New Salpa Song | Shambhu Rai | Mina Rai | Soi Raja Soi Soi | Anil Koyee | Purbeli song 2080

Поділитися
Вставка
  • Опубліковано 20 вер 2023
  • सम्पूर्णमा नमस्कार !
    *about this video:
    साल्पा ...
    शव्द तथा संगीत संकलन
    अनिल कोयी राई
    स्वर
    शम्भु राई
    मिना राई
    एरेन्ज/मिक्सीङ
    राजु कार्की
    रेकर्डिष्ट
    सुरेश वान्तवा
    बिषण राई
    रिसिया
    सुरेश वान्तवा
    स्टुडियो
    किङ
    श्रद्धा रेकर्डिङ
    सम्पादन
    गंगा राम राई
    “हामी आम किरातिहरुको उत्पत्तिको केन्द्र ”
    - साल्पा सिलिचुङ÷सिलिछो
    समुन्द्री सतह देखि ३७५० मिटरको उचाइमा रहेकोे साल्पा पोखरी र ४१५५ मिटर उचाइमा रहेको सिलिचुङ÷सिलिछो चुली (साया सिर) सोलुखुम्बु,खोटाङ, भोजपुर र संखुवासभा जिल्लाको सिमा क्षेत्रमा रहेपनी भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका वडा नं. ५ अन्तर्गत पर्दछ । सिलिचुङबाट देखिने दृश्यहरु भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, खोटाङ,सोलुखुम्बु, ओखलढुंगा जिल्लाका थुप्रै गाउँघर देख्न सकिन्छ ।
    त्यसैगरी हिमालहरु ः मकालु, कंचनजंघा, सगरमाथा, चाम्लंग, दुधकुण्ड जस्ता हिमालहरु आँखै अगाडी देख्न सकिन्छ । त्यस्तै तल हेर्दा आँखै अगाडि साल्पा पोखरीको मनोरम मनमोहक दृश्यलाई आँखा मन मस्तिष्कमा सजाउन सकिन्छ ।
    हामी किरात समुदायको सृष्टि कर्ता आदिम पुर्खाहरु सुम्निमा, पारुहं (पारुहाङ) अर्थात साल्पा रानी साल्पा राजा बसोबास गरेको र किरातिहरुको सृष्टि सुरुवात भएको स्थानको रूपमा साल्पा पोखरी र सिलिचुङ÷सिलिछो क्षेत्रलाई मानिन्छ । किरात मुन्दुमी, धामी, बिजुवा र नाक्छोंगहरुले साल्पा पोखरी र सिलिचुङ÷सिलिछो क्षेत्रलाई आफ्नो गुरु बस्ने स्थान र अध्यात्मिक शक्तिका केन्द्रको रूपमा हालसम्म
    पनि पुजा प्रथाना गर्दै आइरहेको छ ।
    ”सिलि “ भनेको नाच र ”चुंग, छो“ भनेको डांडा, सिर, चुचुरा भन्ने अर्थ हुने गर्दछ ।
    जुन अहिलेको सिलिचुङ÷सिलिछो चुचुरामा हाम्रा आदिम किराती पुर्खाहरु नाच्ने गर्दथे र उक्त चुचुराबाट देखिने भुभाग किरात जातिको बस्ती थियो भन्ने मान्यता छ ।
    यस अर्थमा आम किरातिहरुको लागि साल्पा सिलिचुङ÷सिलिछो बुद्धिष्टहरुको लुम्बिनी, क्रिश्चियनहरुको जेरुसेलम, मुस्लिमहरुको मक्का - मदिना भने जस्तै किरातिहरुको पनि त्यतिकै महत्वपूर्ण अध्यात्मिक धार्मिक तिर्थस्थल हो । तसर्थ यो किरातिहरुको अमुल्य साँस्कृतिक धार्मिक सम्पदा हो यसलाई संरक्षण प्रबर्द्धन गर्दै वल्र्ड हेरिटेज साइटको रूपमा स्थापित गर्न चाडो भन्दा चाडो तपाई हाम्रो पहल हुन अहिलेको वर्तमान आवश्यकता हो ।
    साल्पा पोखरी सिलिचुङ÷सिलिछो चुली यस्तो मध्य क्षेत्रमा पर्दछ जसलाई वरिपरिबाट सोलुखुम्बु, संखुवासभा, भोजपुर र खोटाङको घना किरात जातिको बस्तिले घेरेको छ । विशेष गरेर कुलुङ, साम्पाङ, कोयु, खालिङ, दुमि, चाम्लिङ, बान्तवा, मेवाहाङ, याम्फु, थुलुङ भाषी किरातिहरुको सघन बस्तिले घेरेको छ । साल्पा सिलिचुङ÷सिलिछोलाई यिनै भाषी किरातिहरुले आफ्नो पबित्र तिर्थस्थल र अध्यात्मिक केन्द्र तथा सृष्टिको केन्द्रको रूपमा मानी आयको छ । किरात जाती बाहेक अन्य जातिले पनि साल्पा राजा साल्पा रानीको पुजा प्रथाना गर्न साल्पा पोखरी पुग्ने गरेको छ ।
    - प्राग इतिहास ः- किरात जातिका सृष्टि कर्ता आदिम पुर्खा सुम्निमा र पारुहाङ अर्थात साल्पा राजा साल्पा रानी बसोबास गरेको र किरात जातिको सृष्टि उत्पत्ति स्थानको रूपमा साल्पा पोखरीलाई नै मानिन्छ । किरात मुन्दुमी, धामी, बिजुवा, नोक्छो, नछुङ, दोवा, नागिरे, कुबिहरुले साल्पा पोखरी र सिलिचुङ÷सिलिछोलाइ आफ्ना गुरु बस्ने स्थान र अध्यात्मिक शक्तिका केन्द्रको रूपमा हालसम्म पनि पुजा प्रथाना गर्दै आयको छ र बर्सेनि हजारौं धामी झाक्री, नाग्छौग, बिजुवा होमेहरु कार्तिक पुर्णिमा, बैशाख पुर्णिमा र भदौरे पुर्णिमामा साल्पा सिलिचुङ पुग्ने गर्दछन । मुन्दुमिहरुले संसारको जुनसुकै ठाउमा बसेपनी अध्यात्मिक यात्रा (कउष्चष्तगब िवयगचलभथ) गर्दै साल्पा सिलिचुङसम्म पुग्ने र पुजा गर्ने अनि चोमोलुंमा (सगरमाथा) र नियामा (समुन्द्र सम्मको मैदानि भुमी) सम्मको यात्रा गर्ने गर्दछ । हाल सर्ब साधारणले भने आफ्नो मनोकाङ्क्ष पूरा हुने बिस्वासमा साल्पा सिलिचुङको पुजा प्रार्थना गर्ने गर्दछ । यस साल्पा पोखरिमा बोली नआयको बच्चालाई साल्पा पोखरीको पानीमा छुवाउदा बोलेको थुप्रै उदाहरण छ । त्यसैगरी कुजे भएको मान्छे, विभिन्न बिरामले अन्तिम अवस्था भएको मान्छे त्यहा पुग्दा निको भएको उदाहरणहरु प्रसस्त छन । यस कारण पनि सर्ब साधारणहरुको भिड बर्सेनि बढ्ने क्रम जारी छ ।
    - बीरबहादुर राई
    सांस्कृती अभियन्ता ।
    Facebook: / jivan.rai.12
    G-mail : sktvchanel1@gmail.com
    * The videos and any items which are uploaded in this channel are strictly prohibited to copy, download and other illegal trade. If we get such activities then we will strike against plagiarism and will charge according to law. And, how is our videos? We expect your positive and negative all kinds of feedback. Most important, If you have such kinds of performance and don't have this kinds of plate form then kindly remember us. Directly contact us through mail: sktvchanel1@gmail.com
    * यस च्यानलमा रहेको कुनै पनि सामग्री डाउनलोड तथा कपि गरि बिक्रि वितरण तथा अप्लोड गरिएको पाइएमा कपीराइट स्ट्राइक गरिनेछ र कानुन बमोजिम कारबाही गरिनेछ। र तपाईलाई यो सामाग्री कस्तो लाग्यो ? सकारात्मक सल्लाह सुझावको लागि आशा गर्दछौं। यदी तपाई सँग पनि विभिन्न प्रतिभा तर प्रस्तुत गर्न सकिरहनु भएको हुनुहुन्न भने कृ प या हामीलाई सम्झनुहोस्।
    Video is for Educational purposes only. Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statutes that might otherwise be infringing. Non-profit, educational, or personal use tips the balance in favor of fair use.

КОМЕНТАРІ • 50

  • @willimgroupentertainment
    @willimgroupentertainment 2 місяці тому +1

    Congratulations ❤ Deri Purano geet❤ kirati lay nepali words bolna tale deki yo geet gaaugar gaaune Chalan tiyo

  • @nepaligirl4319
    @nepaligirl4319 2 місяці тому +1

    Wow proud to be kirat Rai ❤🙏 Sewa ❤🙏😘

  • @tikatigerkoyee7648
    @tikatigerkoyee7648 10 місяців тому +4

    ३०-३५ बर्ष अगाडिको यादहरु ताजा बनेर आयो । पुरै टिमलाई धन्यबादकोसाथ बधाई अनि शुभकामना पनि✨🙏🏻✨

  • @user-el8mf3em7g
    @user-el8mf3em7g 2 місяці тому +1

    जय किरात सेवा 🙏❤️😘

  • @villagetv1808
    @villagetv1808 10 місяців тому +4

    सम्पुर्ण टिमलाई हार्दिक बधाई 🙏🙏🙏

  • @fengaaent68
    @fengaaent68 10 місяців тому +4

    बधाई छ टिमलाई एउटा इतिसाह गीत ल्याउनु भकोमा 🎉

  • @mamatarai6739
    @mamatarai6739 2 місяці тому

    आहा कति सुन्दर मिठो हाम्रो संस्किर्ति 🙏🙏🙏👍👍👍💃💃💃💃💃💃💃🎉🎉🎉🎉हामी जहाँ रहे पनि हामी हाम्रो सं्कृति परम्परा लै भुल्ने छैन 🙏🙏

  • @sureshkumarrai518
    @sureshkumarrai518 10 місяців тому +3

    आहाहाहा, सांस्कृतिक जगेर्नाका निम्ति यहाँहरुको यो अतुलनिय कार्य प्रति उच्च सम्मान छ्🙏🙏🙏

    • @HelloNepaltvsong
      @HelloNepaltvsong  10 місяців тому +1

      धन्यवाद दाजु हजुर❤

  • @user-uv2pb7qw6g
    @user-uv2pb7qw6g 2 місяці тому +2

    धेरै राम्रो छ हाम्रो हाम्रो साल पसली छु गाउँपालिकामा पर्ने भोजपुर जिल्लाको सगरमाथा हिमालहरू तल बल्ने

  • @pradeepraee
    @pradeepraee 2 місяці тому +1

    आफ्नो संस्कृति,पहिचानलाई जोगाइराख्न योगदान पुर्याउनुहुने सम्पुर्ण मा नमन।🙏

  • @sakaratmakprayas4979
    @sakaratmakprayas4979 10 місяців тому +2

    आहा ❤ अत्यन्तै राम्रो बनेछ ऐतिहासिक स्थल साल्पा सिलिचुङ सम्बन्धी गित । हार्दिक बधाई तथा आभार यहाँहरुलाई❤

  • @jharanakirati8057
    @jharanakirati8057 2 місяці тому +1

    Wow🙏🙏🙏🙏🙏🙏❤️❤️❤️👌👌👌

  • @mayachamling209
    @mayachamling209 10 місяців тому +2

    आहँ असाध्यै मिठो गित बनेको रैछ धेरै खुसी लागो हार्दिक बधाई सम्पुर्ण टीम लाई 💐🙏🏼

  • @rairatan933
    @rairatan933 3 місяці тому +1

    Wow❤❤

  • @birrai6275
    @birrai6275 10 місяців тому +7

    हाम्रो इतिहास पुनः उत्थानमा यहाहरुको भुमिकालाई इतिहासले भुल्ने छैन हार्दिक आभार सम्पुर्णमा ।

    • @HelloNepaltvsong
      @HelloNepaltvsong  10 місяців тому +1

      धन्यवाद हजुरलाई दाजु सेवा

  • @renukarai2537
    @renukarai2537 10 місяців тому +3

    सांस्कृति र इतिहासले अस्तित्व बचाउछ , सबै टिम लाई बधाई छ 🙏🙏🙏🙏

    • @HelloNepaltvsong
      @HelloNepaltvsong  10 місяців тому +1

      धन्यवाद हजुरलाई

  • @Sangita_Nachhiring_Rai
    @Sangita_Nachhiring_Rai 10 місяців тому +2

    हाम्रो संस्कृती हाम्रो पहिचान❤🙏

  • @agnirai272
    @agnirai272 7 місяців тому +2

    साल्पा धाम ट्याम्के जादा धामी झाक्री सङ्ग गाउने गित राम्रो छ है

  • @Tirsana53foods
    @Tirsana53foods Місяць тому

    जत्ति सुने पनि अघाउदैन हो❤❤❤❤❤

  • @yogirai-oi3vs
    @yogirai-oi3vs 2 місяці тому

    सलाम छ यो गीत टिमलाई❤❤

  • @bungnamraikiran883
    @bungnamraikiran883 Місяць тому

    हामि किरातिहरुको यति राम्रो धर्मसंकृति सिलि मुन्धुमलाई हाम्रो समाझ र पुस्ताहरुले बचाउन सकिरहेको छैनौ जुन हाम्रोलागि अतिनै महत्वपुर्ण छ सबै अर्काको धर्म र संस्कृति मा भुल्न लाग्यौ अब हामि सबै किरातिहरुले बुझ्न जरुरि छ र यस्लाई बचाउन सबैले अध्यन र खोज अनुसन्धान र जगेर्ना गर्न अत्यवस्यक छ्।

  • @lamabro101
    @lamabro101 2 місяці тому

    कति राम्रो

  • @nepaligirl4319
    @nepaligirl4319 2 місяці тому

    My favorite singer 😍 sambhu Rai 🥰

  • @thulungrai4242
    @thulungrai4242 9 місяців тому +1

    🙏🙏🙏🙏Sairaja sai rani

  • @milanrai6481
    @milanrai6481 2 місяці тому

    सै सै सै राजा सै सै सै रानी सै सै

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 9 місяців тому +2

    हाम्रो सोर सम्राट सम्बु दादा को भोइस जस्ता को तस्तेइ छ आहिले सम्म nest गित पैला को जस्तो एउटा गित लिएर आउनु होला हौवा and सेवारो 🙏🙏🙏🙏

  • @gyandiprai225
    @gyandiprai225 10 місяців тому +1

    waw

  • @yamphu9494
    @yamphu9494 10 місяців тому +1

    सम्पूर्ण किराँतीहरूको आस्थाको केन्द्र..मुन्दुमको प्राण..! साल्पा सिलिचुङ/सिलिछो संरक्षण हाम्रो महाअभियान..!!
    साल्पा माङ् चडे🙏🏻सिलिचुङ चडे🙏🏻🏹

  • @kirawa2045
    @kirawa2045 3 місяці тому +1

  • @remember4ryou.928
    @remember4ryou.928 3 місяці тому +1

    ❤❤❤❤

  • @MilanRai-kb7uw
    @MilanRai-kb7uw 2 місяці тому +1

    ❤❤❤❤❤

  • @hara.rai88
    @hara.rai88 3 місяці тому +1

    ☘️☘️🌱🌱🙏🙏🙏

  • @balchandrabantawarai1042
    @balchandrabantawarai1042 5 місяців тому +1

    🙏🙏🙏

  • @sakaratmakprayas4979
    @sakaratmakprayas4979 10 місяців тому +1

    सबैले सियर गरौ❤

  • @tikaramkirati400
    @tikaramkirati400 3 місяці тому +1

    हार्दिक आभार्🙏

  • @mehthu291
    @mehthu291 2 місяці тому

    ❤❤❤

  • @dipakrai7772
    @dipakrai7772 Місяць тому

    ❤🙏

  • @jhamkajeerai3394
    @jhamkajeerai3394 10 місяців тому

    wauuu👏👏👏

  • @bhupendrarai566
    @bhupendrarai566 2 місяці тому

    ramro chha tara studio ko video ko satta salpai tira ko scene haru nai dekhako bhaye ramro hunthyo ni

  • @purbeliprayascom
    @purbeliprayascom 10 місяців тому +1

    हाम्रो संस्कृति हाम्रो पहिचान

    • @HelloNepaltvsong
      @HelloNepaltvsong  10 місяців тому +1

      सेवा धन्यवाद हजुर

  • @narrai6486
    @narrai6486 5 місяців тому +1

    ❤❤❤❤

  • @ikashviar7792
    @ikashviar7792 9 місяців тому +1

  • @mankoaankha4862
    @mankoaankha4862 6 місяців тому +1

    ❤❤❤❤❤

  • @rairajkumar5546
    @rairajkumar5546 10 місяців тому +1

    ❤❤🥰🥰🥰