#SoftTalk
Вставка
- Опубліковано 4 гру 2024
- खास गरी वि सं २०४६ पछिको राजनीतिक नेतृत्व देशको रक्षा, राष्ट्रिय सुरक्षाप्रति पटक्कै संवेदनशील देखिएको छैन ।
वि सं २०४६ को परिवर्तनपछि करिब १ दशकसम्म राष्ट्रिय सेनालाई राजाको सेना भनेर असाध्यै हेला गरियो ।
राष्ट्रिय सुरक्षाको केन्द्रमा रहेको नेपाली सेना, प्रहरी र अर्धसैनिक बल तथा विज्ञहरूसँग राष्ट्रिय सुरक्षासम्बन्धमा विमर्श गर्ने, सल्लाह-सुझाव ग्रहण गर्ने गरिएको छैन ।
अग्निपथ योजना सम्बन्धमा त्यति नकारात्मक हुनुपर्ने म देख्दिन । इण्डियामा भर्ति हुने युवाहरूले पनि विप्रेषण नै ल्याउने हो, खाडी, मलेशियामा काम गर्ने नेपालीहरूले पनि विप्रेषण नै ल्याउने हो । तुलनात्मक रूपमा भारतमा नेपालीहरूको सैनिक सेवा नै सुरक्षित होला। जहाँसम्म त्रिपक्षीय सम्झौता उल्लङ्घनको कुरा छ, त्यस सम्बन्धमा नेपालको राजनीतिक नेतृत्वले इण्डियासँग संवाद गर्नुपर्छ। चारवर्ष सेवा गरेर आउने जवानहरूका कारण समाजमा सुरक्षा चुनौती बढ्ने सम्बन्धमा कुरा गरिन्छ। बिर्सन नहुने कुरा के हो भने भने तालीमप्राप्त युवाहरू अनुशासित पनि हुन्छन्।
इण्डियासँगको सैन्य कूटनीतिको सदुपयोग नेपालले गर्न सकेको छैन। वर्तमान नेपालको सैन्य कूटनीतिको एकमात्र सकारात्मक पक्ष भनेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा नेपालको सहभागिता हो।
नेपालले deterrence capability विकास गर्नु अत्यावश्यक देखिन्छ। यस्तो capability विकास भइसकेपछि हामी हाम्रा दुइ छिमेकीलाई भन्न सक्छौँ: हाम्रो भूमिबाट तिमीहरूको सुरक्षामा कुनै खतरा छैन। उनीहरूलाई आश्वस्त पार्न सक्छौँ।
बेलाबेलामा नेपाली सेनाको संख्या कटौतीका आवाजहरू उठ्छन्। हाम्रो ध्यान सेनाको क्षमता अभिवृद्धि गर्नेमा, सेनालाई बलियो बनाउनेमा केन्द्रित हुनुपर्छ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले अनिवार्य सैनिक सेवाको कुरा गर्नुभएको थियो।
नेपालमा युवाहरूले अनिवार्य सैन्य तालीम लिनुपर्ने अनि देशलाई आवश्यक परेको बेला सेवा दिने व्यवस्था गर्न सकिन्छ। तालीमप्राप्त युवाहरूलाई देशको रक्षा/सुरक्षामा, राष्ट्रनिर्माणमा परिचालन गर्न सकिन्छ।
यी र यस्तै विषयहरूमा संवाद गरेको छौँ नेपाली सेनाका सहायक रथी (सेवानिवृत्त) केशर बहादुर भण्डारीसँग।
विज्ञको संक्षिप्त परिचय
सहायक रथी भण्डारी (PhD) ले ३४ वर्ष सैन्य सेवा गर्नुभएको छ। यसै क्रममा अफगानिस्तान र पाकिस्तानका लागि संयुक्त राष्ट्रसंघको सैन्य सल्लाहकारको रूपमा कार्य गर्नुभएको छ।
राष्ट्रिय सुरक्षा परिषद सचिवालयसँग सम्बद्ध रहेर उहाँले नेपालको पहिलो राष्ट्रिय सुरक्षा नीतिको खाका तयार पार्नुभएको हो। उहाँ राष्ट्रिय सुरक्षा विश्लेषकको रूपमा पनि कार्यरत हुनुहुन्छ। विभिन्न जर्नलहरू र पत्रपत्रिकाहरूमा उहाँका लेखहरू प्रकाशित छन्।
सहायक रथी भण्डारीका २ पुस्तक प्रकाशित छन्। उहाँ विभिन्न विश्वविद्यालय र सुरक्षा प्रतिष्ठानहरूमा सेवारत हुनुहुन्छ।
च्यानललाई सहयोग गर्नुहोस्
नागरिक पत्रकारिताको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित यस च्यानललाई सब्स्क्राइब गर्नुहुन, प्रस्तुतिहरूबारे सुझाव, सल्लाह दिनुहुन र हाम्रा प्रयासहरूलाई लाइक गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।