उ जस्तै उ र म जस्तै म "छोरी र म" | Introducing - Aarshavi Thapa | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Produced by BINOD ADHIKARI
    अक्सर हामी सन्तानलाई सबैकुरा सिकाउँछौ । हिड्न, बोल्न, लडे उठ्न । सुसंस्कृत हुन । सकेजति सबै सिकाउँदै जादा भुल्छौं पनि की हामी उनीहरुबाट कति सिकिरहेका छौं । मलाई लाग्छ मैले आमा भएर मेरी छोरीलाई जे जति सिकाएँ , त्यतिनै वा त्यो भन्दा बढी उ बाट सिकें पनि । उ छोरी भएर जन्मिदा उस्को आमा भएर म पनि त जन्मिएँ । हामी संग संगै हुर्कियौ । संगसंगै बढ्दैछौं । उस्को व्यवहार, उस्का कुराहरुले कहिले कसो मन भारी हुन्छ , फेरि उही नै हो जस्को कारण मन आनन्दित हुन्छ । संसारको लागि उ फगत एउटी बच्चा । तर मेरो लागि सिंगो संसार हो मेरी छोरी । जो म संग हुर्किदै छे । जो संग म हुर्किदै छु । यो उस्को र मेरो कविता मात्र होईन । यो हामी हौं । उ जस्तै उ र म जस्तै म । छोरी र म ...
    छोरी र म...
    कहिले कसो समय हुन्छ
    उनले र मैले सँगै बिताउन
    कहिले कसो साँझहरुले
    यात्रामा साथको निम्तो दिन्छन्
    कहिलेकसो दुई जोर पाइतालाले
    सँगसँगै गोरेटो कुल्चँदै हिँड्छन्
    यसरी टहल्दा अक्सर हामी
    खुब चलायमान हुन्छौं
    उसका गोडाहरु दौडिरहन्छन्
    मेरा पाइलाहरु निस्सन्देह पछ्याइरहन्छन्
    उसका ओठहरु बोलिरहन्छन्
    मेरा कानहरु चुपचाप सुनिरहन्छन्
    ऊ प्रश्नहरु सोधिरहन्छे
    मेरा मस्तिष्क सोचिरहन्छ
    मामु है यो 'अर्थ' किन छ ?
    रुख किन छ ?
    घर किन छ !
    हामी किन छ ?
    मामु यो 'होल इन्टायर वर्ल्ड' किन छ ?
    उसको मस्तिष्कभरि कलिला प्रश्न छन्
    मेरो मस्तिष्कमा चाहिं
    उसका प्रश्नलाई पुग्ने कसिला उत्तर छैनन्
    त्यसैले अक्सर नाजवाफ हुन्छु
    मात्र मुस्कुराउँछु
    मुस्कुराउनु उत्तर नहुनु होइन
    मौन बस्नु जबाफ नदिनु पनि त होइन
    उसको तुलनामा निक्कै बुढो भइसकेको
    मेरो मस्तिष्कलाई थाह छ
    कि जहाँ जस्तो जवाफ हुन्छ
    त्यहाँ त्यस्तै सवाल जरुर हुन्छ
    तर थाहै छैन
    जहाँ यति कमलो सवाल हुन्छ
    त्यहाँ त्यत्तिकै कलिलो जवाफ किन हुँदैन ?
    दुनियाँदारीका नियम बुझाउने
    रुखै जत्तिका रुखा जवाफ
    काठै जत्तिका कठोर जबाफ
    म उसलाई कसरी दिऊँ ?
    फेरि मुस्कानले उधारो राखेर जबाफ
    केवल नाजबाफ पनि कसरी बनूँ ?
    मामु हजुरले भनेको है
    हामी फ्यानिलीमा मिलेर बस्नुपर्छ
    सबैलाई माया गर्नुपर्छ
    झगडा गर्नुहुँदैन
    तर है
    म र दादा कति मिल्थ्यौँ
    आमाबुबाले मलाई कति माया गरिसिन्थ्यो
    फेरि सबै सबैलाई छोडेर
    हामी यति टाढा किन आको ?
    हामी सबैजना सँगै किन नभाको ?
    कहिलेकाहीँ प्रश्नहरुले
    मस्तिष्क मात्र हल्लाउँदैनन्
    अस्तित्व नै हल्लाइदिन्छ
    ऊ त मलाई सोध्छे
    म पो कसलाई सोधूँ ?
    देश छोडेर परदेश
    सँच्चै हामी किन होला आको ?
    घरदेश हुँदाहुँदै हामी
    प...रदेशी किन होला भाको ?
    भन्नलाई त भनिदिन्छु सजिलै
    उसैको उज्यालो भविष्यका लागि
    तर यो कलिलो मस्तिष्क
    जसको वर्तमानमा यस्ता पीडा छन्
    जसलाई आफ्नो आँगनको माटोसँग
    खेल्नै पुगेको छैन
    जसलाई हजुरबुबा हजुरआमासँग
    लाडिनै पुगेको छैन
    उसको भविष्यको चिन्ताले नै हो त ?
    हामी परदेश आको ?
    खासमा आफ्नै वर्तमानको पिरले
    होइन र यहाँसम्म डोर्‍याएको ?
    ऊ सम्झिरहन्छे साथीहरुसँग स्कुल गाको
    सम्झिरहन्छे दशैंतिहार र चाडबाड मनाको
    मामु है मलाई क्रिश्मय मन पर्छ
    सो फ़ार हलोईन पनि राम्रो छ
    तर मैले होली कत्ति मिस गर्छु
    किन कसैले थाह पाउँदैन ?
    मामु भन्नुस् न,
    यहाँ होली किन कहिल्यै आउँदैन ?
    म थाह पाउँछु नि
    थाह पाउँछु होली सम्झेर उसको चित्त भारी भाको
    थाह पाउँछु उसलाई दुख्ने हर दुखले भित्री मन बिझाको
    आउने भए त ल्याइदिन्थें,
    उसको फेवरेट होली पनि यही
    हुने भए पोतिदिन्थे,
    खुसीका रंगहरु जहिंतहीं
    तर आउँदैन होली यता,
    मात्र उसको प्रश्नको आउँछ
    तीज, तिहार, दशैं, औंशी
    सबसबले परको देश सम्झाउँछ
    मामु है सबैतिर रुखहरु किन ग्रिन हुन्छ
    आफ्टर एभ्री नाइट, किन दिन हुन्छ ?
    नेचरको रुल चाहिं सबै ठाउँमा सेम
    हाम्रो पनि सबैतिर त्यस्तै बनाए हुन्न ?
    म मेरो साथीहरुको फ़ेस्टिवल मनाउँछु
    त्यस्तै गरी उनीहरुले पनि हाम्रो मनाए हुन्न ?
    हामीलाई थाहा नभाको उनीहरुले सिकाउँछ
    उनीहरुलाई पनि हामी हाम्रो सिकाऊँ
    कलर त सबैलाई मन पर्छ नि मामु
    यो पालि सबै साथी मिलेर होली मनाऊँ
    उसको गुलाबी गालाको रंग
    चम्किलो उसको चेहराको तेज
    कसरी खुल्छ यति सहजै
    मानवता जोड्ने बन्धनको भेद ?
    उसको प्रश्नमा उसैको उत्तर
    जो गारो चिर्दै सजिलो बनाउँछ
    म आफ्नै विवेक फिक्का पाउँछु
    जब उसको विचार यसरी आउँछ
    ऊ छोरी भएर मात्रै जन्मिन मात्र
    उस्ले आमाको रुपमा मलाई जन्माई
    कति सजिला कति अप्ठ्यारा
    जीवन जगतका नियम बुझाई
    खाली नै त थिएन जीवन हिजो पनि
    तर ऊसँग अझै पूर्ण देख्दैछु म
    छोरी आफैंमा सुन्दर कविता हो मेरो
    प्रत्येक शब्दमा उस्लाई लेख्दैछु म
    #Amrita_Nepal #Namaste_Studio #छोरी_र_म

КОМЕНТАРІ • 34

  • @Aayunvideo
    @Aayunvideo 3 роки тому +2

    Wow

  • @entertainmentno.1623
    @entertainmentno.1623 2 роки тому +2

    Beautiful

  • @grishmatamrakar9435
    @grishmatamrakar9435 3 роки тому +1

    Waooo mann choyo ekdum .... 🥰🥰🥰🥰

  • @tejgiri9197
    @tejgiri9197 3 роки тому +2

    Very nice

  • @subalshrestha8285
    @subalshrestha8285 3 роки тому +1

    omg .. so touchy .. nirdoshima doshi aakhir ko?? ..One of the favourite dialogue till to date.

  • @surendrasanjel517
    @surendrasanjel517 4 роки тому +3

    Wow I love it

  • @prempande2525
    @prempande2525 2 роки тому

    Wow!!! kati mitha sabdaharu Vauju..., heart touchable words

  • @rajitakarki4383
    @rajitakarki4383 4 роки тому +3

    wow!!!

  • @neelamkafle5806
    @neelamkafle5806 4 роки тому +2

    So fortunate daughter

  • @ranjitashresth6505
    @ranjitashresth6505 4 роки тому +3

    Wow di very nice 😍

  • @pradiprodan
    @pradiprodan 4 роки тому +3

    कस्तो मीठो 😍😍 आशीर्वाद छ नानुलाई

  • @shiva_gautam24
    @shiva_gautam24 3 роки тому +1

    Kati sundar episode Didi 😍

  • @ishwarupreti6479
    @ishwarupreti6479 3 роки тому +1

    Very Nice

  • @samjhanasubedi5827
    @samjhanasubedi5827 3 роки тому

    Sweet !!

  • @chandanichand67
    @chandanichand67 3 роки тому +1

    Wow didi man choyo

  • @azaysubedi9636
    @azaysubedi9636 4 роки тому +2

    👏👏💝💝💞💞

  • @neelamkafle5806
    @neelamkafle5806 4 роки тому +2

    Sppechless

  • @ishwarupreti6479
    @ishwarupreti6479 4 роки тому +3

    Wow.. Wonderful dilouge between mom & nanu, keep it up Amrita Ji.

    • @aarushrithebest2465
      @aarushrithebest2465 3 роки тому

      Such a heart touching poetic dialogues between mom & daughter ! I saw my daughter in her daughter,

  • @im_rupak
    @im_rupak 4 роки тому +2

    Superb

  • @sumanthapaofficial6804
    @sumanthapaofficial6804 4 роки тому +3

    Wow! what a beautiful poem and how well the poem is presented in the audio-visual. Congratulations to the entire team . And thank you for such a good poem.

  • @jasperadhikaree3908
    @jasperadhikaree3908 3 роки тому

    daami

  • @roshanasubedi6503
    @roshanasubedi6503 4 роки тому +1

    साचैनै कति मन छुने छ आमाछोरिको प्रस्तुती।छोरी आफैमा एक कविता हो यो त झनै मर्मस्पर्शी ।धेरै धेरै शुभकामना दुबै आमाछोरीलाई ।

  • @Ilovedemonslayerandrblx
    @Ilovedemonslayerandrblx 4 роки тому +1

    Awesome 👏

  • @chhabianitya
    @chhabianitya 4 роки тому +2

    सबै सवालका अनुकूल जवाफ दिँदै गर्नु ।

  • @sunitabhatta4908
    @sunitabhatta4908 4 роки тому +3

    Nice

  • @ChiranTV
    @ChiranTV 4 роки тому +3

    ठ्याकै के भनेर लेख्नु मैले लेख्नै जानीन गहकिलो गज्जव मनछुने सरल सहज ठ्याक्कै मस्तिस्कमा लाग्ने परदेशमा हुनेहरुको त आखै रसाउने परदेश लाई घरदेस बनाउने हरुलाई सोच्न बाध्य बनाउने हजुरको कविता creative

  • @nisijamusicentertainments3867
    @nisijamusicentertainments3867 2 роки тому

    तपाईको यो च्यानलबाट धेरै कुराहरु सिक्न पाउने छौ भन्ने आसा सहित तपाईलाई पनि नयाँ नयाँ साहित्य सृजनाहरुको लागी शुभ-कामना ।

  • @aaryafootage2090
    @aaryafootage2090 4 роки тому +2

    it must be in English too

  • @abiraltimalsina3508
    @abiraltimalsina3508 3 роки тому +1

    Hajur le anuj lai chinnu huncha ma anuj. Ko parne bhanja

  • @ashashrestha2684
    @ashashrestha2684 4 роки тому +4

    परदेशमा हुनुको पीडा ...अनी नानुको प्रश्न ! साह्रै मन छोयो म्याम...🙏😍😌😍🙏

  • @nisharokka3789
    @nisharokka3789 4 роки тому +1

    Nani ko prasna sachai gahiro xa jasko jawaf Dina garo xa😐

  • @Manisha41363
    @Manisha41363 4 роки тому +2

    Wow