Third Biggest destructive flood after 2038/2072 2081 Asoj 12 ||तेस्रो ठुलो बिनाशकारी बाढी||Dupdate||

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • Third Biggest destructive flood after 2038/2072 2081 Asoj 12
    २०३८/२०७२ पछिको तेस्रो ठुलो बिनाशकारी बाढी २०८१आसोज १२
    #news #newsupdate #newstatus #highlights #followme #everyone #flowers #flooding #floodnepal #floodnews #floodlight
    अविरल वर्षाका कारण देशमा जताततै बाढी, पहिरो, को जोखिम उच्च छ ! सबै आफ्नो, आफ्नो ठाउँमा सुरक्षित रहौं ! !
    विपतमा परेकालाई सक्दो सहयोग गरौं
    मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ । बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएका छन् । अविरल वर्षासँगै काठमाडौँका बागमतीलगायत नदीमा बाढी उर्लिएको छ । खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको बढीको मृत्यु भएको छ । केही हराइरहेका छन् भने खोजी कार्य पनि जारी छ । बाढीमा फसेका केहीले उद्धारका लागि हारगुहार गरिरहेका छन् । त्यसका लागि काठमाडौैं महानगरपालिकालगायतबाट रेस्क्यू टोली पनि परिचालन भएका छन् । बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ । चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ । पुलका खम्बा ढलेका छन् । यसैगरी च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । बाढीले थापाथली र कुपन्डोल आसपासका तटीय क्षेत्रलगायत सडकहरुपनिजलमग्न भएको छ ।जनजीवन अस्तव्यस्त छ ।अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पनि प्रभावित भएको छ ।

КОМЕНТАРІ • 3