खं ब्रह्म | आध्यात्मिक गान | Kham Brahma | Hari Manjushree Song 6

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • लेखन तथा सङ्गीत - हरि मञ्जुश्री
    स्वर - हरि मञ्जुश्री र इ. रोशन मञ्जुश्री अधिकारी
    वाद्यसंयोजन - बालकृष्ण सेवाचार्य
    सुपरिवेक्षण - गीतिभास्कर मच्छेश्वर सापकोटा
    ॐ खं ब्रह्म यजुर्वेदको महामन्त्र हो । बृहदारण्यक उपनिषदको पञ्चम अध्यायको प्रथम ब्राह्मणमा यो महामन्त्र आउँछ । यस महामन्त्रले बुझाउन खोजेको कुरालाई आध्यात्मिक गानका रूपमा पहिलोपटक प्रस्तुत गरिएको छ । यसअघि ‘प्रज्ञानं ब्रह्मः’, ‘अयमात्मा ब्रह्मः’ र ‘अहं ब्रह्मास्मि’ नाउँका गान प्रस्तुत भइसकेका छन् । अब ‘तत्त्वमसि’, ‘वयं राष्ट्रे जागृयाम पुरोहिताः’ र ‘माता मे भूमि पुत्रोऽहं पृथिव्याः’ पनि आउनेछन् । ईश्वरको स्तुति गरेर आफूलाई मोक्ष दिन प्रार्थना गरेका भक्तिभावपूर्ण सुन्दर र श्रवणीय भजनहरू सुनिरहेका श्रोतालाई हाम्रा आध्यात्मिक गानहरू अलिकति फरक प्रकृतिका लाग्न सक्छन् । तर हामीले फरक खालकै आध्यात्मिक गानहरू तयार पार्ने प्रयास गरेका हौँ । समुन्नत सभ्यता र सम्पदालाई तहसनहस पार्न खोज्ने, शास्त्रीय र ऐतिहासिक तथ्यलाई गलत ढङ्गले प्रस्तुत गर्ने अनि धर्म, सम्प्रदाय, जाति, लिङ्ग, वर्ण, भौगोलिकता आदिका नाउँमा मानव-मानवबीच विभेद ल्याउने प्रयास भइरहेको देखेपछि चेतनामूलक र ज्ञानवर्धक आध्यात्मिक गानहरूका माध्यमबाट समेत नयाँँ पुस्तालाई आफ्नो मौलिकता र अस्तित्वको चिनारी गराइदिन र समाजलाई सकारात्मक दिशातिर लैजान सकिन्छ भन्ने सोचले यस्ता गानहरू तयार पारिएको हो । यी गानहरू सुनेर सुझाव दिन र ‘सेयर’ गरेर अरूले पनि सुन्ने व्यवस्था गरिदिन हार्दिक अनुरोध छ ।

КОМЕНТАРІ •