‘ओलीले धोका दिन्छन् भन्ने बुझेछन् र छोराछोरीले मेरो मार्ग बदलिदिए’।। दुर्गा प्रसाईं ।।

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • ‘दुर्गा प्रसाईं’ यो नाम अब गाउँघरका साधारण मानिसले समेत चिनेको नाम बनेको छ । झापाको बिर्तामोडमा सामान्य किसान परिवारमा जन्मेहुर्केका दुर्गा पशुपालनलाई आर्थिक उपार्जनको पेशा बनाउँदै अघि बढेका व्यक्ति थिए । कृषिपछि अरु विभिन्न पेशामा फड्को मार्दै कहिले काठमाडौं र फेरि बिर्तामोड गर्दैगर्दा उनी जीवनमा पढेको कठोर पाठले प्रेरित भएर मेडिकल व्यवसायमा संलग्न भएपछि चर्चामा आए ।
    आफैं क्यान्सर रोगसँग संघर्ष गरेका दुर्गाले त्यही रोगको उपचार गर्न सुविधासम्पन्न अस्पताल पनि सञ्चालन गर्न सफल भए । बीएण्डसी अस्पताल त चलिसकेकै थियो ।
    पछि अस्पतालमा शिक्षण संकाय पनि थप्न चाहँदा आईपरेका अवरोधहरु र सहयोग गरेका नेताले दिएको धोका र कैयौं हण्डरले दुर्गालाई विद्रोही बन्न वाध्य तुल्यायो । जब उनले ऋण तिर्न नसेपछि रुखमा झुण्डिन विवश युवायुवती र संसद भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न वाध्य युवकको पीडा नजिकबाट पढ्न पाए । अनि अस्पताल सहितका सबै कारोबार पुत्र र परिवारका अरु सदस्यको हातमा सुम्पिएर विद्रोहको राँको बोकेर व्यवस्था नै बदल्ने भारी उदेश्य सहित अभियन्ताको रुपमा प्रकट भएका छन् । उनै दुर्गासँग जीवनमा उनले भोगेका अनेक घटना र अवरोध तथा सरकारी सन्यन्त्रको दुरुपयोग गर्दै देशमाथि नै अन्याय गरिरहेका केही मानिसहरुबारे उनको अनुभवबारे लामो सम्वाद गरेका छौं ।
    दृश्य टिभीको सम्वाद श्रृंखलामा दुर्गा प्रसाईंसँगको लामो कुराकानीको पहिलो अंश यहाँ प्रस्तुत । अर्को अंश चाँडै आउने नै छ ।
    #durga prasain
    #interview
    #trending
    #sambad
    #talk show
    #drishya tv

КОМЕНТАРІ • 4

  • @nabinban6491
    @nabinban6491 2 дні тому

    yea i know durga g has given a v good culture
    to his family well done

  • @RajkumarTamang-bg8dd
    @RajkumarTamang-bg8dd День тому

    Good Durga sir ❤❤❤❤

  • @KhemWallingrai
    @KhemWallingrai День тому

    भाबि प्रम दुर्गा दाईलाई सलाम

  • @nabinban6491
    @nabinban6491 2 дні тому

    this is the best heart touching interview of durga dai ever .