कसौँडीको भात (संस्करण २) | गीतः रामबाबु सुवेदी | सङ्गीतः मिलन तिमल्सिना | गायनः पूर्णकला बीसी
Вставка
- Опубліковано 31 січ 2025
- गीतकार रामबाबु सुवेदीको परिचयः
------------------------------------------------------------------------------------------------------
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँडीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौँको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैँतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
------------------------------------------------
सङ्गीतकारको परिचयः
--------------------------------------------------
गीतः
कसौँडीको भात
सिता खातैखात
त्यो खातलाई पस्कने
पनियाको पात
कसौँडीको भात
सिता खातैखात
भात खाने बेलामा
धुनुपर्छ हात
कसौँडीको भात
सिता खातैखात
भात खाने बेलामा
मार्नुहुन्न बात
------------------------------------------------
भिडियो प्रायोजकको परिचयः
------------------------------------------------
वीरबहादुर विश्वकर्माकाे जन्मस्थल हंसपुर हाे। हंसपुर कास्की जिल्लाकाे रूपा गाउँपालिकामा पर्छ।
वीरबहादुरकी आमाको नाम तुलसीमाया विश्वकर्मा हाे र पिताको नाम शेरबहादुर विश्वकर्मा । वीरबहादुरले साधारण शिक्षा हासिल गर्नुभएकाे छ। उहाँकाे जन्म २००३/०३/०४ मा भएकाे हाे। उहाँ हाल टोखा नगरपालिका, वार्ड न ७, मैजुहिटी ग्रीनलैन्ड, काठमाडाैँमा बस्नुहुन्छ। सुनचाँदी व्यवसाय गर्नुहुन्छ। २०६७ मा उहाँले हंसपुर छोड्नुभएकाे हाे। उहाँकाे जीवनकाे लक्ष्य सक्षम र इमान्दार व्यवसायी बन्ने छ। सदा सामाजिक काममा समर्पित वीरबहादुरजी हँसिलाे,रसिलाे र फरासिलाे हुनुहुन्छ।
सर्वाधिकार ©रामबाबु सुवेदी, २०८०
#Kasaundi_ko_Bhat
#रामबाबु_सुवेदी #rambabu_subedi