Activities planned for Nepal Day 2024
Вставка
- Опубліковано 8 лют 2025
- यसपाली एन सी एन सी को नेपाल डे कसरी मनाइदै छ होला ?
यसपालीका आकर्षणहरू के-के होलान् त ?
तपाईंहरु पनि जान्न पक्कै इच्छुक हुनुहुन्छ होला।
चर्च स्ट्रिट पार्कमा बिहानै सात बजेबाट रक्तदान सहित सुरु हुने नेपाल डेमा बिगतका वर्षहरुमा जस्तै बिहानको साढे १० बजे चर्च स्ट्रिट पार्क परिसरमा साँस्कृतिक झाँकी र भेषभूषा सहितको परेड आयोजना गरिनेछ। त्यसपछि स्थानीय निकायका सरकारी पदाधिकारीहरुको उपस्थितिमा आयोजना हुने औपचारिक कार्यक्रम सकिएपछि विविध आकर्षक प्रस्तुतिहरु सहितको सांस्कृतिक कार्यक्रम गरिनेछ ।
यो त पहिले पनि देख्नु भएकै हो यो वर्ष भने कार्यक्रमको अन्तिममा लाइभ ब्याण्ड र डि जेले सबैलाई मस्तले नचाउनेछन्।
त्यति मात्र कहाँ हो र?
खानाका सौखिनहरुलाई मोमो र छोइलादेखि योमरी र जुजुधौसम्म उपलव्ध हुनेछ। नेपाली हस्तकलाका सामान होस् कि भाइरल सारी सबै एकै ठाउँमा पाइनेछ।
यसपाली त ठुलाहरुको लागि पनि विभिन्न गेमहरु हुनेछन्।
बच्चाहरुको चिन्तै नगर्नुस् बाउनन्सी हाउसमा उफ्रिनेदेखि फायर ट्रकमा चढेर फोटो खिच्नसक्नेछन्। फेस पेन्टिंग गर्नेदेखि आइस क्रिम ट्रकको मज्जा लिन सक्नेछन् ।
दानको कुरा गर्नु हुन्छ भने तपाईंको कला, समय, र पैसादानले एन सी एन सीलाई सहयोग गर्दै आउनु भएको छ नै, अघि भने जस्तै यसपालीको नेपाल डेमा रक्तदान गरेर अरुको जीवन बचाउन पनि सक्नुहुनेछ।
यस्तो रमाइलो कार्यक्रममा सबै जना आउनुस है!
अप्रिल २० मा
मोरिस्भिलमा
#ncnc #ncncevent #nepalday #nepal #nepali #celebratenepal #nepalievent #visitnepal #nepalinewyear #RTP #northcarolina #carolina #morrisville