बौद्धमार्गी ब्राह्मण । Punya Prasad Parajuli

Поділитися
Вставка
  • Опубліковано 3 лют 2022
  • सनातनी ब्राह्मणले कसरी अँगाले बौद्धमार्ग ?
    बौद्ध धर्म-दर्शनका अध्येता र टिबेटियन भाषाविद् पुण्यप्रसाद पराजुलीको व्यकि्तत्व बहुआयामिक छ । विपश्यना ध्यान पद्धतिको अभ्यासबाट साधना सुरु गरेका उनको जीवनशैली आध्याति्मक र सरल छ ।
    शिक्षण, बौद्ध धर्म-दर्शनको अभ्यास र कुशल अनुवादकका रुपमा साढे तीन दशकभन्दा बढी समय व्यतीत गरिसकेका उनका बौद्ध धर्म-दर्शनसम्बन्धी दर्जनौं किताबहरु प्रकाशित रहेका छन् ।
    नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम) मा लामो समयदेखि धर्म-दर्शनका प्राध्यापक रहेका उनले विभिन्न चर्चित बौद्ध धर्मका गुरुहरुको शिक्षालाई टिबेटियन भाषाबाट नेपालीमा अनुवाद गरिसकेका छन् । उनले अमेरिकाको कार्लटन कलेजका विद्यार्थीलाई बौद्ध धर्म-दर्शनसमेत अध्यापन गराउँदै आएका छन् ।
    भोजपुरको चराम्बी गाउँमा जन्मी-हुर्किएका पराजुली सानैदेखि बौद्ध दर्शनप्रति आफू जिज्ञासु भएको बताउँछन् । …त्यति खेर गाउँमा सनातनी हिन्दु समुदायमा जातजातिका आधारमा छुवाछूत र विभेद गर्ने प्रचलन थियो, मलाई त्यो मन पर्दैनथ्यो । सबै जातजातिलाई कुनै प्रकारको विभेद नगरी समान व्यवहार गर्ने बौद्घ दर्शनले मलाई प्रभावित पार्यो, उनी भन्छन्, …त्यही भएर मैले यो दर्शनलाई आत्मसात गर्ने निर्णय गरेँ ।
    २०४० सालमा उच्चशिक्षाका लागि राजधानी आएपछि बौद्ध गुरुहरु, रिम्पोचे, लामाहरुसँग उनको सत्संग बढ्दै गयो, उनले यसमा आफ्नो अध्ययनलाई पनि बढाउँदै गएँ । बौद्ध ध्यान-साधना पनि सुरु गरे उनले ।
    एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका सानैदेखि तीक्ष्ण र मेधावी पराजुलीले फिजिक्स, म्याथ्मेटिक्स लिएर बिएस्सी उत्तीर्ण गरे । त्यसपछि भने मानवशास्त्र र बौद्ध दर्शनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे ।
    हिन्दु परिवारमा जनि्मएको व्यकि्तले बौद्ध दर्शन अवलम्बन गर्दा उनको परिवारबाट भने कुनै अवरोध भएन । तर, गाउँका कर्मकाण्डी ब्राह्मणहरुका लागि भने त्यो पाच्य थिएन । …बाहुनको छोरो भएर बौद्ध धर्मतिर किन लाग्नुपर्यो ? आफ्नो सनातन परम्परा भत्काउनु त भएन नि ? त्यस बेला गाउँ जाँदा उनलाई पणि्डत र पुरोहितहरुले यस्तैयस्तै प्रश्नहरु गर्थे ।
    बौद्ध दर्शनलाई जीवन पद्धति बनाउने अठोट गरिसकेका उनी ती प्रश्नहरुको प्रतिवाद गर्न जरुरी ठान्दैनथेँ । …भगवान बुद्धले यो धर्म अँगालेका मानिसले मात्र बौद्धमार्ग अपनाउन मिल्छ भनेर कतै भन्नुभएको छैन, यो कर्मकाण्डी पुरोहितहरुले फैलाएको अफवाह हो । त्यति बेला बुद्धको संघमा पनि ६० प्रतिशतभन्दा बढी ब्राह्मण समुदायका मानिस रहेका थिए, उनी उल्लेख गर्छन् ।
    चार दशकको बौद्ध मार्गको अभ्यास र साधनाबाट आफूमा व्यापक परिवर्तन हुनुका साथै जीवन रुपान्तरण भएको उनको स्वमूल्यांकन छ । …आगामी दिनमा भने बौद्ध धर्म-दर्शन र ध्यान-साधनामै बढी केनि्द्रत हुने योजना छ, उनले भावी योजना सुनाए ।
    #buddhism #tibetanbuddhism #nepal #nepalbuddhism

КОМЕНТАРІ • 56

  • @kamalagurung4939
    @kamalagurung4939 2 роки тому +7

    नमस्कार 🙏 श्रद्वय पुण्य सर अति उपलब्धि मुलक जानकारी पाँए । धन्यवाद

  • @yamthapa5005
    @yamthapa5005 2 місяці тому

    मेरो नमन छ परजुली ज्युमा

  • @user-kj3iy7cy6c
    @user-kj3iy7cy6c 10 місяців тому +3

    Balla puneya dai KO Interview herna payo.khusi lageo.Paila Mukesh lama KO dhar mik Kriti haru ma tapai KO nam dekhin thiyo aja sune mauka payo Khushi lageo.Naman dai.🙏🙏🙏🙏🙏

  • @birtamuabinashmongol865
    @birtamuabinashmongol865 2 роки тому +5

    पराजुली गुरू सलाम । जे होस सहि सलामत बताईदिनु भएकोमा अति खुसी लाग्यो । किन कि तपाईकै भाषामा भन्नुपर्दा ब्राह्म्मणहरू बाटै नेपालका जनताहरू साम,दाम,दण्ड,भेद,लुट र झुटको खेती मनुस्मृतिबाट छुत अछुत बनाई उत्पिडनमा पारेकै हुन ।

    • @Nep.Victor
      @Nep.Victor 6 місяців тому

      Tyo ta vayekai kura ho. Ma brahman pariwar kai hu ra tyo swikar garna malai kei sankoch lagdaina. Purkha ko galati ho, sudharinu parxa.

  • @pemawangdi7592
    @pemawangdi7592 5 місяців тому +1

    True saying🙏🙏🙏

  • @newhyeser7711
    @newhyeser7711 Рік тому +1

    Hajur ko jay hos Sir,
    🙏🙏🙏🌞

  • @vajrayaantj
    @vajrayaantj 5 місяців тому +1

    Big fan🙏🏻🙏🏻🙏🏻

  • @kahdichaur5933
    @kahdichaur5933 Рік тому +1

    हजुरहरुको अमूल्य अन्तरवार्ताबाट मिलेको ज्ञान प्रति कृतज्ञ छु।
    🙏🙏🙏

  • @nichodhan
    @nichodhan Рік тому +1

    Namaskar Guru 🙏🙏🙏

  • @dawaporong5831
    @dawaporong5831 2 роки тому +3

    My respects to Punya ji who is a great scholar too, always helpful and compassionate

  • @jbtamang9147
    @jbtamang9147 2 місяці тому

    सहि भन्नु भो

  • @dipeshlama9508
    @dipeshlama9508 2 роки тому +1

    Nomo budhay

  • @urgenlama7302
    @urgenlama7302 2 роки тому +1

    Sadhu Sadhu Sadhu 🙏🙏🙏

  • @aryankarki7900
    @aryankarki7900 2 роки тому +2

    नमस्कार दुवैजनामा।

  • @dilutamang7619
    @dilutamang7619 Рік тому +1

    नमस्कार पुण्य गुरु,बुद्ध धर्मबारे सबिस्तार बुझ्न पाए हुन्थ्यो ।

  • @Sanyonjan
    @Sanyonjan 2 роки тому +1

    great interview

  • @samirkanx
    @samirkanx 6 місяців тому

    🙏🙏❤

  • @aryankarki7900
    @aryankarki7900 2 роки тому +4

    माला बज्र,बज्रकिलय र घंटबारे पनि जानकारी दिईयोस।

  • @tehortenzin2758
    @tehortenzin2758 9 місяців тому

    Very good interview

  • @user-iv6je4et4i
    @user-iv6je4et4i 9 місяців тому

    धेरै धेरै धन्यवाद,अति उत्तम

  • @urmilabasnyat444
    @urmilabasnyat444 2 роки тому +1

    🙏👏🙏👏🙏sadhu sadhu sadhu

  • @arjundahal7818
    @arjundahal7818 Рік тому +1

    गुरुज्यूकाे अन्तरंगी कुरा सुन्न पाउँनै शाैभाग्य सम्झेकाे छु !
    मलाई पनि बाैध्द ध्यान पद्दती जान्ने ठुलाे काैतुहलता भएकाे हुँदा समय धाेरै अनुकुल भैदियाे भने सम्पर्कमा आउँने चाहना जाहेर गर्दछु !
    जय जय परम चैतन्य महाँशिव / परमबुध्द !😍💐🌹🌷🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @khenpofurpasherpa3153
    @khenpofurpasherpa3153 2 роки тому +2

    Buddha bishnu ko avatar ho vaane kurama mero asamat xa. Punyan sir afnai dharana bujna chahe...

    • @yangjum
      @yangjum 2 роки тому +2

      बुद्धलाई विष्णुको अवतार हो भन्ने कुरा सनातनी हिन्दू परम्परामा चलि आएको हो, त्यसै अनुसार पुण्य सरको बुवाले त्यसो भनेर चित्त बुझाउनु भएको हो कि वहाँ गलत बाटोमा लागेको छैन भनेर । पुण्य सरले बुद्धलाई विष्णुको अवतार भन्नु भएको होईन खेन्पो ला ।

    • @abisunam5604
      @abisunam5604 2 роки тому

      awatar vanne sabdanai xain budda dharmama!!!!

    • @khenpofurpasherpa3153
      @khenpofurpasherpa3153 2 роки тому

      @@abisunam5604 Rebirth xa ki xaena buddhist ma?

    • @abisunam5604
      @abisunam5604 2 роки тому

      Nirmad kaya athawa punar vawa vaninx !!!!!!

    • @khenpofurpasherpa3153
      @khenpofurpasherpa3153 2 роки тому

      @@abisunam5604 Sabda matra farak... artha autai ho... jasle j vanepani...

  • @preciousreading1934
    @preciousreading1934 2 роки тому

    good

  • @chirindolma5651
    @chirindolma5651 2 роки тому

    🙏🙏🙏

  • @astrologyghar
    @astrologyghar 2 роки тому

    Guru ko contact paayr hamilai adhyan garana sajilo hune thyo

  • @user-to7hm1qz5x
    @user-to7hm1qz5x 3 місяці тому

    Yo vaideek hindu sanatan ke ho science journey rational world channeal herera bujnu porchha

  • @sagartamang1927
    @sagartamang1927 7 місяців тому

    Yedhi bahun haru buddhism ma ayera brahmanbad lei afnu puja pat ma jor dincha bhanea tatkal karwhi huncha

  • @lalitashrestha2282
    @lalitashrestha2282 2 роки тому

    बुद्ध ले कहिले कर्म कान्ड गरेको छैन जस्तो लाग्छ महायान मा त कर्म कान्ड गर्दा रच

  • @sagartamang1927
    @sagartamang1927 7 місяців тому

    Buddha ka samayma brahman chettriya vaisya sudhra bhannea jati thiena,....
    Shrawan culture thieo....
    Na ta brahman thieo na jatipratha yo to 1500 barsha ba bikash bhako kura haru ho

  • @aryankarki7900
    @aryankarki7900 2 роки тому +1

    यो बौद्धधर्मको चैनल हो?

  • @sagartamang1927
    @sagartamang1927 7 місяців тому

    75% darshan jhuto lagyo buddha ko authentic dhamma waha lea bhaneako jasto hoina....sorry yo buddha ko mritu bad 500 to 1500 barsha bad ma lakhiyeako brahmanbad havi bhayeako kura haru ko.....

  • @sagartamang1927
    @sagartamang1927 7 місяців тому

    Bahun haru ta baudha dhamma ma na paseako nei thik lagcha....
    Yo suddha dhamma lei pani ganaunea banaucha hola