अब्राहम लिंकनको कालजयी चिठ्ठी | Inspirational Thoughts of Abraham Lincoln

Поділитися
Вставка
  • Опубліковано 14 кві 2021
  • What are some quotations on Abraham Lincoln letter to his son's teacher?
    Abraham Lincoln letter to his son's teacher ? The best practical motivational video
    Teach him there is no shame in tears; Teach him to scoff at cynics and to beware of too much sweetness ... Teach him to sell his brawn and brain to the highest bidders but never to put a price-tag on his heart and soul. Teach him to close his ears to a howling mob and to stand and fight if he thinks he's right.
    #Abrahmlincon
    अब्राहम लिंकनले आफ्नो छोरा अध्ययनरत विद्यालयका प्रधानाध्यापकलाई लेखेको कालजयी चिट्ठी
    श्रीमान् प्रधानाध्यापक,
    मेरो छोरोले सबै मानिस एकै किसिमका हुदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुस्ट मानिस पनि छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन्।
    त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन्। यो कुरा बुझाउन त समय लाग्ला नै। तैपनि उसलाई परिश्रम गरी कमाएको एक रुपया सित्तैमा पाएको पाँच रुपयाभन्दा बढी मूल्यवान हुन्छ भन्ने कुरा बताइदिनुहोस्।
    उसले विजय र पराजय भनेको के हो, राम्ररी बुझोस्। त्यस्तै ईर्ष्याले युक्त भएको हाँसोको भित्री मर्म बुझोस्। उसलाई आकाशमा उडिरहेका चराहरू, घामाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरू र पहाडी काखमा फुलेका फूलहरुको शाश्वत रहस्य बुझ्न केहि समय दिनुहोस्।
    मेरो छोरो जतातिर हूल छ, त्यति तिर लाग्ने प्रवृतिको नहोस्। सुनेको कुरालाई राम्रै छुट्याउन सक्ने होओस्। दुस्ख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस्।
    उसलाई कहिले काँही आँखाबाट आँसु झर्नु लाजमर्दो कुरो होइन भनिदिनुहोस्। ऊ आफ्नो बाहुबल, बुद्धि र सामर्थ्यमा विस्वास गरोस्। यदि उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि दृढतापुर्वक लागिपरोस्। ऊभित्र सत्य र न्याय प्राप्तिका लागि संघर्ष गर्न साहस र दृढशक्तिको विकास गरिदिनुहोस्। ऊसँग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकोमा टेक्ने गरी चाहिँ होइन।
    सम्झनुहोस्, आगाको लप्काबाटै फलाम खारिन्छ। ऊ भित्र सहस र सधै केहि गरौँ भन्ने भावना भइरहोस्। मेरो छोरो स्वयं निर्भीक साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान हुन सक्छ। धन्यवाद
    तपाईको अब्राहम लिंकन, ह्वाइट हाउस, वासिंगटन।
    #AbhramLincon

КОМЕНТАРІ • 7