दलित आन्दोलन र वैज्ञानिक समाजवादबारे आहुति

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • वर्तमानको नेपाली कम्युनिस्ट आन्दोलनमा एक सशक्त युवा नेताको रुपमा विश्वभक्त दुलाल आहुतिलाई लिने गरिन्छ । खास गरीकन उनी साहित्य र संस्कृतिको क्षेत्रमा अझ सशक्त ‘आइकोन’ कै रुपमा स्थापित छन् । उनी दलित मुक्ति आन्दोलनमा त झन उच्च सम्मानित नेताको रुपमा रहेका छन् । ‘नयाँ घर’ उपन्यास, ‘गहुँ गोरो अफ्रिका’ कविता सङ्ग्रह र ‘नेपाली समाजको वर्ग विश्लेषण’जस्तो समाजशास्त्रीय पुस्तकलगायत थुप्रै साहित्यिक, साँस्कृतिक, राजनीतिक एवं बिचारधारात्मक लेख रचनाहरु लेखेर आफूलाई अब्बल दर्जाका कवि, आख्यानकार र बिचारकका रुपमा स्थापित गर्न सफल उनी काठमाडौं उपत्यकाका एक रैथाने बहुप्रतिभाशाली युवा राजनीतिक नेता हुन् । नवयुवा कालमा तत्कालीन एक वामपार्टी ‘सर्वहारा श्रमिक संगठन’का सदस्यका रुपमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका उनी नेकपा (एकता केन्द्र), नेकपा (एकता केन्द्र मसाल) र एकीकृत नेपाल कम्युनिस्ट पार्टी, माओवादी केन्द्र हुँदै अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा एक माथिल्लो स्तरका नेताका रुपमा रहेका छन् ।

КОМЕНТАРІ • 44