चेहिमको कथा | Chehimko Katha | Herne Katha EP 65 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 13 вер 2021
  • धनकुटाको बुढीमोरङ, साँघुरीगढीमा दिन ढल्दै गएकाहरु अनन्त यात्राको लागि पहिले नै तयार हुन्छन् । गच्छे अनुसारका चिटिक्क परेका चिहानहरु तयार पारेर राख्छन् । शरिर निष्प्राण भएपछि रहरले बनाएको घरमा प्रवेश गर्छन् ।
    #CheHim #HerneKatha
    Stories of old Limbu people from East Nepal who are prepared to die and celebrate death.
    Join this channel to Support Herne Katha.
    bit.ly/JoinHerneKatha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
    You can make monthly contribution to support the production cost of Herne Katha.
    Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on UA-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
    ✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
    🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • Фільми й анімація

КОМЕНТАРІ • 2 тис.

  • @dbtextil
    @dbtextil 2 роки тому +1606

    धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लगाइरहेका बेला खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुन बिद्या दिदि।
    उहाँ र क्यामरा पछाडी रहने उन्का सहकर्मी मित्र सबै को काम प्रति सलाम छ।❤️❤️❤️❤️❤️

    • @bharatdangi8835
      @bharatdangi8835 2 роки тому +4

      Good

    • @kusumbk1190
      @kusumbk1190 2 роки тому +2

      Yatrako katha hernuna ani uhaharuko sangharsha thaa hunxa

    • @ombahadur6169
      @ombahadur6169 2 роки тому +9

      अाज भाेलि बर्षे च्याउ सरि उम्रेका यूटुबे मुलाहरूलाई के थाहा खाेज पत्रकारिता के हाे भनेर

    • @kapurgurung9566
      @kapurgurung9566 2 роки тому +3

      ठुलाे शिक्षा र संसार देखाउनु भएकाे छ, हाम्राे नेपालमा पनि अनौठा चलन र परम्पराहरु पहिलाे चाेटि देख्दा र सुन्दा मन बटारेर अाउदाे रहेछ ।

    • @mohansubba8091
      @mohansubba8091 2 роки тому +1

      👌👌

  • @milanadhikari5577
    @milanadhikari5577 2 роки тому +208

    "भगवान त एउटै होनि त आकाश एउटै छ तारा धेरै छन्" बाजेको कुराले एकदमै मन छोयो।

    • @nepallatestnews1806
      @nepallatestnews1806 2 роки тому +1

      ´´भगबान त एउटै होनि ´´आकाश एउटै छ ताराहरु पो धेरै छन त ,,

    • @joyleensubba974
      @joyleensubba974 2 роки тому

      😘😘😍😍

    • @cricketgame1999
      @cricketgame1999 2 роки тому

      True👍

    • @narendrarai5260
      @narendrarai5260 2 роки тому

      Scripted
      Like ‘’Har Din Diwalii’’ south indian film..fucking christain

    • @narendrarai5260
      @narendrarai5260 2 роки тому +1

      Har Din Diwalii ma chaii xora xorii le samadhii banauxa, yah aafaii aafno samadhiii… comedy lagnu thalo harne katha paniii hahaha

  • @hernekatha
    @hernekatha  2 роки тому +19

    Thank you for watching and loving this story. Let’s talk about death. Please share the memories of the death of your beloved if you are comfortable about it.
    आउनुस् मृत्यूको कुरा गरौं ! तपाईंलाई सहज लाग्छ भने तपाईंका प्रिय मान्छेको मृत्यूको कथा सुनाउनुस् न ।

    • @tulasilimbu2432
      @tulasilimbu2432 2 роки тому

      Derai dhaybad bidhya ji,mero fufu I really love you, 85 years hunu vayo

    • @reallearner590
      @reallearner590 2 роки тому

      Death is real

  • @umeshakauliya3571
    @umeshakauliya3571 2 роки тому +63

    चेहिमको कथा, हेरिसकेपछी मन एकदमै खल्लो भयो, मृत्यु एक सत्य । मर्नु भन्दा पहिले नै आफ्नो लागि चिहान बनाउन सक्नु पनि सायद ठुलै मन बनाउनु पर्दो हो । अनि खुसी पनि लाग्यो कि उहाहरु मृत्यु सहजै स्विकार्न तयार हुनु हुन्छ्❤️

    • @ajaykumarsubba787
      @ajaykumarsubba787 2 роки тому

      चेहिमको कथा भन्दा तपाईको कॉमेंट धेरै मन'पर्यो । यो कथाको सीरमा चंन्द्रसिरफुल लगाई दिये झै भयो । सेवारो,

    • @shashineupane658
      @shashineupane658 2 роки тому

      😥😥😥😥

  • @beghaproduction1722
    @beghaproduction1722 2 роки тому +463

    म मृत्युको शब्द भन्नू र सुन्नुनै डरौने मान्छे तर अाज थाहा भो मृत्यु यस्तो सत्य रहेछ जुन मर्नु अगाडि नै स्वीकारनु सकेमा झनै अन्नादा अाउने रहेछ भन्ने कुरा मैले मसुस गरे । धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई 🙏🙏।

    • @sorry6192
      @sorry6192 2 роки тому +1

      हजुरले बुझ्नु भएको अाशय र मेरो आशय मिल्न गयो।

    • @munap1483
      @munap1483 2 роки тому +2

      Yo kura ma sanga pani mailo hai😥😯

    • @mohanghimire1869
      @mohanghimire1869 2 роки тому +1

      हार्दिक नमन्👏

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @nishagautam6923
    @nishagautam6923 2 роки тому +614

    हेर्ने कथा आएको देख्दा सानामा दशै आउँदा जस्तै खुसी हुने गर्छु 😘😍 केही महिना अगाडी बाट मात्र हेर्न थालेपनी सबै भाग हेरेको छु😊हेर्ने कथा परिवार र बिधा दिदिमा धेरै माया ❤️😘😍

    • @resamchand3455
      @resamchand3455 2 роки тому +1

      🥰🥰

    • @nabinphago1020
      @nabinphago1020 2 роки тому

      Ma pani testai lagx same soch

    • @bishnuharisharma1832
      @bishnuharisharma1832 2 роки тому

      same case

    • @purnalimbu7806
      @purnalimbu7806 2 роки тому

      Honi baini❣️❣️❣️💟💟

    • @soyamoktan876
      @soyamoktan876 2 роки тому

      कस्तो चित बुज्ने कुरा मलाई पनि तेस्तै feel हुन्छ आनद हुन्छ ❤❤

  • @srizanah07
    @srizanah07 2 роки тому +9

    "हेर्ने कथा" साँच्चै नै "हेर्न लायक कथा" हो । एसमा देखाइएका हरेक कथा र यिनका पात्रले भित्री मनलाई स्पर्श गर्छ । धन्यवाद निर्माण समुहलाई , यो कथा र यिनका पात्र कहिल्यै नसकिउन । ❤️

  • @samikshyakarki6284
    @samikshyakarki6284 2 роки тому +30

    हेर्ने कथाका प्रत्येक भाग हरुले मलाई जिन्दगी को अर्थ बुझाएको छ धन्यवाद बिद्या दिदी लागायत सम्पुर्ण टिम लाई एत्ति राम्रो कामको लागि।

  • @sajan_grg
    @sajan_grg 2 роки тому +282

    Once Buddha himself said, "Accept the death as strongly as you accept life". We see living example in Limbu Culture.

    • @sanjurayamajhichhetri6464
      @sanjurayamajhichhetri6464 2 роки тому +5

      Actually!

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @pradeep-cs1ef
    @pradeep-cs1ef 2 роки тому +69

    नौलो पनि लाग्यो अचम्म पनि लाग्यो
    तर समग्रमा बिसयबस्तु र प्रस्तुति गज्जब लाग्यो ।
    आकाश एउटै छ ताराहरु धेरै छन् ....

  • @AmarThakuri
    @AmarThakuri 2 роки тому +8

    *जन्म र मृत्यु जिबनको दुई ध्रुव सत्य कुरा हो। मृत्यु सङ्ग डराएर होईन यसलाई सहर्ष स्विकार्दै आफ्नै मृत्युको तयारी गर्ने यि पाका ब्यक्तिहरु लाई देखेर मन एकछिन टोलाइरह्यो। मृत्युलाई पनि उत्सव जस्तै तयारी गर्ने चलनले मृत्युुलाई पनि अझै धेरै सत्य भएको आभास गरायो।*

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @jamunarai6690
    @jamunarai6690 2 роки тому +10

    हेर्ने कथा हेरेर म निशब्द छु...। जीवन बुझ्ने मानिसहरु ले आफ्नो मृत्यु सहर्ष स्विकारेको हुदो रहेछ यो लिम्बू परम्परा राम्रो लाग्यो।

  • @narenlimbu9089
    @narenlimbu9089 2 роки тому +191

    यस्तो कथाहरुलाइ ट्रेन्डमा ल्याएर हाम्रो लिम्बू सस्कार सस्कृतिलाइ उजागर गर्नुपर्छ,र मृत्यु सत्य हो,जति बाचिन्छ हासी खुसी बाच्न सिकाउ ,,धन्यवाद हेर्ने कथालाई,,

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

    • @exploretheworld9111
      @exploretheworld9111 2 роки тому +1

      I m brahaman but now after watching this documentary my perception about life has changed. We love death, the one and only long awaited event of life. I don't want to be cremated with fire. I want to build a house for me and my wife.

  • @Prisha2080
    @Prisha2080 2 роки тому +102

    आज म त्यतिकै जादैन, एउटा कमेन्ट लेखेरै जान्छु भनेर लेख्न खोजे तर कुनै शब्द नै भेटेन । यो कार्यक्रम मात्रै होइन रहेछ, यो त एउटा दुख,शुखको अमर कहानी सहितको आर्गनिक जिवनगाथा हो । बिध्या जि , सयौ जुनि मानवको चोला लिएर जन्म लिनु होला । शुभकामना

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @pokharelpuspraj4145
    @pokharelpuspraj4145 2 роки тому +3

    जिउँदै, आफ्नै आँखाले चिहान देख्दा कता कता साँच्चै मन अमिलो हुन्छ।
    "विद्या चापागाईं " नेपाली पत्रकारका ज्वलान्तर उदाहरण 💚💚💚💚💚💚🙏

  • @sachinmallathakuri9171
    @sachinmallathakuri9171 2 роки тому +25

    The true mirror of our Nepalese society, "Herne Katha".
    Thank you Bidhya di for this.🙏

  • @valag-oe9vi
    @valag-oe9vi 2 роки тому +66

    भगवान त यौटै होनि तारा धेरै छन तर आकश यौटै होनि कति चित्त बुज्दो कुरो

  • @rameshgurung8889
    @rameshgurung8889 2 роки тому +77

    "पहाड डढेको सबैले देख्छ,यो मन डढेको कसले देख्छ"-
    "आजकल मलामी पनि पाईदैन हो"। -बुढी आमा

  • @niteshsingak3768
    @niteshsingak3768 2 роки тому +2

    शब्दले बर्णन गर्नै नसकिने उदाहरणीय काम बिद्या जिकाे।अबका हेर्ने कथाहरुमा खाेटाङ भाेजपुरदेखि काेशीकाे छालमाथी हुदै बाँस चताराघाटसम्म लैजाने युवाहरुकाे कथा पनि सुन्न हेर्न पाउँ।

  • @themayflower
    @themayflower 2 роки тому +30

    Celebration of death. It is such a bittersweet thing.
    Love all your stories. 💗 From Bhutan.

  • @biswassatyal8707
    @biswassatyal8707 2 роки тому +147

    जीवनकाे तयारी त सबैले गर्छन् , मृत्युकाे तयारी साँचाे बाँचेकाले गर्छन् ......सत्यकाे नजिक कथा, हेर्ने कथा

    • @gokarnachand4044
      @gokarnachand4044 2 роки тому +3

      Absolutely right 👍

    • @minmingaming7771
      @minmingaming7771 2 роки тому +2

      Japan ma pani aafnu chihan kinera nai marxan….

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому +1

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

    • @biswassatyal8707
      @biswassatyal8707 2 роки тому

      @@lasbaraprehs5818 ख्याल गर्नुपर्ने काेण

  • @ajaybhandary5828
    @ajaybhandary5828 2 роки тому +76

    बल्ल आज हेर्न पाइयो,धेरै समय पछी।।।कस्तो राम्रो,,लिम्बु समुदायको कथा बस्तु।।।बिद्या चेली।।।

  • @bhupupandeymusic
    @bhupupandeymusic 2 роки тому +122

    आ-सेवारो 🙏🙂

  • @Sewaro777
    @Sewaro777 2 роки тому +3

    हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मौलिकता पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई
    सबै को सामु देखाई दीनु भयो .
    Bidhya chapagai .
    लगाएत All Team lai . Thank You 🙏

  • @naruthapa8763
    @naruthapa8763 2 роки тому +30

    उमेर ढल्के पछि परखाई त केवल मृत्यु को मात्र हुँदो रहेछ । बुद्धि हुने युरोप तिर अनि बल हुने खाडी तिर , गाँउ घरमा लास बोक्ने काँध को नि अभाव बद्‌दै छ ।धेरै पहिला एउटा डकोमेन्ट्री हेरेको थिए " मलामी " भन्ने 😢😢 । धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिम लाई🙏🙏🙏🙏

  • @namgyalhang8376
    @namgyalhang8376 2 роки тому +25

    धेरै धेरै धन्यवाद विध्या जी। मेरो गाउँ घर को , मेरो फुपुको बारेमा र लिम्बू जातिको सस्कृति झलकाई यति राम्रो
    प्रसारण गर्दिनु भएको मा योरिक धन्यवाद 🙏

  • @chudadevkota2603
    @chudadevkota2603 2 роки тому +4

    कस्तो मार्मिक पत्रकारिता गर्नुहुन्छ बिद्या जि 🙏 समय जतिसुकै अनुकुल नभयेपनी हेर्न छुटायेको छैन हेरिसकेपछी को प्रश्न भन्दापनी हेर्ने आखा मा कौतुहलता आउने गर्छ बधाई छ बिद्या जि 👌👌👏👏

  • @shivaghimire1321
    @shivaghimire1321 2 роки тому +3

    आ सेवारो है लुङ्गा हरु
    महान छ हाम्रो लिम्बु संस्कृति
    हाम्रो ताप्लेजुंग तिर पनि
    फेरी पनि आ सेवारो सबै मा

  • @umeshbasnet1135
    @umeshbasnet1135 2 роки тому +115

    वास्तविक कथा ब्यथा हरु खोजी गरेर ल्याई दिनु भएकोमा हार्दिक नमन दिज्यु !

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 2 роки тому +23

    मेरो गृह जिल्लाको रहेछ यो VDO चै । विशेष त लिम्बुहरुले यसरी मरेपछि पनि सन्तान लाई रिन नलागोस र मलामीले पनि धेरै दु:ख नपाउन भनेर हुनसक्छ यसरी जिउदो हुँदै चिहान भनाएको । कसैलाई यस्तो सुन्दा अजिब लाघ्न सक्ला कसैलाई ठिकै हो भन्ने होला । अरुलाइ मरेपछि पनि धेरै दुख नदिउ र मरेपछि आफ्नै डिजाइनको चिहान भित्र रहने हुँदा आत्मा खुशी हुन्छ भन्ने लाघ्छभने ठिकै हो । जसलाई जसो गर्दा खुशी लाघ्छ त्यसै गर्नु ठिकै हो ।

  • @bibosgurung280
    @bibosgurung280 2 роки тому +5

    हेर्ने कथाको वास्तविक कथा जति हेरे पनि नपुग्ने कमोलो मन सान्दर्भिक कथा सधै भरी यसरी नै अगाडि बढेको देख्न पाउ यो समाजको वास्तविक कथा । (हेर्ने कथा)❤️🙏🙏🙏

  • @manojsubedi1995
    @manojsubedi1995 2 роки тому +4

    सत्य कथा तर नदेखेको, नसुनेको कथा। यहाँबाट देख्ने र बुझ्ने मौका पाइयो। धेरै धेरै धन्यवाद herne katha टिमलाई अनि प्रस्तोता विद्या दिदी लाई।।😊😀

  • @visitnepal00
    @visitnepal00 2 роки тому +81

    बिद्या दिज्यु। शब्दहरु भेट्दिन हजुरको यो कर्मको तारिफ गर्ने। मनदेखि नै उच्च सम्मान छ निरन्तरताको शुभकामना 🙏🙏💕💕

  • @amirsai8109
    @amirsai8109 2 роки тому +45

    बाजेले,"भगवान एउटै होन्त । आकश एउटै छ तारा धेरै छन।" भन्दा this hits me hard 🙏😍❣️😘😇
    आमाको आत्माले शान्ति पाओस् , वैकुण्ठ वास होस आमाको 🙏😇❣️

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @ritatamang3810
    @ritatamang3810 2 роки тому +1

    त्यहाको नियम र चलन राम्रो लाग्यो। त्यहाँ को मानिस को सोच पनि उदाहरणिय छ।।।।

  • @Yubraj431
    @Yubraj431 2 роки тому

    `बाटो विशेष कि गन्तव्य , यात्रा ठुलो कि यात्री , आखिर मृत्यु अन्त्य या भनौ सुरुवात । यस्तै अनुत्तरित प्रश्न बिच चल्दै गरेको जीवन´
    आफ्नो चिहान आफैले खन्दा कति आनन्द कि जीवन माथिको गुनासो । चेहिमको कथाले मन शुन्य बनायो !

  • @navniraula5966
    @navniraula5966 2 роки тому +52

    आफ्नो आफ्नो संस्कृति ,एउटै आकाश,एउटै सूर्य र चन्द्र,अनि लाखौ तातामण्डल,सच्चा लिम्बू जाती,सफा हृदय 🙏🙏

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому +1

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @mohangurung5922
    @mohangurung5922 2 роки тому +5

    हेर्ने कथा होईन यो हेर्नै पर्ने कथा हो धन्यवाद हजुर लाई

  • @sorry6192
    @sorry6192 2 роки тому +1

    अामाको बोल्ने तरीका र शब्द मन छोयो।💓💓💓

  • @rkleezonbabuthakuri7952
    @rkleezonbabuthakuri7952 2 роки тому +84

    मलाई एकदमै मन पर्यो यो संस्कार।।।अब यस्तो लाग्यो म पनि मरे भने यस्तै घर बनाएर सधै भरी मेरो छोरो को वरिपरी बसिरहन मन लाग्यो।।।।।आहा किन किन साह्रै मन पर्यो संस्कार वास्तवमै सहि छ।

  • @anoozprawash
    @anoozprawash 2 роки тому +28

    मृत्यको संस्कार।किन किन लिम्बुको यो संस्कार मन पर्यो। नयाँ कुरा हाम्रा लागि हेर्ने कथाको अर्को राम्रो अंक।

  • @pramishastha5494
    @pramishastha5494 2 роки тому +2

    एक दिन सबैले मर्नु पर्छ भन्ने सत्यलाई वेबास्था गरिएकोले नै संसारमा धेरै घटनाहरू भई रहेका छन्। कती शान्त र खुसी होलान् यि गाउँका मानिस जसले लोभ र मोह त्यागी सकेका छन्...एकपल्ट यो गाउँमा टेक्न मन लाग्यो। मृत्युलाई स्विकार गर्नु पनि ठुलै साहस चाहिन्छ। सलाम छ यि गाउँका बासिन्दाहरूलाई 🙏🙏

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @sharadabhandari7360
    @sharadabhandari7360 2 роки тому +8

    म सानो हुदादेखी नै बिद्या दिदिको कार्यक्रम हेर्दै आएको हु।मलाई उहाँको पत्रकारिता एकदमै मन पर्छ।
    धेरै माया 🤗

  • @rajanrai4973
    @rajanrai4973 2 роки тому +45

    हैट मृत्यु अन्त्य हैन एउटा उत्सव हो झै लाग्यो यो भिडियो हेरेर ।

  • @deepikakhadka960
    @deepikakhadka960 2 роки тому +31

    kati ramro limbu culture, manai bata dherai dherai respect hajur 🙏🙏❤️❤️

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु राम्रो हो यसले लोकहितको भाव जागिन्छ। तर मृत्युलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @shambhuthapa3226
    @shambhuthapa3226 2 роки тому

    यदि युट्युबे तथा कतिपय पत्रकार ले तपाइ बाट धेरै कुरा सिक्नु पर्ने देखिन्छ। तपाईंको धेरै नै भिडियो हेरेको छु, र सबै भिडियो मन छुने छन। अरु पत्रकार तथा अन्य मिडीयाहरु केटी हरुको छोटा कपडा पछि दौडिरहेका हुन्छन् तर तपाई समाज मा घटेको घटना हरु समाज सुधार को खोजी गर्दै गाउँ गाउँमा गएर बास्तबिक एथार्थ घटना तथा कथा बस्तुहरु लाई बाहिर प्रस्फुटन गर्नु हुन्छ तपाईं लाई सलाम छ दिदि , नयाँ नयाँ भिडियो को पर्खाइमा छौ। ❤️❤️❤️🙏🙏🙏

  • @BinodRokayaMagar
    @BinodRokayaMagar 2 роки тому +76

    This deserves to be viewed in world film festival. One of the amazing story from eastern part of Nepal!!

  • @arjundahal2214
    @arjundahal2214 2 роки тому +25

    सारै राम्रो लाग्यो बोजुको कुरा सुनेर दुख पनि लाग्यो मातेको बेला यहि भित्रै सुतीदिन्छु भन्दा हासो पनि लाग्यो🙏

  • @bhupendrasubba3732
    @bhupendrasubba3732 2 роки тому

    यो दोश्रो पटक हेर्दैछु। जन्म र मृत्यु बारे केहि बुझेजस्तै लाग्छ। जन्म पछिको मृत्यु सत्य हो। आजकल सबै युवाहरु विदेशमा मात्र हुन्छन्। पछि इष्टमित्रलाई दुख नहोस भन्ने सोचाइ कति राम्रो। इङ्नाम बाजेको बोजुको प्रतिको मायाले आँखा रसायो। बोजुको सिधा प्रष्ट बोलाइ रमाइलो, सुनिरहुँ जस्तो। हामिलाइ उनिहरु बाँचिरहुन जस्तो लाग्ने उनिहरुलाई भने बाँचेर पुगिसक्यो। मृत्युसँग डर छैन खालि शान्ति सँग निदाउन मात्र पाइयोस् भन्ने मात्र।😌😌

  • @santabahadurghale1462
    @santabahadurghale1462 2 роки тому +1

    आज संम मैले मोर्नु भन्दा पहिलै च्यान बनाउने कुरा देखेको पनि थिएन र सुनेको पनि थिएन। अझै मलाई त घरछेउमै च्यान बनाएको कुराले अचंम लाग्यो। मान्छे जिबित हुदा माया लाग्छ मोरे पछि उई सिनु देखेर डर लाग्छ। छोराबुहारी त बाध्यताले च्यानछेउकै घर्मा बस्दो रहेछ तर मलाई लाग्छ पाहुनाहरुलाई कस्तो लाग्छ होला? चेहिमको Herne Katha उत्कृष्ट छ, नौलो बिषयबस्तु प्रस्तुत गरेर हामी fans लाई अनन्द र भरपुर मनोरनजन दिलाई दिनु भएकोमा बिद्या जी र Herne Katha team लाई धेरै धेरै बधाई छ।

  • @binukumarlimbu2923
    @binukumarlimbu2923 2 роки тому +65

    मृत्युको सत्यतालाई स्वीकार गर्न सक्ने कति बहादुरीपन ! धन्यवाद सबै टिमलाई यत्ति राम्रो कथा पस्केकोमा ।

  • @yubarajlimbu8663
    @yubarajlimbu8663 2 роки тому +52

    प्रत्येक शृङ्खला अलगअलग विसय समेटिएको हेर्ने कथा को यो भाग अझै खोज मुलक लागो , मार्मिक बनायो जहा मलामी नपाउने पिडा देखी जिवन को अन्तिम घडी पर्खनु को अनुभुति

  • @ningwahanglimboo6815
    @ningwahanglimboo6815 2 роки тому +2

    हामी लिम्बू हरुको मुन्धुम संस्कार मा यस्तो कहिँ कतै पाईन्न तर उहाँ हरु लामो समय सम्म एक्लो महसुस गरेर जिन्दगी सँग हरेस खाको प्रष्ट देखियो यो दु:खद कुरा हो।छोराछोरी ले प्रसस्त समय दिउन माया दिउन यस्तो हर्कत गर्दैनन।

  • @bishnutamang389
    @bishnutamang389 2 роки тому +31

    धेरै बेर बाचेर दुख लाग्छ। कोही छैन, एक्लै बस्न गारो भो। Very deep touched my heart
    This is sad reality 💖

    • @yamsingjai9225
      @yamsingjai9225 2 роки тому

      Kina hola bishnu jiu atisaro morna aatinu vako aama

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

    • @bishnutamang389
      @bishnutamang389 2 роки тому

      @@lasbaraprehs5818 hjr ko kura pani thik ho aba uha haru ko itchya ra abujhpan ley garda aune uha haru ko santati lai kahi ashar parna jala hjr ley vannu vako jasti tara asha xa ki audo generation haru ley tespaxya lai bujhne xa

  • @rajbasnet6905
    @rajbasnet6905 2 роки тому +24

    मेरो छिमेकी जिल्ला को लिम्बु समुदाय भित्र को एक ज्वलन्त कथा । मन छुने ।

  • @dhurbathapaaidi7258
    @dhurbathapaaidi7258 2 роки тому +15

    हेर्ने कथाले कथा मात्र नभएर देश, समाज बोलेएको जस्तो लाग्छ।
    हार्दिक आभार दिदी विद्या र सम्पूर्ण टीम लाई।।

  • @yameshlimbu
    @yameshlimbu 2 роки тому +4

    बिद्या जि तपाईले लिम्बु जातीको अन्तर आत्माको कथा बाहिर ल्याउनु भयो हो धेरै खुशी लाग्यो ।

  • @sirsiyaneupane712
    @sirsiyaneupane712 2 роки тому +4

    मृत्यु शाश्वत सत्य हो, जसलाई सहजै स्विकार गर्ने र आफ्नो मृत्युलाई उत्सबको रुपमा लिने यो संस्कार निकै अर्थपूर्ण लाग्यो।आफुले जिएको जिवनलाइ बिसर्जित गर्ने थलो पहिलै बनाएर मृत्युको पर्खाइमा बसिरहेकाहरुलाइ देख्दा अनेकौं प्रश्नहरु उब्जिएका छन् ,सत्यता स्विकार्नु कस्तो महानता।

  • @vikaspathak283
    @vikaspathak283 2 роки тому +16

    मैले ध्यान दिएर हेर्ने youtube को एउटा मात्र कार्यक्रम हो यो । जस्लाई pause अनि forward नगरी हेर्छु 😍😍

  • @umamainali171
    @umamainali171 2 роки тому +15

    कस्तो अचम्म लाग्यो, आफ्नो चिहान आफै बनाउने मन द्रबित भयो देखेर। आखिर एक दिन मर्नुनै छ, कति दह्रो मुटु !!

  • @prakashbudhathoki1522
    @prakashbudhathoki1522 2 роки тому

    मनि नियमित दर्सक य ग्राहक हु हेर्ने कथा को प्राय सबै एपिसोडहरु हेर्ने गर्छु दिउँसो दस घन्टा डिउटी गरेको थकान नि कथा हेरि सकेपछी मन हल्का हुन्छ ! दोहा कतार बाट हेर्दै छु !
    बिध्या दिदि र सम्पुर्ण टिम प्रती आभार !
    !धन्यवाद !

  • @sarozacharya
    @sarozacharya 2 роки тому +4

    अाज त अाफ्नै गाउका बाजेको कथा खाएछ
    खुसि लाग्यो😘

  • @nabinbhandari7778
    @nabinbhandari7778 2 роки тому +21

    जब आँखा देख्न छाडे
    बाले लौरी टेक्न थाले
    बा नमरिन्जेल
    लौरिले देखाएकै बाटो हिडेँ
    बा कहिले लडेनन्
    बा बितेपछी
    लौरिको पोस्टमार्टम गरियो
    लौरिका आँखा भेटिएनन्
    -परिबिक्रम

  • @pramodsapkota6833
    @pramodsapkota6833 2 роки тому +148

    दिदी हजुरको VITAL content ले अहिलेको VIRAL content माथि बिजय प्राप्त गरोस् धेरै धेरै शुभकामना 😍😍

    • @khairevlogs3161
      @khairevlogs3161 2 роки тому

      Hahaha hidden aim chai k hola? Christainity

  • @railphangkiranti1883
    @railphangkiranti1883 2 роки тому +2

    सेन्मिखाको कथा पछि अर्को कथा चेहिमको कथा🙏🙏🙏

  • @seetalimbu9027
    @seetalimbu9027 2 роки тому +5

    लाग्छ जिबनको अन्तिम सत्य दुखमात्र होइन उत्सव पनि हो!प्रश्न पनि हो! Touching words.

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 2 роки тому +14

    भगवान एउटै हो आकाश एउटै छ ताराहरु धेरै छन र लाब्सा मिसा नाम्सा मिस हामी घाँम जुन को बच्चा होनी।🙏❤️❤️❤️

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 2 роки тому +5

    यो जुनी अजम्बरी छैन।एक दिन सबै जना मर्नु पर्छ भन्ने भगवान बुद्धको ज्ञान यो हेर्ने कथा माफर्त अप्रत्क्ष रूपमा स्रवण गर्न पायौं र नेपालको धनकुटा जिल्लामा यस्तो चलन रै छ भन्ने पनि थाहा पायौं। धन्यवाद हर्ने कथालाई।🙏🙏👍

  • @user-xy1su7lr3z
    @user-xy1su7lr3z 2 роки тому +5

    मलाई धेरै खुशी लाग्छ दिदी🙏🙏 हजुरको यस्तै यस्तै भिडियो सधैँ हेर्न पाऊँ,,,,।।।

  • @kisworadhikari
    @kisworadhikari 2 роки тому

    हेर्ने कथा हेर्दै गर्दा यस्तो लाग्छ, त्यहाँका पात्रहरु हामी आफैँ ले त्यहीं उपस्थित भएर स्वयम जिइरहेका छौं । न त्यसमा कुनै इडिट हुन्छ, न यसो गर उसो गर भनिएको हुन्छ, न यो बोल्दे भन्न लगाइएको नै हुन्छ ।जे भैरहेको छ त्यही ठ्याक्कै दुरुस्तै अनुभव गर्न सकिन्छ ।रियल लाइफका हिरोहरु।

  • @sagaradhikari3144
    @sagaradhikari3144 2 роки тому +64

    How eagerly and happily they are accepting the inevitable truth after birth is wonderful. Blessed to see such a lovely and pleasant story of death ❤️❤️❤️❤️

  • @bhadralimbu4492
    @bhadralimbu4492 2 роки тому +68

    बिध्या दिदी हजुर साचै महान हुनुहुन्छ , मेरो गाउँको यथार्थ चित्रन सबैले माया गरिदिनु होला please बिस्वभर प्रचार गरि दिनुभएकोमा हृदय देखिनै धन्यवाद दिदी 💕

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @MusicloverNepal
    @MusicloverNepal 2 роки тому

    मैले हेर्ने कथा पोहोरको लकडाउनबाट हेर्न थालेको थिँए। त्यतिखेर घरभित्रै बस्नुपर्ने बाध्यताको बेलामा दिनको 10, 15 ओटा सम्म हेर्थे। त्यो बेलादेखी मलाई यस्तो नशा लागेको छ यो कार्यक्रमप्रति कुनै नयाँ ईपिसोडको प्रतिक्षामा हुन्छु। हेर्ने कथा साच्चै हेर्ने मात्र नभएर हाम्रै वरपर समाज टोलमा घटेको घटना विषयवस्तुलाई जष्ताको तस्तै साभार गरेर प्रस्तुत गर्नु हुन्छ सार्है मन छुन्छ। कयौचोटी त आशुको धारा पनि बगाको छु।
    विद्या दिदी हजुरको प्रस्तुत गर्ने शैली त सबैभन्दा उत्कृष्ट लाग्छ। झन त्यो मिठो आवाजमाथी श्रव्यदृश्यले भरपुर पूर्णता दिन्छ। मुरीमुरी शुभकामना सम्पूर्ण टिमप्रती। 💕❤🇳🇵

  • @rammani.adhikari
    @rammani.adhikari 2 роки тому

    भगवान त एउटै हो नि आकाश एउटै छ तारा धेरै छ कति मन छुने शब्द !

  • @rangitaacharya6106
    @rangitaacharya6106 2 роки тому +16

    आफनो जीवन प्रति सन्तुष्टि प्राप्त गर्न र समाज प्रती को जिम्मेवारी र दायित्व अनुभुत गराउछ , हेर्न कथाले ♥️♥️♥️♥️

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 2 роки тому +9

    धनकुटा तिर पुग्नु भएछ पुर्बी पहाड मा लिम्बु समुदायको बसोबास बाक्लो छ।र त्यो कपुर थान बनाउने उनीहरुको परम्परागत चलन हो पहिले पहिले का बुढा बुढी हरु त झन लिम्बु भाषा मात्रै बोल्थे पर्बते यानी नेपाली भाषा बोल्ने अलिकति कठिन हुन्थ्यो तर आजभोलि शिक्षा को बिकास ले गर्दा सबैजसो बोल्छन् ।

  • @buddhalimbu
    @buddhalimbu 2 роки тому +3

    बिद्या दिदि is always great 😍😍😍 देशको अभिन्न अंग भन्न मन लाग्छ दिदिलाई सम्झिदा।
    र धेरै खुसी लाग्यो आफ्नै लिम्बुको संकृती समेटेर भिडियो बनाउनु भएकोमा । हुन त बास्तबिकता जिवन बाट आत्मा छोड्न मन उमेर भएपछि सायद सबैलाई लाग्दो हो त्यो बोजुको सब्द निकै नै भारी पनि लाग्यो र सत्य यथार्थ पनि लाग्यो😍

  • @tukarampant7929
    @tukarampant7929 2 роки тому +1

    हेर्दा,सुन्दा नै मन सिरिङ्ग हुने अाफ्नाे चिहान अाफै वनाएर चिटिक्क पारेर राखेकाे देख्दा।पल पलमा ,क्षण क्षणमा मर्नुपर्ने सत्य लाई स्मरण गराई राख्ने।यस्तो अकाट्य सत्यलाई हामि माझ पस्कनु हुने विद्याजी लाई धन्यवाद छ।

  • @jmahadevshah2409
    @jmahadevshah2409 2 роки тому +16

    आँखाहरू तेसै रसायो 🥺🥺 !! म त धेरै बाचेर दुःख लाग़्छ 😭😭 !! क़स्तो मुटु मै छुयो हो यो कथा ले 🥺🥺 !!

  • @bhuvankumarshahi1501
    @bhuvankumarshahi1501 2 роки тому +6

    साहेद जीवनको त्यो उत्तरार्ध कस्तो हुनी हो थाहा छैन! तर जति पनि भावना अनि संबेदना छन मनै भावविह्वल बनाए !!
    सत सत नमन बिध्या दिज्जु 🙏🙏

  • @rikhiramsapkota4367
    @rikhiramsapkota4367 2 роки тому +6

    Oscar winning documentary,beautiful ❤️

  • @firstlove360
    @firstlove360 2 роки тому

    सुरुवातमा त कस्तो अनौठो लाग्यो। पछि हेर्दै जाँदा भने केहि मात्रामा भएपनि जिन्दगि बुझे जस्तै लाग्यो। मलामि नपाउने कुरा साह्रै पिडादायी।🥺😶 हामि किराँती लिम्बु हौँ प्रकृति पुजक। भिडियोमा बाजे बोजुहरु जति पनि बोल्नु भयो सबै शव्दहरु गहिरो थियो। हामि सबै घाम जुनको बच्चा हौ। भगवान त एउटै हो। आकाश एउटै छ, ताराहरु धेरै छन।बाजे र बोजुको कुरा कति घत लाग्दा। मृत्युको पर्खाई कति पट्यारलाग्दो हुँदा हुन। हामि बाँचिरहुन जस्तो लाग्ने...... उहाँहरुलाई बाँच्न पुगिसक्यो जस्तो लाग्ने रहेछ। 🥺🥺🥺

  • @balbdrrai9708
    @balbdrrai9708 2 роки тому +17

    लिम्बू बाजे बजुहरुको कपुर थान सम्प्रेषण गर्नु भएको मा सराहनीय धन्यबाद बहिनी।

  • @Dailylife-30
    @Dailylife-30 2 роки тому +40

    बिद्या दिदी सलाम छ हजुर लाई कस्तो मन रोयो 😭😭❣️ सफलता को कामना हजुर लाई

  • @bishandattbhatt1996
    @bishandattbhatt1996 2 роки тому +11

    Ultimate truth is death
    Learnt new thing about Limbu culture making grave before death
    Tq Bidya Didi ❤🙏
    Nepal is multi diversity country.

  • @anjutumbapo5937
    @anjutumbapo5937 2 роки тому +1

    वास्तविक हेर्ने कथा यो हो सबै युटुबे ले सिक्न जरुर छ।

  • @karishmagharti2575
    @karishmagharti2575 2 роки тому +8

    खोज पत्रकारिताको उत्कृष्ट उदाहरण हुन विधा चापांगाइ🙏🏻❤️

  • @sumiwanemvlogs
    @sumiwanemvlogs 2 роки тому +22

    लिम्बु संस्कृति परम्परा सम्बन्धित कुरा हेर्न पाइयो धेरै खुसि लाग्यो।

    • @suryaaveng9817
      @suryaaveng9817 2 роки тому

      Paila tha thiyo ki nai 😂

    • @sumiwanemvlogs
      @sumiwanemvlogs 2 роки тому

      @@suryaaveng9817 thiyena😂

    • @manerajlawati9201
      @manerajlawati9201 2 роки тому

      @@sumiwanemvlogs kasari thaha navako ta harmro letang Tira chai marer matra chihan Ghar banauxa hai

  • @Sarad_shisir
    @Sarad_shisir 2 роки тому +1

    ब्राम्हण हरु कसै कसैले आफ्नो अन्तिम सँकार आफैले गरेको सुनेको थिएँ आज एक कदम अगाडि बढेर लिम्बू बाजे बज्यै हरुले गरेको कार्य देखेँ बडा खुशी लाग्यो जय हो किराँती समुदायको ।

  • @deepakupadhyay1773
    @deepakupadhyay1773 2 роки тому +9

    These videos are too precious they should be captioned for international audiences.

  • @harisanjel
    @harisanjel 2 роки тому +24

    विद्या दिदी र टीम लाई धेरै धेरै धन्यवाद यस्तो मिठो, नौलो अनि मार्मिक कथाहरू पस्किरहनु भएकोमा !

  • @rastalimbu5829
    @rastalimbu5829 2 роки тому +86

    The Young Lady has the most soothing voice.

    • @chandrarai1266
      @chandrarai1266 2 роки тому

      जीवन पछि को मरन अनि मिलन पछि को बिछोद .. जस्ताको तस्तै सुन्दर प्रस्तुती मन छोयो दिदी 🙏🙏😭😭

    • @padamkumarlungeli7448
      @padamkumarlungeli7448 2 роки тому

      ⁷⁷I am 6' ⁷676

  • @extramindedskm5052
    @extramindedskm5052 2 роки тому +1

    यहाँ को भिडियो प्राय म सबै नै हेर्ने गर्छु , खुब मन पर्छ र नया किसिम को ओझेलमा परेका तर विद्वान वरिष्ठ तथा मेहनती महान ब्याक्तित्वहरुको भिडियो हुने गर्छन । इलाम को सुर्योदय नगरपालिका ११ सुन्तले भन्ने गाउमा एक यस्तो ब्यक्ती हुनुहुन्छ , जो आफै मा अपांग हुनुहुन्छ तर यो उमेर सम्म पनि समाज सेवा मै ब्यस्त हुने उहाँ श्री सिताराम रेग्मी को एउटा जीवन कथा बनाइदिए , हामी सबै आभारी हुने थियौ।।।। धन्यवाद

  • @GiriKanchan
    @GiriKanchan 2 роки тому

    यस्तो धर्ती र यी ज्ञानका खानीहरुलाई छाडेर बिदेशिनु पर्ने हाम्रो बिडम्बना हो । हेर्ने कथा टिमले यति नौलो, यति अर्गानिक कथा पस्कनुभएकोमा धन्यवाद ।

  • @Mr_SuHanG
    @Mr_SuHanG 2 роки тому +43

    ओ हो ! आज चाहिँ आफ्नै गाउँको भिडियो हेर्न पाउँदा यो मन अत्यन्तै खुशी लाग्यो धन्यवाद हजुरहरुलाई 🙏🙏

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

    • @lasbaraprehs5818
      @lasbaraprehs5818 2 роки тому

      यसरी नै चिहान हरू बनायो भने पछि यो गाउँनै चिहान मा परिनत हुने रहेछ है हजुर

  • @manojkumarrai8175
    @manojkumarrai8175 2 роки тому +29

    Heart touching, very much pitiable stories of village elders. Anyway appreciation for our "Appa" "Amma they are doing commandable job by eractingl monuments for reminiscent

  • @nirajthapa4787
    @nirajthapa4787 2 роки тому +1

    अहिले सम्मको सर्बाधिक मन परेको कथा ।।

  • @setiganga2418
    @setiganga2418 2 роки тому +2

    कस्तो अनौठो संस्कार मैले त पहिलो पटक देंखे
    नमन बिघ्धा चापागाई सिस🙏

  • @bhagawati12364
    @bhagawati12364 2 роки тому +11

    हेर्ने कथा सार्है मन पर्छ धेरै धेरै धन्यबाद बिद्ध्या म्याम लाई

  • @pngonlinetv9828
    @pngonlinetv9828 2 роки тому +22

    सस्कार र सस्कृती सबैको आफ्नै छ त्यसैले बिदेशी धर्म त्याग गरि आफ्नै पुर्खाको धर्म जगेर्ना गरौ मलाई त यो अनौठो लाग्यो तर उहाहरुको काम प्रसम्सा गर्न लाएक छ्🙏🙏🙏