डियर कोरोना | Dear Corona | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #Nepalipoet #Nepalipoem #AmritaNepal #NamasteStudio
    Video : Binod Adhikari ( Namaste Studio)
    Poem : Amrita Nepal
    डियर कोरोना
    मोबाइलमा ‘सेट’ गरेर ‘अलराम’
    बजेनु अघि नै बिउँझने आखा
    हिजोको थकान यथावत हुँदा-हुँदै
    आजको तयारीमा जुट्थ्यो अल्छी शरीर
    यो गर्नु छ
    त्यो गर्नु छ
    त्यो पनि त गर्नु छ भन्दै
    दौडिरहेको मस्तिष्कमा
    अचानक ‘ब्रेक’ लागेपछि थाहा भयो
    रफ्तार जिन्दगीको,
    रोकिए पनि शरीर
    मस्तिष्क अझै नियन्त्रणमा छैन ।
    र त
    कुदुन्जेल कति कुद्नु भन्ने गुनासो बोकेर
    कुदिरहेको म
    अचेल ‘कति बस्नू !’ भन्ने गुनासो
    काखी च्यापेर बसिरहेछु
    लाग्दैछ, म जिन्दगी होइन
    गुनासो बाँचिरहेथें ।
    हर बिहान, दिन, साँझ अनि रातमा
    कहिले रहरले
    कहिले करले
    आफ्नो छाती कुल्चिरहेको
    सहने बानी परेको मलाई
    अहिलेको आरामले
    झसंग-झसंग झस्काउँदै छ
    सोच्दै छु
    सोध्दै छु आफैँसँग
    कुन शक्तिको प्रताप हो यो ?
    अचेल त म सास पनि बडो फुर्सदले फेर्छु ।
    खुल्लामा, बन्दमा भीडमा वा कतै
    नभेट्नू अरूलाई भन्ने आदेश दिएरै
    समयले सम्बन्ध बिच्छेद गर भन्दैछ
    म मान्दैछु
    तिमी ‘माया लाग्दैन मेरो ?’ भन्छौ
    लाग्छ र त छुट्टिदै छु
    अहो ! कति फरक भयो
    प्रेमको पनि परिभाषा है ?
    प्रेम छ भने परै बस
    परै बस प्रेम छ भने अरूसँग
    परै बस प्रेम छ भने आफैंसँग ।
    अचेल पो बल्ल आफ्नाहरूको
    आफ्नो हुने समय आएछ
    परिवार, परिवारजस्तो भएछ
    नानीहरू खेलिरहेछन् बाबासँग
    छोराहरू गफिदैछन् आमासँग
    प्रार्थनामा हजुरआमाहरु भनिरहेछन्-
    ‘जसरी भयो, राम्रो त भएन
    तर जे हुँदैछ, राम्रो हुँदैछ
    यो राम्रोलाई जतन गरेर राख्नू !’
    गाउँले फेरि देख्न पाएको छ
    सहर पसेको सन्ततिलाई
    सहरले शान्ति पाएको छ एकछिन
    एक्लै हुनेहरू एक्लै-एक्लै भए
    र, त नियाल्ने फुर्सद मिलेको छ
    आफैंभित्रको विशाल ब्रम्हाण्ड
    खोज्ने समय पाएका छन्-
    सब पाएर पनि नपाइएको खुशी
    यो खोजमा तिमीले के के भेट्टायौ ?
    म देख्दैछु नजिकबाट
    टिप्न छुटेका उमंगहरु
    समाउन छुटेका हातहरु
    बाँच्न बिर्सिएका पलहरु
    समय ‘लक डाउन’ भनेको यो वेला
    विश्व नै ‘लक डाउन’ भएको यो समय
    म दौडिरहेछु आफैंभित्रको म्याराथन
    भेट्टाउनु छ जिन्दगी
    सिक्नु छ जिउने कला
    तिमी पनि सिक
    एक निमेष पनि खेर नफाली सिक
    भ्रमको खेती बन्द गरेर
    श्रमको खेती सिक
    त्रासमा सास फेर्न छोडेर
    आशको विरूवा उमार्न सिक
    भोलि यो बेला बित्छ जरूर
    अनि फेरि सुरू हुनेछ
    भागदौड जिन्दगीको
    अनि आउने छैन फर्किएर
    बाँच्न सिकाउन फेरि
    मृत्युको यस्तै डर
    कोरोना बनेर ।
    जिन्दगी त हरेक पलमा सुन्दर नै छ
    बाँच यसलाई
    र भनिदेऊ उसलाई
    डियर कोरोना
    तिमी त मार्न भनी आएका थियौ
    तर हेर यहाँ
    म त जिन्दगी बाँच्न सिकिरहेछु
    हामी जिन्दगी बाँच्न सिकिरहेछौं ।
    #DearCorona #Nepalipoem #AmritaNepal #
    Video : Binod Adhikari ( Namaste Studio)
    Poem : Amrita Nepal

КОМЕНТАРІ • 18

  • @swikriteepokhrel9983
    @swikriteepokhrel9983 4 роки тому +2

    आहा! कति राम्रो कबिता अनि बाचन शैली 😊😊🌷🌷

  • @sabinneupane5943
    @sabinneupane5943 4 роки тому +2

    wow didi ek dum ramro xa

  • @MurchungaTV
    @MurchungaTV 4 роки тому +2

    Nice Creation !!!

  • @rajendraacharya9586
    @rajendraacharya9586 4 роки тому +1

    सुन्दर शब्द अनि माधुर्य स्वरको समिस्रण 👍️🎤👏

    • @WordsWorld
      @WordsWorld  4 роки тому

      Rajendra Acharya thank you 😊

  • @samirashrestha5184
    @samirashrestha5184 4 роки тому +1

    Just amazing

  • @rujolin5746
    @rujolin5746 4 роки тому +2

    It will bring you far away di 😍😍🙏🙏🙏

  • @mithleshkumaryadav1233
    @mithleshkumaryadav1233 4 роки тому +1

    Dear corona😀🔥

  • @unknownrose9907
    @unknownrose9907 4 роки тому +2

    WOW kabi ko kabita sandarvik lagyo

  • @vismasvlogs1301
    @vismasvlogs1301 4 роки тому +1

    Your words world really have powerful words. Sweet presentation with simply the best quality. Plz keep up👌🏿

    • @WordsWorld
      @WordsWorld  4 роки тому

      Visma Gurung thank you so much 😊

  • @swostikadhakalofficial9901
    @swostikadhakalofficial9901 4 роки тому +3

    Wow, it's called power of positivity 😍😍😘

  • @kalaanuragi
    @kalaanuragi 4 роки тому +2

    Positive vibes ! Power of the words !

  • @nisharokka3789
    @nisharokka3789 4 роки тому +2

    Dear corona 😍

  • @binitabidari4909
    @binitabidari4909 4 роки тому +3

    1st viewer 🧐🧐🧐

  • @nilishaverma1145
    @nilishaverma1145 4 роки тому +3

    Dear Corona,
    Timi yaha maarna aa thyau kya re tara hera yaha hami jindagi baachna sikhi raheka xau❤