Mero Jindagi (Music Track) Anita Rai || Nabin Sangharsa || Bisusa Rai

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • गीत: मेराे जिन्दगी
    शब्द: अनिता राई
    सङ्गीत: नवीन सङ्घर्ष
    स्वर: विनुसा राई
    सङ्गीत संयाेजन: मनाेज साङसाेन राई
    रेकर्डिष्ट: सुरेश राई र मनाेज साङसाेन राई
    स्टुडियो : किङ
    गीत :
    जून जस्तै चम्कीरहूँ भन्थें
    फूल जस्तै फुलीरहूँ भन्थें
    नचम्की, नफुली जिन्दगी यो
    अस्ताई, ओईलाई गएछ
    हो ss यो मेरो जिन्दगी ।
    जीवन सजाउँछु भनेर,
    मायामा सम्झौता गरेथें
    दु:ख र सुख आधाआधी,
    संगै काटौंला सोचेथें
    जीवनसाथी टाढा-टाढा भयोss ss
    म देखि धेरै टाढा, धेरै नै टाढा
    नदी झैं बगिरहूँ भन्थें
    वतास झैं वहीरहूँ भन्थें
    नबगी, नवही जिन्दगी यो
    सुकाई-सुसाई गएछ
    हो ss यो मेरो जिन्दगी ।
    मायामा साथ नपाए नि
    जीवनको बाटो कोरिरहेछु
    बाधा र अड्चन पन्छाउँदै,
    रङ्गीन संसार खोजिरहेछु
    जीवन आखिर सङ्घर्ष होss ss
    सधै नै सङ्घर्ष, सधै नै सङ्घर्ष
    सृष्टी झैं चलिरहूँ भन्थें
    दृ्ष्टी झैं बलिरहूँ भन्थें
    नचली,नबली जीन्दगी यो
    अधुरो-अपुरो भएछ
    हो ss यो मेरो जिन्दगी ।
    © ( २०७७ असार-१ ,सोमबार )

КОМЕНТАРІ • 4