यात्रा | Yatra - Journey of Life | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • दुई प्राणी धेरै माया गरेर मात्र साथ हुदैनन् । एक अर्कालाई माफ गर्न सके, स्विकार्न सके न हो साथ हुने , मिठो साथ हुने । नत्र बोझिलो लाग्छ सम्बन्ध । बोझिलो बन्छ जीवन । अक्सर साथ हुँदा महत्वहिन लाग्ने कुराहरुको महत्व साथ छुटेपछि थाह हुन्छ हामीलाई । त्यो हुनु अगाडी नै माया गरौं, साथ निभाउँ । बस् कर्तव्य पुरा गर्नको लागि होईन , बॉच्नकै लागि बॉचौं सम्बन्ध बुढा-बुढीको ...
    सुन्दर बनाउँ यात्रा जिन्दगीको ...
    यात्रा
    बुढी
    तिम्रो नामको फाईल
    मेरो हातमा राखिदिदै
    जब डाक्टरले
    ‘माफ गर्नुस् मैले तराईको बिरामीलाई बचाउन सकिन ‘
    त्यतिबेला हाम्री छोरीको ऑखामा
    विराट शुन्यता देखें मैले
    त्यो ठ्याक्कै त्यस्तै थियो
    जस्तो तिम्रो ऑखामा हुने गर्थ्यो
    हाम्रा जवानीका दिनहरुमा
    त्यतिबेला तिम्रा ऑखा
    किन पढ्न सकिन मैले ?
    बुढी
    बिना सासको तिम्रो शरीर
    बिच्छौनामा ठिक त्यसैगरी पल्टिएको थियो
    जसरी निश्वास पल्टिरहेकी हुन्थेउ तिमी
    हाम्रो बिच्छ्यौनाको छेउ कुना
    त्यतिबेला तिम्रो श्वास
    किन छुन सकिन मैले ?
    तिमीले सधैं भनिरहेउ
    मलाई तिम्रो हात समाएर
    पर सम्म हिन्न मन छ
    मलाई तिम्रो साथमा रहेर
    दुई पल मिठो हॉस्न मन छ
    समय त उती नै हो
    अरुलाई नि हामीलाई पनि
    मलाई लामो आयु होईन
    हरेक पललाई बॉच्न मन छ
    तिमी संगै बॉच्न मन छ
    हिड्न त आज पनि संगै हिडिरहेछौं हामी
    तर आजको तिम्रो यो मौनता
    ठ्याक्कै उस्तैगरी चिच्याउँदै छ
    जसरी चिच्यॉउथ्यो
    तिम्रो र मेरो विवाद पछि
    हामीले संगै विताउने मौन रातहरु
    त्यतिबेला तिम्रो मौनता
    किन सुन्न सकिन मैले ?
    कुन्नी के को तृष्णाले बढाएथ्यो
    तिमी प्रतिको वितृष्णा
    कुन्नी के को सम्झनाले विर्साएथ्यो
    तिमीलाई सम्झने सम्झनालाई
    कुन्नी किन हो गर्नै चाहिन
    तिमीले गर भनेको जति
    कुन्नी किन हो सुधार्नै चाहिन
    गलत लागेका गल्ती पनि
    के को बोझले थेचारिएर
    तिम्रो स्नेह पनि भारी लाग्थ्यो ?
    के को क्रोधले छोप्थ्यो होला
    फगत् छट्पटीले गॉज्थ्यो ?
    समय हुन्जेल समय भएन
    समयले दिएका प्राप्ति सुमार्न
    बुझ्ने भएदेखि समय रहेन
    न खोस्रन न त उमार्न
    आखिर बेलैदेखि बेलालाई
    किन बुझ्न सकिन मैले ?
    बर्षौं भएथ्यो
    बर्षौंदेखिका प्रेमी हामी बुढाबुढी भएको पनि
    त्यहॉ म कहिले प्रेमी भईन, तिमी प्रेमिका रहेपनि
    गोरेटो देखि, दोबाटो तिर
    यात्रा किन मोडे मैले ?
    ठिकै थियो, ठिकै हुन्थ्यो
    साथ किन छोडें मैले ?
    सुरु के थियो? अन्त्य के भयो
    अस्तु नि बहेर गएपछि
    फिर्नुको अर्थ को संग सोधुं ?
    जीवनको यात्रा सकिएपछि ?

КОМЕНТАРІ • 6