Arju Rana भन्छिन- नेपाली Refuse बनेर भग्दा Nepali Passport कमजोर भयो || KP Oli || Society Nepal
Вставка
- Опубліковано 5 лют 2025
- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा प्रधानमन्त्री केपी ओलीको पछिल्ला विदेश भ्रमणबारे सरकारको तर्फबाट जवाफ दिन उपस्थित थिइन्, परराष्ट्रमन्त्री डा. आरजु राणा ।
बैठकको सुरुमै प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे १२ बुँदे र चीन भ्रमणबारे १३ बुँदे ब्रिफिङ गरिन् ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन जाने क्रममा ओलीले ४ देखि १४ असोजसम्म अमेरिका र १७ देखि २० मंसिरसम्म चीन भ्रमण गरेका थिए । ओलीको वर्तमान कार्यकालको पहिलो औपचारिक विदेश भ्रमण भने चीन हो ।
मन्त्री राणाले बीआरआईमा हस्ताक्षर गर्ने बित्तिकै ऋण लिनै पर्छ भन्ने बाध्यात्मक अवस्था नरहेको पनि बताइन् ।
कांग्रेसकै सांसदहरूले बीआरआईमा ऋण लिने गरी हस्ताक्षर गरिएको भन्दै संसदीय समितिमा प्रश्न उठाएका थिए । प्रधानमन्त्री ओलीलाई संसदीय समितिमा बोलाएर बीआरआई सम्झौताबारे सोध्नुपर्ने, बीआरआईका कागजात आधिकारिक रूपमा दिनुपर्ने लगायतका कुरा राखेका थिए । #societynepal #arjurana #kpsharmaoli #nepalindia #nepal #nepalchina #NepalIndiaRelationship #nepalchinarelationship #prachanda #sherbahadurdeuba #sjaishankar #narendramodi