सविधान, संविधान भनेको के हो ? संविधानको अर्थ परिभाषा समेत समावेश भएको

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • संविधान
    संविधानको अर्थ र अवधारणा
    संविधान भन्नाले के बुझिन्छ ?
    संविधानलाई कसरी परिभाषित गरिएको छ ?
    संविधान भनेको के हो ?
    असल संविधानमा विशेषताहरू के-के हुन् ?
    संविधानको अर्थ र अवधारणा
    संविधान सब्द अङ्ग्रेजी कन्स्टिच्युसन (Constitution) शब्दको नेपाली रुपान्तर हो । Constitution शब्द ल्याटिन (Latin) भाषाको कन्स्टिच्युरे (Constiture) शब्दबाट आएको हो जसको मतलव स्थापित गर्नु (which means to establish) भन्ने हुन्छ । भन्नुको मतलव संविधानले कुनै पनि राज्यको शासन सञ्चालन गर्न एउटा निश्चित व्यवस्था गर्दछ ।
    सामान्य अर्थमा संविधानलाई राज्यको संरचना र राज्यको अङ्गहरूको काम कर्तव्य र अधिकारलाई परिभाषित गरिएको दस्तावेजको रुपमा बुझिन्छ । राज्य एउटा राजनीतिक संगठन भएकोले राज्यको सञ्चालन संविधान विना संम्भव छैन । कुनै पनि प्रकारका राज्यको लागि संविधान नभै नहुने आवश्यक तत्व हो ।
    लिखित संविधानको परम्परा अपनाउने राज्यमा संविधानलाई एउटा ढाँचामा राखिएको हुन्छ । विश्वका अधिकांश देशहरुमा लिखित संविधान व्यवस्था छ । तर केही मुलुकहरू संयुक्त अधिराज्य, इजरायल र न्युजिल्याण्डमा अलिखित संविधानको परम्परालाई पनि अँगालेको पाईन्छ ।
    संविधान भन्नाले के बुझिन्छ ?
    वर्तमान युगमा संविधानलाई एउटा जीवन्त र गतीशील बनावट (Living Dynamic Organism) का रुपमा लिइन्छ ।
    संविधान राज्य सञ्चालनको निर्देशिकामात्र नभएर नागरिक जीवन र राजनीतिक प्रणालीलाई दिशानिर्देश गर्ने एउटा राजनीतिक र कानूनी प्रकृतिको (Politico-Legal Document) महत्वपूर्ण दस्तावेज हो ।
    संविधानले जनताको अधिकार र सरकारको शक्ति किटान गर्नुका साथै सरकारको अधिकारमा सीमा लगाउने उदेश्य राखेको हुन्छ ।
    राज्य सञ्चालनको लागि आवश्यक पर्ने विभिन्न निकायहरूको गठन तथा तीनको कार्यक्षेत्र किटान गर्ने र त्यस्ता निकायहरूमा काम गर्ने सार्वजनिक अधिकारीहरूको अधिकार तथा कर्तव्य तोक्ने काम पनि संविधानले नै गर्दछ ।
    संविधानकै आधारमा सबै ऐन नियमहरूको निर्माण भईरहेको हुन्छ भने कानून, सरकार र यसका अंगहरूले वैधानिकता पनि संविधानबाटै पाएका हुन्छन् ।
    संविधानको परीभषा
    KC Wheare का अनुसार संकीर्ण अर्थमा संविधानको परिभाषा गर्ने हो भने कानूनसम्मत नियमहरूको सँगालो (Collection of legal rules) हो भन्ने बुझिन्छ ।
    आइभर जेन्निङ्ग (Sir Ivor Jennings) का अनुसार देशको संविधान त्यस्तो दस्तावेजलाई भन्दछन् जसमा सरकारका प्रमुख अँगहरूको गठन, अधिकार र कार्य-प्रणाली साथै ती अङ्गहरू र नागरिकहरू बीचको सम्बन्धलाई संचालित गर्ने नियम तथा सिद्धान्तहरू उल्लेख गरिएको हुन्छ ।
    Henry Cambell ले संविधानलाई आफ्नो Black’s Law Dictionary मा यसरी परिभाषित गरेका छनः संविधान भनेको कुनै राष्ट्र वा राज्यको विशेषता र विचारको स्थापना गरी आफ्नो आन्तरिक व्यवस्थापनको सुनिश्चित गर्ने आधारभूत सिद्धान्तहरूको व्यवस्था गरिएको लिखित वा अलिखित मौलिक र सुव्यवस्थित कानून हो जसले सरकारको संगठन, यसका विभिन्न अङ्गहरूको कार्य विभाजन, सिमांकन र नियन्त्रण गर्नुका साथै सार्वभौम शक्तिको हद र सो शक्ति प्रयोग गर्ने तरिका समेत निर्धारण गर्दछ ।
    संविधान भनेको के हो ?
    संविधान राष्ट्रको जीवन हो, संविधान एउटा आलेख (Document) हो ।
    यसले शासन व्यवस्थालाई मार्गदर्शन गर्दछ । सरकारको लागि निर्देशिका हो ।
    यसलाई राजनैतिक तथा कानूनी दस्तावेज भनिन्छ । राज्य सञ्चालन गर्ने सहमतीको दस्तावेज हो ।
    संविधान राजनैतिक शक्तिद्वारा राजनैतिक प्रक्रिया अपनाएर निर्माण गरिन्छ ।
    यो कानूनको शृङखलामा सर्वोच्च स्थानमा रहन्छ; यो राज्यको सर्वोच्च कानून (Supreme Law) पनि हो ।
    संविधानले शासन व्यवस्था सञ्चालन गर्ने राज्यका प्रमुख अंङ्गहरूको सिर्जना गर्दछ र तिनको सम्बन्ध निर्धारण गर्दछ । यसैको आधारमा सरकारका तीनै अङ्गहरू सञ्चालन हुन्छन् ।
    ती अंङ्गमा रहने पदाधीकारीको योग्यता र अयोग्यता निर्धारण गर्दछ; काम, कर्तव्य र अधिकारको परिभाषा गर्दछ ।
    यसद्वारा सरकारका विभिन्न अङ्गहरूबीच शक्तिको विभाजन हुन्छ ।
    संविधान भनेको के हो ?
    संविधान राष्ट्रको जीवन हो, संविधान एउटा आलेख (Document) हो ।
    यसले शासन व्यवस्थालाई मार्गदर्शन गर्दछ । सरकारको लागि निर्देशिका हो ।
    यसलाई राजनैतिक तथा कानूनी दस्तावेज भनिन्छ । राज्य सञ्चालन गर्ने सहमतीको दस्तावेज हो ।
    संविधान राजनैतिक शक्तिद्वारा राजनैतिक प्रक्रिया अपनाएर निर्माण गरिन्छ ।
    यो कानूनको शृङखलामा सर्वोच्च स्थानमा रहन्छ; यो राज्यको सर्वोच्च कानून (Supreme Law) पनि हो ।
    संविधानले शासन व्यवस्था सञ्चालन गर्ने राज्यका प्रमुख अंङ्गहरूको सिर्जना गर्दछ र तिनको सम्बन्ध निर्धारण गर्दछ । यसैको आधारमा सरकारका तीनै अङ्गहरू सञ्चालन हुन्छन् ।
    ती अंङ्गमा रहने पदाधीकारीको योग्यता र अयोग्यता निर्धारण गर्दछ; काम, कर्तव्य र अधिकारको परिभाषा गर्दछ ।
    यसद्वारा सरकारका विभिन्न अङ्गहरूबीच शक्तिको विभाजन हुन्छ ।
    सरकारलाई शक्ति प्रदान गर्ने र शक्तिमाथि नियन्त्रण लगाउने कानूनी हतियार हो ।
    नागरिक हक अधिकारको बडापत्र हो ।
    राज्यको स्वरुप निर्धारण गर्ने लिखत हो ।
    यथार्थमा संविधानले नागरिक र सरकारका बीचको सम्बन्ध परिभाषित गर्दछ । राज्यका अङ्गहरूबीचको अन्तरसम्बन्ध परिभाषित गर्दछ ।
    संविधानले परिभाषित गरेको यही सम्बन्धको आधारमा मुलुकको शासन व्यवस्था सञ्चालन हुने भएकोले संविधानलाई देशको मूल कानून (Fundamental Law or Supreme Law of Land) भनिन्छ ।
    असल संविधानमा विशेषताहरू के-के हुन् ?
    स्पष्टता (Clarity)
    सङ्क्षिप्तता (Brevity)
    व्यापकता (Comprehensiveness)
    लिखित संविधान (Written Constitution)
    लचिलोपना (Flexible)
    मौलिक अधिकारको घोष्णा (Declaration of Fundamental Rights)
    स्वतन्त न्यायपालिका (Independence of Judiciary)
    About Constitution in English please visit on • What is Constitution? ...
    #Awasar #संविधान #संविधानको_परिभाषा

КОМЕНТАРІ • 18