सरकारले कृषि विषादीमा लगाएको मूल्य अभिवृद्घ करको खारेजीको माग || Agri Problem in Nepal || AgriGirl

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • विषादीमा भ्याट र मुल्य वृद्धि गरेकोमा विषादी व्यवसायी संघ नेपाल, बिरोध तथा बन्दको कार्यक्रममा
    विषादी व्यवसायी संघ नेपालले कृषि बालीनालीमा प्रयोग हुने विषादीमा लाग्ने मुल्य अभिवृद्धि कर र अन्य वृद्धि गरिएको शुल्कको विरोध स्वरुप बन्द र विरोध कार्यक्रम आयोजना गरेको छ । नेपाल सरकारको तर्फवाट आर्थिक वर्ष ०८१/८२ को लागि मिति २०८१/०२/१५ गते प्रस्तुत वजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरुमा मुल्य अभिवृद्धि कर भ्याट लागु गरिएको र यस संघले सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री, कृषि मन्त्री लगायत विशिस्ट व्यक्तिहरुलाई भेटी कृषि बालीमा प्रयोग हुने विषादी लगायत कृषि बस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर भ्याट हटाइदिन "विन्ति पत्र" दिएर अनुरोध गर्दा उहांहरुबाट सकारात्मक जवाफ पाएको तर मिति २०८१/०३/११ गते सम्माननीय प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट २०८१/०२/१५ गते प्रस्तुत बजेटलाई नै सोहि निर्णय पास गरेको साथै जीवनाशक विषादी ऐन २०७६ अन्तंगत हालै मन्त्रीपरीषद बाट पास गरिएको जीवनाशक विषादी नियमावलीमा विषादी पञ्जिकरण शुल्कमा पाँचसय प्रतिशतदेखि एक हजार प्रतिशतसम्म प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एकलौटी रुपमा निर्णय गरी शुल्क वृद्धि गर्ने कार्य गरेकोले बाध्य भएर बिरोधका कार्यक्रम आयोजना गर्नुपरेको नेपाल बिषादि व्यवसायी संघले जनाएको हो ।
    #thekamanatalks #agristudent #agriinfo #agrinepal #agribusiness #youtube

КОМЕНТАРІ • 1