DRAGON FRUIT IN NUWAKOT- विदुर ९ नुवाकोटमा पहिलो पटक अर्गानीक ड्रागन फल उत्पादन

Поділитися
Вставка
  • Опубліковано 14 лис 2024
  • परिचय :
    यो एक प्रकारको सिउडी (Hylocereus undatus (Pitahaya) is a species of Cactaceae) प्रजातिको विरुवा हो । यसलाई पितया(उष्तबजबथब०को नामले पनि चिनिन्छ । यस्को वैज्ञानिक नाम Hylocereus undatus हो । यस्को स्तम्भ(-stem_) कमजोर भएकोले सपोर्टको आवश्यकता पर्दछ । यस्को लहरा(tendril) ड्रागनको जिब्रो जस्तो हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो । यस्को फल यसो हेर्दा प्याजको गानो जस्तो एक दुई पत्र भएको वोक्रा भित्रको गुदि वास्नादार रातो तथा कुनै कुनै जातको भने सेतो, वैजनी तथा पहेलो गुदि हुन्छ ।
    यस्को फलको स्वाद गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ । स्वादका पारखिहरुले सिउडी(ड्रागन) फललाई भगवानले दिएको उपहार पनि भन्दछन् । फलको तौल २०० ग्राम देखि १.२ के.जी.सम्मको हुन्छ । यस्को खेति खास गरिकन थाईल्याण्ड, चाईना, भियतनाम, इन्डोनेसिया, ताईवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुक(कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेटिना) आदिमा गर्ने गरेको पाईन्छ । यस्को फूल रातमा फक्रने भएकोले यसलाई रातकी रानीqueen of the night or, lady of the night or moon flower) पनि भनिन्छ । यस्को विरुवा एक पटक लगाए पछि १५-२० वर्ष सम्म उत्पादन दिन सक्दछ ।
    मध्य तथा दक्षिण अमेरिकाको आद्रतायुक्त उष्ण प्रदेशिय क्षेत्र यस्को उद्यगम स्थल मानिन्छ । जापानको ओकिनावा प्रिफेक्चरमा सहकारी तालिमको शिलसिलामा अध्ययन भ्रमणमा सहभागि हुदा त्यस क्षेत्रका कृषकहरुले ग्रिनहाउस भित्र र खुला क्षेत्रमा समेत यस्को खेति व्यापक रुपमा गरेको पाईयो । त्यस क्षेत्रमा सन् १९८० को दशकवाट यस्को खेति गरिदै आएको पाईन्छ । त्यहाको किसानको लागि यो राम्रो आम्दानीको श्रोत मानिन्छ । उचाई, तापक्रम, माटो तथा हावापानीको आधारमा हेर्दा नेपालको पुर्वि तथा मध्य तराइ क्षेत्रमा यस्को खेति संभावना देखिन्छ । नेपालको तराई क्षेत्रमा सिउडी प्रजातिको विरुवा हुर्के बढेको हामीले देखेका छौ ।
    ड्रागन फलको महत्व (Important of dragon fruit) M
    - सर्वगुण भएर नै होला सायद यसलाई ईशवरीय फल मानिएको । यस्को सेवनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मदत गर्दछ -antioxidants” and “it’s thought to help protect against stress-related disorders_
    - यस्को नियमित सेवनले शरिरमा रहेको विशाक्त तत्वलाई हटाउछ-Neutralizing toxic substances) । साथै रगतमा भएको उच्च कोलेस्टोरल घटाउनुको साथै उच्च रक्तचापलाई घटाउन मदत गर्दछ ।
    - दम तथा कफका रोगिलाई फाइदाजनक मानिन्छ (Improve the general immune system) ।
    - भिटामिन सि, प्रशस्त मात्रामा पाउने हुदा अनुहारको छाला सुन्दर बनाउनुको साथै चोटपटक लागेर काटेको तन्तुलाई छिटो बढन् मदत गर्नुको साथै रोग प्रतिरोधि शक्ति बढाउन सहयोग गर्दछ९क्ष्mउचयखभ तजभ नभलभचब िष्mmगलभ कथकतझ० ।
    - यस्को फलमा भिटामिन वि वान, वि टु, वि थ्रि पाउनुको साथै वहुभिटामिनको श्रोत मानिन्छ र भोक जगाउन सहयोग गर्दछ(Act as multi vitamin and help in recovring and improving loss of appetite) ।
    - यस्को सेवनले आखाको तेज बढ्नुको साथै शरिरलाई तनावमुक्त बनाउछ (improve eyesight and prevents hypertension) ।
    - यस्मा प्रशस्त मात्रामा क्याल्सियम, फोसफोरस पाईन्छ । यस्को नियमित सेवनले शरिरको हड्डी तथा दाँत बलियो बनाउनुको साथै तन्तुहरुको विकासमा मदत गर्दछ ।
    - यस्को नियमित सेवनले शरिरको तौल घटाउनुको साथै शरिरलाई शन्तुलित बनाई राख्न मदत गर्दछ । रगतमा ग्लुकोजको मात्रा घटाउनुको साथै मधुमेह-२ कम गर्दछ ।
    - यसलाई फलको रुपमा, तरकारीको रुपमा, फूलको रुपमा, स्वास्थ्यवद्र्धक, औषधिजन्य तथा पैसाले किन्न नसकिने सम्पदाको रुपमा लिईन्छ ।
    एक कप वा १०० ग्राम ड्रागन फलमा पाईने तत्वहरु :
    उपलब्ध तत्वहरु उपलब्ध मात्रा
    पानी ८२.५ - ८३ ग्राम
    प्रोटिन ०.१५९- ०.२२९
    खरानी ०.२८
    चिल्लो पदार्थ ०.२१- ०.६१
    रेसा ०.७- ०.९
    क्यारोटिन ०.००५- ०.०१२
    क्याल्सियम ६.३- ८.८
    फोसफोरस ३०.२ - ३६.१
    फलाम ०.५५- ०.६५
    भिटामिन बि वान ०.२८-०.४३
    भिटामिन बि टु ०.०४३-०.०४५
    भिटामिन बि थ्रि ०.२९७ -०.४३
    भिटामिन सि ८-९
    थायमिन ०.२८ - ०.३०
    राईवोपmलेविन ०.०४३ - ०.०४४
    नियसिन १.२९७ - १.३
    अन्य ०.५४- ०.६८

КОМЕНТАРІ •