कौराह नाचको उत्पत्ति भुमि तनहुँ दमौलीमा नवलपुर जिल्लाको भेनाहरु कौराह नाचको तनहुङ्गे रानीहरूसंग.....

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • नमस्कार
    म लोक तथा दोहोरी गायक/सर्जक/निर्देशक अनि कलाकार हिरन थापा ।
    भगवानरूपी मेरा दर्शक प्रति मीठो माया अनि हृदयभरिको सम्झना छ । SLC परीक्षा सकिए देखि नै प्रत्यक्ष लोक दोहोरी गीत प्रतियोगितामा प्रतियोगी कलाकारको रूपमा भाग लिँदै गर्दा पछि कलेज पढ्दै रात्रीकालिन व्यवसाय अन्तर्गत पर्ने दोहोरी साँझमा सिक्दै काम गर्दै लोक दोहोरी कलाकारहरू एउटैमात्र छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुर क्षेत्र न:१, को कार्य समिति सदस्य हुँदै नवलपुर जिल्ला सदस्य अनि प्रतिष्ठान गण्डकी प्रदेश कार्य समितिमा दुइ कार्यकाल गरि लोक गीत संगीत अनि कलाकारहरूको हकहितको लागि लड्दै आफ्नो संगीतिक यात्रालाई पनि संगसंगै बढाइरहेको म एक लोक दोहोरी गीत संगीतको विद्यार्थीलाई हजुरहरूले दिनु भएको माया अनि आशीर्वादले संगीतिक क्षेत्रको लागि अझै केही गरौं भन्ने उर्जा प्रदान भइरहेको छ। विगत एक दशक देखि निरन्तर रुपमा संगीतलाई नै आफ्नो जीवन ठानेर केही हजुरको माझमा केही संगीतक कोसेलीहरु पनि निरन्तर रुपमा लिएर आइरहेको छु ।
    मेरा केही संगीतिक कोसेलीहरू
    कृपया तल दिइएको linkहरू open गरेर हेरिदिनु होला ।
    १) लाहुरे • Lahure लाहुरे Kaurah S...
    २) हे कान्छी • He Kanchhi Kaurah Song...
    ३) हङकङ मलाय • ५ महिने गर्भवती श्रीमत...
    ४) रुचाङ कार्यक्रम • रुचाङमा हिरानको यस्तो ...
    ५) मगर दिवस गैंडाकोट • हिरन थापाको आफनै typic...
    ६) उडी उडी चुप्पा • Udi Udi Chuppa उडी उडी...
    ७) लोभी नजर • Lovi Najar Kaurah Son...
    ८) सोल्टीनी • Soltini Kaurah Song - ...
    ९) मगरकै शाशन • मगर जिताऔं अभियान ॥ ma...
    १०) दशैं आयो • Dashain Aayo| Raju Par...
    ११) बास्ना छ धुपैमा • दिपिका एसईई सकेर सम्भ...
    यदि हेर्नु भएको छैन भने एकचोटि अवश्य हेरेर commentमा सल्लाह सुझाव दिनुहुनको लागि विनम्र अनुरोध गर्दछु धन्यवाद ।
    मगरहरूको संस्कृतिमा आधारित कौराह नाच विशेष गरि मध्यपश्चिमका विभिन्न जिल्लाहरु जस्तै: गण्डकी प्रदेशको तनहुँ, नवलपुर, कास्की, स्याङ्जा, लमजुङ, गोर्खा आदि जिल्लाहरूमा प्रचलित छन भने बागमती प्रदेशको चितवन, धादिङ र मकवानपुर तथा लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी तिर नचाउने गरेको पाइन्छ । कौराह नाचको उत्पत्ति भने तनहुँ जिल्लाको रिसिङबाट भएको अनुसन्धानको क्रममा पाइन्छ । कौराह नाचमा पुरुषहरु काठको घेरामा गोहोरोको छाला विशेष प्रकारले डिजाइन गरेको खैंजेडी बजाउँदै सुरुवातमा सिमेभुमी, चण्डी, देवी, देउराली र विभिन्न किसिमको देवदेउताको नाममा भाकाल राखेर गीत गाउँदै विस्तारै क्रमबद्ध रुपमा चिनजान गर्ने , माया प्रीतिको गीतहरू तथा समाजमा रहेको विभिन्न परम्परागत तथा व्याप्त घटनाक्रमहरूलाई गीत तथा अभिनयको माध्यमबाट प्रस्तुत गर्दछन र बिस्तारै विदाइको गीतहरूबाट विदा हुने चलन छ भने अविवाहित कन्याहरू फलामले बनेको सेलरोटी जस्तो आकारमा रहेको बाहिर खोक्रो र भित्र गेडी भएको जसलाई झर्रा भनिन्छ हो त्यो झर्रा पाउमा लगाएर नाच्ने गरिन्छ । जसले गर्दा खैंजेडीसंगको खुट्टाको चाल चाल्दा झ्याइ झ्याइ आवाज आउदा अझ बढी मिठास आउँछ ।
    यस कौराह गीतमा देव देवता र भगवान प्रति आस्था देखि चिनजान, माया प्रिति साइनो अनुसारको सम्मान, दु:ख सुख, खेतीपाती, वनजंगल, मेलापात, घाँस दाउरा, गोठालो जीवन, दैनिक जीवनमा घटेका विभिन्न किसिमको घटनाक्रमलाई क्रमबद्ध रुपना गीतको शब्द र भाका अनि अभिनय र नृत्यको माध्यमबाट मिलान विछोडको पीडाहरू र हाँसो ठट्यौली सबै समावेश गरिएको पाइन्छ ।
    Social links
    please follow and subscribe my social links
    UA-cam: / @hiranthapa
    Hiran Thapa
    email: hiranthapa135@gmail.com
    Facebook: www.facebook.c...
    Hiran Thapa
    Tiktok: www.tiktok.com...
    @hiranthapa9
    यस channel मा रहेको कुनै पनि video हरू copy, download गरि अन्य channelमा upload गरेको पाइएमा प्रचलित कानुन अनुसार कडा भन्दा कडा कारबाही गरिनेछ।
    Embedding to a website is allowed.
    Unauthorized downloading and uploading on any streaming platform is strictly prohibited & will attrack punitive measure from Hiran Thapa.
    Embedding to a website is allowed.

КОМЕНТАРІ • 3