Mero Jindagi ( जून जस्तै चम्किरहुँ ) - Binusha Rai || Anita Rai || Nabin Sangharsa

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • Song:
    Mero Jindagi ( जून जस्तै चम्किरहुँ )
    Vocal:
    Binusha Rai
    Lyrics:
    Anita Rai
    Music:
    Nabin Sangharsa
    Music Arrangement:
    Manoj Sangson Rai
    Recordist:
    Suresh Rai
    Studio:
    Studio King
    गीत
    जून जस्तै चम्कीरहूँ भन्थें
    फूल जस्तै फुलीरहूँ भन्थें
    नचम्की, नफुली जिन्दगी यो
    अस्ताई, ओईलाई गएछ
    हो.. यो मेरो जिन्दगी ।
    जीवन सजाउँछु भनेर,
    मायामा सम्झौता गरेंथें
    दु:ख र सुख आधाआधी,
    संगै काटौंला सोचेंथें
    जीवनसाथी टाढा-टाढा भयो
    म देखि धेरै टाढा, धेरै नैं टाढा
    नदी झैं बगिरहूँ भन्थें
    वतास झैं वहीरहूँ भन्थें
    नबगी, नवही जिन्दगी यो
    सुकाई-सुसाई गएछ
    हो .. यो मेरो जिन्दगी ।
    मायामा साथ नपाए नि
    जीवनको बाटो कोरिरहेछु
    बाधा र अड्चन पन्छाउँदै,
    रङ्गीन संसार खोजिरहेछु
    जीवन आखिर सङ्घर्ष हो
    सधै नै सङ्घर्ष, सधै नै सङ्घर्ष
    सृष्टी झैं चलिरहूँ भन्थें
    दृ्ष्टी झैं बलिरहूँ भन्थें
    नचली,नबली जीन्दगी यो
    अधुरो-अपुरो भएछ
    हो .. यो मेरो जिन्दगी ।

КОМЕНТАРІ • 4