आमाको दुधको धाराले रोकेको दुई राजाको युद्ध । RAINASKOT GADI । LAMJUNG-GORKHA

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024
  • लमजुङको सदरमुकाम बेंसीशहरबाट करिब ५० कि.मी. पूर्वमा अवस्थित छ ऐतिहासिक राईनासकोट (रागिनास) गढी ।
    लमजुङ दरबारसँग सम्बन्ध जोडिएको यो गढी पूर्वी लमजुङको सुरक्षार्थ बनाईएको उल्लेख छ । अहिले यो गढी भग्नावशेषको अवस्थामा छ ।
    यस वरपर कोटेश्वर शिवालय, कालिका, गोरखनाख, चण्डी, भँगेरी, थानी, सिद्धको स्थान, भूमेस्थान जस्ता मन्दिर छन भने त्यहाँ गुम्बाहरु पनि छन् ।
    प्राचीनकालमा यहाँ राई जातिको बसोबास रहेकाले यस क्षेत्रकोे नाम राईनासकोट रहेको विश्वास छ ।
    गोरखाबाट आउने सैनिकको प्रतिवाद गर्न, न्याय प्रशासन, व्यापार र अध्यागमन अनुगमन गर्न यहाँ प्रशासक राखिन्थ्यो ।
    राजा यशोब्रम्ह शाहले जेठो छोरा नरहरिलाई भविष्यको राजाका रुपमा हेरि कान्छा द्रव्य शाहलाई यो गढीका प्रशासक बनाएका थिए ।
    १७औँ शताब्दीमा राईनासकोटमा दरबार खडा गरी शाहवंशीय राजाहरूले राज्य गरेका थिए ।
    द्रव्य शाह लिगलिगकोटका राजा भएपछि सरदार भक्ति थापाको नेतृत्वमा गोर्खाली फौजले लमजुङ र राइनासकोट किल्लाको रक्षा गरेका थिए ।
    नेपाल एकीकरण पूर्व लमजुङका राजा नरहरि र गोरखाका राजा द्रब्य शाहबीच राज्य हडप्न बेला-बेलामा लडाइँ भएको इतिहासमा उल्लेख छ ।
    दाजुभाईको झगडा मिलाउन उनीहरुकी आमा बसन्तदेवीले चेपे नदीमा दशधारा दूध बगाई नदी वारपार नगर्न सीमा तोकिदिएकी थिइन् ।
    बि.सं.१८३९ असोज १८ गते एकीकरणको सिलसिलामा गोर्खाली फौजले यस कोटमाथि हमला गरी विजय हासिल गरेको थियो ।
    गढीको सरदार भक्ति थापा लमजुङको सेनानायक भई लड्दालड्दै गोर्खाली फौजले कैदी बनाएको थियो ।
    जैथकमा अंग्रेजसँगको युद्धमा भक्ति थापाले वीरगति प्राप्त गरेका थिए ।
    Follow Us:
    FACEBOOK : @saraldrishya
    / saraldrishya

КОМЕНТАРІ •