

  • @mitrabudhathoki5198
    @mitrabudhathoki5198 4 роки тому +4

    नानु तिम्रो अभिनय सार्है मन पर्यो !!

  • @omthada3337
    @omthada3337 4 роки тому +3

    Salam xa hai Narayan dada Kamala dd voice ki dhani Kati runu 😭😭dai khoi khoi tw ramalo khalko ni sunna pauna hjr r Kamala dd voice ma Hal Dubai batw

  • @amarbishwakarma9218
    @amarbishwakarma9218 4 роки тому +6

    हामी सानै थियौं नारायण रायमाझी दाजुका यस्तै लाहुरेका कथा व्यथा कहने गीतहरु रेडियोमा बज्दा घरमा,हाम्रो गाउँमा धेरै रुने थिए।पुन रेकर्ड गरेर यति मार्मिक भिडियोमा पुराना गीतहरु पुन प्रस्तुत गरुनुभएकोमा हार्दिक आभार दाजु अनि सबै टिमलाइ!

  • @anupneupane3375
    @anupneupane3375 4 роки тому +4

    गीत सुन्दैमा मनै शिरिङ्ग हुने ! अति उत्कृष्ट गीत छ । नारायण सर र कमला बहिनी लाई धन्यवाद दिदै सफलता को शुभकामना दिन चाहन्छु ।

  • @dhirendrachand1498
    @dhirendrachand1498 4 роки тому +4

    Heart touching song from jammuu kasmir gorkha regiment Sarai man royo yo geet suner

  • @okbishalbishal9913
    @okbishalbishal9913 4 роки тому +2

    निकै मन रुवाउँने भिडियो समय सान्दर्भिक छ उत्कृष्ट लाग्यो।😍😍😍😍😍

  • @khemmagar9389
    @khemmagar9389 4 роки тому +8

    हामी पर्देशी भएरै होला यो गित सुन्दा सारै मन रुन्छ। Heart touching song

  • @fanrealme9088
    @fanrealme9088 4 роки тому +5

    यो गीत सुनिआसु न झार्ने को होला र सम्मान छ दाइ ह्जुरलाई सानो बुनु तिम्रो अभियानने झन मुटुनै भक्कानिय् आयो हैत

  • @eaknarayankhanal9520
    @eaknarayankhanal9520 4 роки тому +1

    वरिष्ठ गायक,संगितकार,निर्दशक एंव निर्माता सर्जक नारायण रायमाझीले लाेक गीतकाे जगेर्नाकाे लागि अन्य गीतहरू फष्टिदा समेत हरेश नखाई अनवरत रूपमा दिनु भएकाे याेगदानलाई बधाई छ ।

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 роки тому +7

    यो गित सुनेर मेरो छोराको याद अायो सलाम छ नारायण रायेमनझि दाइ लाई येस्तै भिदीयो अरु पनि लियेर अाउनु होला यो सुनेर धेरै रोऐ👍👍👍🤺🤺🤺🎎

  • @surya6429
    @surya6429 4 роки тому +4

    सार्है नै मार्मिक प्रदेशी को जीवन मा आधारित ।।😭😭😭😭अतिनै मन छोयो है मेरो त

  • @ishwarkc3339
    @ishwarkc3339 3 роки тому +3

    कार्गिल बाट रुदै हेर्देइ छु दाजी रातभर निद नि आयन

  • @dorbahadurbudhamagar4104
    @dorbahadurbudhamagar4104 4 роки тому +2

    निकै कारुणिक हृदयविदारक स्वर नारायण दाइ र कमला बहिनीको बधाई छ

  • @rajendralamsal5041
    @rajendralamsal5041 4 роки тому +1

    नमन नारायण रायमाझी प्रती नेपाली लोक गितको धरोहर

  • @c.branamagar8148
    @c.branamagar8148 3 роки тому +2

    kamala Pokharel ji .कति मिठो स्वार तपाईंको।।मन छुने खाल्को

  • @baniyanarayan156
    @baniyanarayan156 4 роки тому +3

    लोकप्रिय गायक सर्जक नारायण रायमाझी दाजु हजुर को गित ले प्राय धेरै को आखा मा आसु आउने तर बास्तबिकता मा आधारित गित बनाउनु हुन्छ। धेरै धेरै धन्यवाद हजुर।

  • @tekrajthakulla4242
    @tekrajthakulla4242 4 роки тому +5

    दादा हजुरको गित ले सार्है मन दुखायो दाई यो बिरानो मुलुकम बाट आँखामा आँसु झार्दै सुनि राखेको छु हजुरको सबै टिमलाई हार्दिक आभार प्रकट गर्दै छु

  • @nisanta1
    @nisanta1 4 роки тому +4

    धेरैधेरै राम्रो लाग्यो। यथार्थपरक गीत लेख्ने स्वर्गिय लक्ष्मण दाजुको सब्दहरु धेरै मार्मिक छन्। त्यसैगरी संगीत र स्वर त्यस्तै मिलेको छ। सबैलाई नमन छ।

  • @kamalsubedi9602
    @kamalsubedi9602 4 роки тому +1

    शब्द ले नै रुवायो ।

  • @yuggrg6546
    @yuggrg6546 4 роки тому +11

    छोरी को अभिनये ले नै सुरु मै आँसु झार्न बाध्य भए 😥😥😥😥👏👏👏👍👍👍🌹🌹🌹

    • @PrinshaKhadka
      @PrinshaKhadka 4 роки тому +1

      🙏Thank you so much 😍😍😍

  • @gauribudha2827
    @gauribudha2827 4 роки тому +1

    धेरै राम्रो गीत दाजु हजूरले गाऊनु भको सबै गीत मन पर्छ अनि रुन मनलाग्छ किन हो किन मन खान्छ 💕💕

  • @TilaBc-n3o
    @TilaBc-n3o 5 місяців тому +1

    अत्तिनै मन पर्छ मलाइ नारायन रायमाझी ले गायको👌👌🙏🙏♥️♥️♥️♥️

  • @narendratimilsena9554
    @narendratimilsena9554 4 роки тому +2

    Baristha gayk narayn raymajhiko suparhit git best of luck

  • @himkc5708
    @himkc5708 4 роки тому +4

    नारायण दाइ प्रति हार्दिक नमन 🙏🙏🙏🙏 कान पवित्र भए ।

  • @rimthapa4682
    @rimthapa4682 4 роки тому +3

    Kamala pokharel voice kti ramro ho pargati ko shubha kamana

  • @jagannathpaudel4294
    @jagannathpaudel4294 4 роки тому +1

    सत्य कथा मा आधारित मार्मिक गीत ।।।।। अरु गाइका सङ गाउदा यसरी 100% स्वर म्याच गरेको देखिदैन।।

  • @yagabahaduroli7184
    @yagabahaduroli7184 4 роки тому +3

    Wow nice song yo po hota song vaney 🙏

  • @shakkardada2050
    @shakkardada2050 4 роки тому +3

    Kalakar ma nararayan dai thapai dahnya ho hajur ka gitaharu sabaile atita bsljau 6

  • @ammarroka1305
    @ammarroka1305 4 роки тому +3

    सारै मन छाेयाे बाबा छाेरिकाे अभिनयले ।।

  • @sanjurana3923
    @sanjurana3923 3 роки тому +2

    खै कसरि बयान गरु मन स्तब्ध छ!अनि यथार्थ समयोग जिन्दगीमा !हजुरको यो शब्द सङ्गितले त झनै मेरो आत्मा बहकिएको छ!सलाम छ दाजु हजुर प्रति

  • @mr.everestyoutubenepal201
    @mr.everestyoutubenepal201 4 роки тому +2

    धेरै राम्रो आखाबाट आँसु आये तर कमला जि को आबाज धेरै राम्रो तेस माथी नारायण दाइ त सुपर

  • @navarajadhikari3445
    @navarajadhikari3445 4 роки тому +4

    सार्है मन धर्कियो

  • @mankumarshrestha2974
    @mankumarshrestha2974 4 роки тому +2

    मनै छाेयाे , अासुकाे भेल सगै याे गित सुनिरहेकाे छु भन्ने शब्दनै छैन मसग ।