पूर्वीय साहित्य सिद्धान्त रीतिवाद

Поділитися
Вставка
  • Опубліковано 27 лип 2020
  • रीतिवाद
    पूर्वीय साहित्यशास्त्रीय चिन्तनको परम्परामा एउटा महत्वपूर्ण साहित्यिक वाद वा विचारको रुपमा आठौँ शताब्दीमा स्थापित मान्यता
    यसका प्रवर्तक आचार्य वामन
    रीति शब्द रीङ् गतौ धातुबाट बनेको मानिन्छ
    ,कविता काव्य वा साहित्य रचनाको मार्ग वा पद्धतिलाई सामान्यतया रीति भन्ने चलन रहेको ,विशिष्ट किसिमको पद रचना वा शब्द विन्यासलाई रीति शब्दले जनाउने गरेको,कनै श्रष्टा वा कविले सामान्य वा साधारण भावको प्रकाशनका लागि विशिष्ट पद पदावलीको रचना गर्ने तर कनै कविले विशिष्ट वा असाधारण भावको प्रकाशनका लागि सामान्य पदपदावलीको रचना गर्ने ,कोही श्रष्टा परम्परागत पदरचना गर्ने , कोही श्रष्टा परम्परागत पदरचना भन्दा भिन्न किसिमका नवीन पदरचनामा लागेका देखिन्छन् । कवि वा साहित्यकारका यिनै पदरचनासम्बन्धी विशिष्टतालाई सामन्य अर्थमा रीति भनिएको पाइन्छ ।
    रीति शब्दको सर्वप्रथम प्रयोक्ता आठौँ शताब्दीका आचार्य वामन र यस वादका प्रवर्तक आचार्य पनि हन,
    रीतिको चर्चा इ.पू. प्रथम शताब्दीका भरतमनिदेखि सत्रौँ शताब्दीका पं. जगन्नाथसम्म भएको पाइन्छ ।भरतमनिले नाट्यशास्त्रमा प्रवृत्तिको चर्चा गर्दा भाषिक प्रवृत्तिको पनि चर्चा गर्दा यसको बीजारोपण भएको मानिन्छ ,छैटौँ शताब्दीका भामहले पदरचनाको अर्थमा मार्ग शब्दको प्रयोग गरेका ,वैदर्भी र गौडीमा विभाजन गरी चर्चा गरेका , वास्तवमा भामहबाट नै रीतिवादको चर्चा भएको ,सातौँ शताब्दीका वाणभट्टे कनै नाम नदिइ भाषिक प्रयोगको सिलसिलामा रीतिवादी चर्चा गरेका ,आचार्य दण्डिले मार्ग नाम दिई रीतिको विशद् चर्चा गनका साथै वामनका निम्ति आधार तयार गरिदिएका ,
    रीति सम्बन्धी धारण वा विचारहरु
    वैदर्भ आदि लेखन पन्थलाई नै मार्ग भन्दछन,यसै मार्गलाई रीति शब्दले पकार्दछन,-राजा भोज
    रीति काव्यको आत्मा हो ,विशिष्ट पदरचना रीति हो ,विशिष्ट भनेको गणात्मकता वा गणात्मा हन हो ।काव्यशोभाकारक धर्म गण हन,- वामन
    पदसंघटना रीति हो गणाश्रित र रसव्यञ्जक शब्दगम्फन नै रीति हो -आनन्दवद्र्धन
    रीति वचन विन्यासको एक श्रृङ्खला वा सिलसिला हो -राजशेखर
    रीति मार्ग हो र त्यो कवि प्रस्थानको हेतु हो -कन्तक
    पदहरुको मेल वा संघटना रीति हो ,त्यो अवयवहरुको संगठन जस्तै हन्छ र त्यसले रस आदिको उपकार गर्छ ।-विश्वनाथ
    मान्यता
    रीति काव्यको आत्मा हो ।
    विशिष्ट पदरचना रीति हो ।
    विशिष्टको तात्पर्य रीति गुणात्मक हुन्छ भन्नु हो ।
    काव्य शोभाका कारक जनक गुण हुन्।
    गुण विशिष्ट काव्य शोभालाई बढाउने तत्व अलंकार हुन् ।
    काव्य अलंकारले गर्दा ग्राह्य हुन्छ । सौन्दर्य नै अलंकार हो ।
    अलंकारको एक अर्थ सौन्दर्य हो र अर्काे थर्अ यमक ,उपमा,आदि सौन्दर्यवद्र्धक तत्व हो
    रीतिवादी आचार्य वामनले काव्यमा रीतिको सत्तालाई निकै महत्वपूर्ण मानेको देखिन्छ । उनले आफ्नो रीतिवादी स्थापनाको आलोकमा काव्य वा साहित्यको मूल्यनिरुपण गर्न खोजे पनि अन्य आचार्यहरुको समर्थनको अभावमा यिनको मान्यता कमजोर सावित भएको देखिन्छ। हुनत उनको रीतिवादी मान्यता आफैमा अन्तर्विरोधात्मक रहेको देखिन्छ । उनले विरोधाभासपूर्ण विचार अघि सारेका छन् । रीति काव्यको आत्मा हो ,रीति गुणात्मा हुन्छ,काव्य शोभाकारक जनक गुण हुन, काव्य अलङकारले गर्दा ग्राह्य हुन्छ भन्ने विचारमा काव्यको आत्मा के हो वा केलाई मान्न खोजेको हो भन्ने प्रस्ट नभई अस्पष्ट र विरोधाभासयुक्त देखिन्छ अत यिनको रीतिवादी स्थापना कमजोर बनेको छ । अझ आनन्दवद्र्धनको रीति विषयक धारणाले त रीतिलाई बाह्य काव्य तत्वमा सीमित गरिदिएको र रसव्यञ्जक शब्दगुम्फनलाई रीतिको मान्यता दिएर काव्यत्मा सम्बन्धी रीतिवादी चिन्तनको महल कमजोर बनाइदिएका छन् र रीतिलाई बाहिरी काव्यतत्वमा सीमित गरिदिएका छन् ।
    आचार्य भरतमनिको पालाबाट नै रीतिवादी चिन्तनको बीजारोपण भएको र काव्य वा
    साहित्यको भाषिक वैशिष्ट्यका सन्दर्भमा पनि चर्चा परिचर्चाको श्रृंखला चलेको देखिएको र
    खास गरी स्थान भेदको कारणले काव्य वा साहित्यमा देखिएको भाषिक विशेषताको तिका प्रकार
    वैदर्भी
    मधुर सुकोमल वर्ण श्रृङ्गार करुण शान्त रसमा ,सन्दा र पढ्दा आनन्द आउने
    अति सु न्दर मानव जीवन यो .
    .अझ सुन्दर पार्नु कसो गरी हो
    गरी काव्य सुधा रसपान अरे
    गर मानव जीवन सार्थक रे
    गौडी कठोर वर्ण , रकार डकार ढकार, रेफ समासय‘क्त
    .... जुँघा दार सवार भीषण .........................................
    पाञ्चाली
    निशाको त्यो कालो तम ..........................
    लाटी
    एक नै पटक फुल्छ गुलाफ .....................
    आधारमा रीतिको भेदको चर्चा गरेको देखिन्छ । तत्कालीन भारतका विभिन्न प्रदेशमा प्रचलित विभिन्न शैलीको आधारमा विभिन्न आचार्य विद्वान्हरुले फरक फरक रीतिको चर्चा गरेको पाइए पनि आचार्य वामनले तिनवटा रीतिको माान्यता दिएका छन् र पछि रुद्रट र विश्वनाथले लाटी रीतिको स्थापना गरी जम्मा चारवटा मानेको अवस्था पाइन्छ ।

КОМЕНТАРІ •