कानुन भनेको के हो ? कानूनको अवधारणा, अर्थ, परिभाषा, विशेषता र आवश्यकता समेत

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • कानूनको बारेमा संक्षिप्त जानकारी
    कानूनको अवधारणा
    कानूनको अर्थ
    कानूनको परिभाषा
    कानूनको बिशेषता
    कानूनको महत्व
    कानून भनेको के हो ?
    कानूनको अवधारणा
    कानून शब्द अंग्रेजीको ‘Law’ र संस्कृतको ‘विधि’ शब्दको द्योतक हो । ‘Law’ लाई ‘Lex’ वा ‘Loi’ भनिन्छ र सूक्ष्म अर्थमा ‘Jus’ वा ‘Droit’ भनिन्छ ।
    कानून समाजमा अनुशासन राख्ने एउटा कडी हो, त्यसैले समाजको अंग भएर रहने प्रत्येक व्यक्तीलाई एकै शुत्रमा बाँधेर राख्ने कार्य कानूनले नै गरेको हुन्छ । कानून सामाजिक आवश्यकता हो, यसको माध्यमबाट सरकारले देशमा शान्ति र सुव्यवस्था ल्याउँछ ।
    कानुन मानव समाज, राष्ट्र र विश्वलाई शान्त, व्यवस्थित एवं गतिशिल बनाउने संहिता हो । कानुनको निर्माण मानवबाट नै हुन्छ र मानव व्यवहारलाई व्यवस्थित गर्न प्रयोग गरिन्छ । मानवीय व्यवहारलाई व्यवस्थित गर्दै समाजको संरचनालाई आदर्शमुखी बनाउने संयन्त्र नै कानुन हो । अर्थात कानुन भनेको नै समाज, देश र विश्व सञ्चालनको सभ्य र प्रभावकारी कडी हो । कानुनको पालन नगरे दण्ड समेत हुन्छ र कानुनको दायरमा सवै पर्दछन् ।
    कानूनले सबैका लागि समान व्यवहार गर्दछ किनकी कानूनका अगाडी समानताको सिद्धान्तसँग सम्बन्धित कानूनी जगत् नै कानूनी तर्क, प्रमाण र प्राकृतिक न्यायको सिद्धान्तसँग सम्बन्धित छ ।
    कानूनको अर्थ (Meaning of Law)
    सूक्ष्म रूपमा कानूनको अर्थ न्याय वा न्याय प्राप्त गर्ने साधन हो ।
    कानून शब्दले विभिन्न प्रकारका नियम तथा सिद्धान्तलाई व्यक्त गर्दछ ।
    कानून भन्नाले कुनै विशेष पद्धतिमा प्रचलित सबै प्रकारका वैध सिद्धान्तको समूहलाई जनाउँछ ।
    कानून देशमा सर्वोच्च अधिकारीको आदेश हो, जसले कुनै कुरा गर्न वा नगर्नु भन्दछ ।
    कानून एउटा सबल आदेश हो, जसले कुनै पनि व्यक्तिलाई किनै कार्य गर्न वा नगर्न बाध्य गर्दछ ।
    सामान्य अर्थमा कानूनको अर्थ त्यस प्रकारको नियम हो, जसले समान रूपबाट सबै विषयको कार्य निर्धारण गर्दछ ।
    विशेष अर्थमा कानूनको अर्थ नागरिकसँग प्रत्यक्ष सम्बन्धित नागरिक कानून हो, जो कुनै देशका जनतामा लागू हुन्छ ।
    कानूनी अर्थमा कानूनको तात्पर्य त्यस्तो विधान (Legislation) हो, देशका विधायिकाद्वारा निर्माण हुन्छ ।
    कानूनको परिभाषा (Definition of Law)
    “कानून मानिसहरूले यो गर्ने, यो नगर्ने र अमुक काममा सम्मिलित हुने, अमुक काममा सम्मिलित नहुने भन्ने सम्बन्धमा समाजको सामान्य स्वीकृतिबाट निस्केको घोष्णा हो” - अरस्तु
    “ कानून आदेश हो, जसले कुनै व्यक्तीलाई कुनै काम गर्न वा नगर्न वाध्य गर्दछ । सबै कानूनको मुख्य स्वाभाव नियन्त्रण गर्नु हो । यही स्वाभावलाई राज्यशक्तिले निश्चित उदेश्यका लागि प्रयोग गर्दछ । प्रत्येक कानूनको अन्तिम उदेश्य ज्यान तथा वैयक्तिक सम्पतिको सुरक्षा हो” - अस्टिन
    “ कानून न्यायप्रशासनमा राज्यद्वारा स्वीकृत तथा लागू गरिएको सिद्धान्तहरूको समूह हो, अर्को शब्दमा, कानून नियम हो, जसलाई न्यायिक अदालतले स्वीकृत तथा लागू गर्दछ” - साल्मण्ड
    “ कानून सामाजिक यन्त्र शास्त्रको किसिम हो, जसको कार्य सम्प्रदाय र यसको क्रमबद्ध सञ्चालनलाई अभिवृद्धि गर्नु हो” - रस्को पाउण्ड
    कानून कुनै कुरा व्यवस्थित गर्न तयार पारिएको शक्तिसम्पन्न दस्तावेज हो, सर्वोच्च आदेश हो ।
    यो राजनीतिक शक्ति प्राप्त व्यक्तिद्वारा निर्मित हुन्छ र अदालतद्वारा प्रयोग गरिन्छ ।
    दण्डको भयले कानून लागू र पालना गरिन्छ ।
    कानूनको बिशेषता
    कानून एउटा आदेश (Command) हो, यो देशको सर्वोच्च निकाय वा आधिकारिक संस्थाद्वारा निर्माण गरिएको हुन्छ । यसको पछाडि राज्यको शक्ति लुकेको हुन्छ, यस प्रकारको बललाई दण्ड वा सास्ती (Sanction) भनिन्छ । त्यही शक्ति वा बलको कारणले नागरिकले यसको पालना गर्नु बाध्य हुन्छ ।
    कानून र न्याय बिच घनिषठ सम्बन्ध हुन्छ । कानून न्याय प्राप्तिको साधन हो र न्यायको प्रशासन एउटा सिद्ध हो ।
    कानून सधैँ सर्वोच्च हुन्छ । कानुनको व्याख्या अदालतले गर्दछ ।
    कानून परिवर्तनशील एवं कठोर हुन्छ । कानूनको सम्बन्ध मानव र समाजसँग हुन्छ ।
    कानून सबैको लागि समान हुन्छ । सबै नागरिक कानूनको दृष्टिमा समान हुन्छन् ।
    कानूनले समाजलाई र समाजले कानूनले निर्देशित गरेको हुन्छ ।
    राज्यको आर्थिक, सामाजिक र सास्कृतिक प्रणालीमा कानूनले निर्देशित गर्दछ ।
    #कानुन #law #awasar

КОМЕНТАРІ • 48

  • @dilbadhurpariyar-xy4sz
    @dilbadhurpariyar-xy4sz Рік тому +7

    हामी जस्तो कानुन को student लाई हजुर को यो भिडियो ले निकै सहयोग गरेको छ हजुर लाई धेरै धेरै धन्यवाद छ sir❤❤

  • @benikarki8064
    @benikarki8064 Рік тому +2

    धेरै धेरै धन्यबाद सर । नयाँ नयाँ अपडेट गर्दै जानुहोस्।

  • @bhimkhadka6897
    @bhimkhadka6897 2 роки тому +3

    Wow! Kati सरल तरिकाले बुझाउनु भएको
    Thank You Sir

  • @Lbtboy
    @Lbtboy 2 роки тому +9

    हजुरलाई धेरै धेरै धन्यवाद sir अब ballb को परीक्षा कसरी तयार गर्ने त्यो पनि qustions सहित video ub गर्नु है iam waitting for video ❣️

    • @awasar7125
      @awasar7125  2 роки тому +1

      Please watch Jurisprudence and Nepalese Constitution playlist video in English medium.

  • @STDC2050
    @STDC2050 2 роки тому +3

    Good bro

  • @priyankaojha836
    @priyankaojha836 2 роки тому +2

    Thanku sir

  • @manishachand7283
    @manishachand7283 2 роки тому +1

    धन्यवाद ज्ञान प्रोभाइटको लागी ❤🙏

  • @dawatamang7813
    @dawatamang7813 Рік тому

    धेरै राम्रो र उपयोगी भिडियो सर ।

  • @dilkumarsankhar8688
    @dilkumarsankhar8688 Рік тому +1

    Thank you sir

  • @bhumikakathariya4000
    @bhumikakathariya4000 Рік тому +1

    Thank you sir tomorrow is my exam🙏🙏🙏

  • @saritab.k1423
    @saritab.k1423 8 місяців тому

    wow great

  • @sabitragiri8230
    @sabitragiri8230 Рік тому +1

    Thanku sir😊

  • @manishdhakal9754
    @manishdhakal9754 2 роки тому +1

    wow😍

  • @rajathapa8127
    @rajathapa8127 Рік тому

    very good 😊 news

  • @devthapamagar5073
    @devthapamagar5073 Рік тому

    So useful topic ❤❤

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 2 роки тому +1

    Good Explanation

  • @PrakashUpadhayaya-ro2pb
    @PrakashUpadhayaya-ro2pb 3 місяці тому

    Thank you so much sir 🙏🙏❤

  • @smartloksewapreparation6396
    @smartloksewapreparation6396 2 роки тому +1

    very impressive

  • @soneysherpa7001
    @soneysherpa7001 11 місяців тому

    Thank you 🙏

  • @user-ro9rg7lg5k
    @user-ro9rg7lg5k 11 місяців тому

    Thanku you sir

  • @parashshahi9449
    @parashshahi9449 Рік тому

    thank uh sir ❤️

  • @dineshnepali3863
    @dineshnepali3863 Рік тому

    Thank u

  • @samjhanapaudel
    @samjhanapaudel Рік тому +1

    nice

  • @shristinepali7840
    @shristinepali7840 2 роки тому +1

    Thank you ❣️😊

  • @maheshkecci3487
    @maheshkecci3487 2 роки тому +2

    thank you sir astai kaanuni kuraaharu rakhdai janu

  • @setubist7039
    @setubist7039 2 роки тому +1

    ,🙏🙏

  • @mayachand8664
    @mayachand8664 2 роки тому +3

    आधुनिक समाजमा कानुन को आवश्यकता के हो

    • @awasar7125
      @awasar7125  2 роки тому

      आधुनिक समाजमा कानूनको आवश्यकता भनेको
      सुरक्षा, समृद्धि हो।
      जस्तै Cyber Law नहुने हो भने हाम्रो कुनै पनि डिजिटल डाटा सुरक्षित हुदैन, बैंकमा राखेको पैसा समेत सुरक्षित हुदैन ।
      त्यसैले कानूनको पालना गरौं, सुरक्षित बनौं ।

  • @pramodkumar8474
    @pramodkumar8474 6 місяців тому

    विधान (legislation) को note sir❤

  • @pramodkumar8474
    @pramodkumar8474 6 місяців тому

    pdf मिल्छ

  • @renukamahato6406
    @renukamahato6406 2 роки тому

    Sir abko kanunma khasgari nijamti karmcharihrulai biwah darta pramanptr mag garnuhos biwah darta praman ptr nbheko karn ktipai mahilahru 10 warsh dekhi dukhkatirheko hunchh .kinna jagir kaeko manchhe bahir baschh ra katipai mahilahru gharama dukh katiraheko hunchh.

    • @awasar7125
      @awasar7125  2 роки тому

      पहिलो यो कुरा व्यक्तिगत समस्या हो।
      विवाह दर्ता सम्बन्धित वडा मा गर्नु पर्छ यो कर्तव्य हो।
      विविध कारणले विवाह दर्ता नगरिएमा त्यसको फल नगर्ने जोडीले आफैले भोग्ने हो।
      महिलाहरू सक्षम हुँदा यो समस्या हल हुदै जानेछ।

  • @ramabasyal2998
    @ramabasyal2998 2 роки тому

    Nepali ko

  • @jhanakbastola9531
    @jhanakbastola9531 2 роки тому +2

    Sir hajur ko mobile number pauna,,,,, milchha vane.

  • @pushpagirii4768
    @pushpagirii4768 2 роки тому +2

    Thanku sir

  • @kuberbudha5443
    @kuberbudha5443 2 роки тому +1

    thank you sir

  • @bhumikakathariya4000
    @bhumikakathariya4000 Рік тому

    Thank you sir tomorrow is my exam🙏🙏🙏

  • @bishnukarki-hc8ju
    @bishnukarki-hc8ju 11 місяців тому

    Thank you sir