Pilgrimage to Tsangkhala (Kabilas, Nuwakot) - Holy place of Guru Rinpoche

Поділитися
Вставка
  • Опубліковано 25 січ 2021
  • नुवाकोटमा रहेका गुरू रिन्पोचे (पद्मसंभव) का तीर्थस्थल:-
    गुरू रिन्पोचे (पद्मसंभव) ले तिमालको यारीनागमा कालो यक्षको दमन गरे पश्चात् तिब्बत तिर प्रस्थान गर्ने क्रममा नुवाकोट क्षेत्रमा पाल्नु भई विभिन्न स्थानहरूमा ध्यान गर्नु भएको र ‘ख्येपर फाक्पे रिग्जिन’ को रूप धारण गर्नु भई थुप्रै दुष्टहरूलाई वशमा पारी बुद्ध धर्म रक्षाको लागि बाचा बन्धनमा बाँध्नु भएको थियो। यस बारेमा फर्च्या लम्सेल (བར་ཆད་ལམ་སེལ) मा समेत उल्लेख भए अनुसार क्याब्ज्ये छ्याड्रल रिन्पोछे (སྐྱབས་རྗེ་བྱ་བྲལ་རིན་པོ་ཆེ་) लगायत त्यस अघिको गुरू कथोग् रिग्जिन छेवाङ नोर्बु ज्युले पनि गुरू रिम्पोछेका यी पवित्र तीर्थहरू पत्ता लगाई चिनाउँनु भएको रहेछ।
    ✨चाङखाला | གཙང་ཁ་ལ་ (कपिलेश्वर महादेव):- नुवाकोट जिल्लाको पञ्चकन्या गाँउपालिका, वडा नं. २ को कविलासको डाँडामा रहेको गुरू रिन्पोचेको (पद्मसंभव) यस पवित्र तीर्थस्थानको बारेमा फर्च्या लम्सेल (བར་ཆད་ལམ་སེལ) मा यसरी वर्णन गरिएको छ:-
    གཙང་ཁ་ལ་ཡི་ལ་ཐོག་ཏུ༔
    དགྲ་ལྷའི་དགེ་བསྙེན་དམ་ལ་བཏགས༔
    उपरोक्त श्लोकमा यस पवित्र धार्मिक स्थानमा गुरू रिम्पोछे पाल्नु भई ‘डाल्हा गेञ्येन’ भन्ने शत्रुहरूको देवतालाई वशमा पारेर बुद्ध धर्मको बाटोमा लाग्न र धर्म रक्षा गर्ने बाचा गराउँनु भएको लीला उल्लेख भएको छ। लिखु खोला र टाढी खोलाको माझमा अवस्थित डाँडाको शिखरमै रहेकोले यसको नाम चाङखाला (चाङ=खोला, खा=माथि, ला=टुप्पो) रहन गएको भनाई रहेछ। यस आसपासमा नाट्येश्वर महादेव, राक्षेश्वर महादेव को पनि दर्शन गर्न सकिन्छ।
    ✨ गुरू रिम्पोछेको डुब्खाङ (चमेरो गुफा) :- चाङखाला को डाँडाको पश्चिम पट्टि तल्लो भागमा गुरू रिम्पोछे तथा येसे छ्योग्येलले ध्यान गर्नु भएको गुफा रहेको छ। भित्र पस्ने शुरूको द्वार साँघुरो भए तापनि भित्र चाँहि खुल्ला रहेको र त्यहाँ चमेरोहरू पनि भएकोले जनमानस बीच यो गुफा ‘चमेरो गुफा’ ले परिचित छ। गुफा भित्रको चट्टानमा अनेकौं अनौंठो आकृतिहरू देख्न पाइन्छ भने भित्र हिउँदोमा पनि गर्मी महसुस हुने गर्दछ। यहाँ भित्रैबाट चाङ्खालाको टुप्पोमा र देवीघाट सम्म पुग्न सकिने छुट्टाछुट्टै बाटो रहेको कथन भए पनि प्रमाणित हुन बाँकी रहेछ।
    ✨छवारोङ वा छवीछस्यो | ཚ་བའི་ཚ་ཤོད་ (देवीघाट):- नुवाकोटकै बिदुर नगरपालिका स्थित टाडी र त्रिशुली नदीको संगममा रहेको देवीघाटमा पर्ने गुरू रिन्पोचेको यस पवित्र तीर्थस्थानको बारेमा पनि फर्च्या लम्सेल (བར་ཆད་ལམ་སེལ) मा गरिएको वर्णन यस्तो छ:-
    ཡུལ་ནི་ཚ་བའི་ཚ་ཤོད་དུ༔
    ལྷ་ཡི་དགེ་བསྙེན་དྲེགས་པ་ཅན༔
    ཉི་ཤུ་རྩ་གཅིག་དམ་ལ་བཏགས༔
    अर्थात अति गर्मी हुने स्थानमा गुरू रिम्पोछेले २१ वटा देवताका उग्र गेञेनहरूलाई बाचा बन्धनमा बाँध्नु भएको उल्लेख भएको छ। भोटको चिसो ठाँउबाट यस ठाँऊमा पुग्दा ह्वात्तै गर्मी हुने भएकोले नै यस ठाँऊलाई छवारोङ (छवा=तातो, रोङ=बेशी) वा छवीछस्यो (अति तातो) भनिएको हुन सक्छ। यसै देवीघाटमा राजा पृथ्वीनारायण शाहको दाहसंस्कार पनि गरिएको थियो भने दाहसंस्कार गरिएको ढुंगा अझै पनि सुरक्षित राखिएको छ।
    🚌 कसरी पुग्ने :- चाङ्खाला (कविलास) पुग्नको लागि काठमाडौंबाट टोखा-नुवाकोट राजमार्गको छहरे पुगेपछि राजमार्ग छाडेर दाँया मोडिन्दै लिखु खोलाको पुल पार गरे पछि उकालो अफरोड बाटो लाग्नु पर्छ। यस्तै १५-२० मिनेटको उकालो कटी सक्ने बेलामा ठुलो बाटो नपछ्याईकन बाँया तिरको सानो बाटो जानु पर्छ र केही बेरमै दुईटा ठुलो रूख भएको भञ्ज्याङमा पुगिन्छ। काठमाडौंबाट यहाँसम्मको ४० किलोमीटरको दुरी चाँहि गाडीमा लगभग २.३० घण्टामा पुगिन्छ। भञ्ज्याङबाट अझै २०-२५ मिनेट को ठाडै उकालो हिँडे पछि मात्र चाङ्खाला पुगिन्छ। पुन: भञ्ज्याङ झरे पछि चमेरो गुफा सम्म पुग्ने छुट्टै बाटो छ। तर बाटो चाँहि धेरै साँघुरो छ, सिर्फ एउटा मात्र गाडी अट्ने। चमेरो गुफा पुगे पछि चाँहि केही क्षण तल गए पछि पिच बाटो भेटिन्छ। र त्यो बाटो पछ्याउँदै जाँदा रसुवागढी जाने राजमार्ग भेटिन्छ। अनि बिदुर बजार पुगेर पुल पार गर्नु भन्दा अगाडि दाँयाबाट छिर्दा देवीघाट (छावारोङ) पुगिन्छ। यस पछि गल्छी नौबिसे हुँदै आए पनि हुन्छ (राम्रो तर लामो बाटो) अथवा पुन: अघि आएकै बाटो अलि फर्किएर रानीपौवाको बाटो अथवा टोखै भएर पनि फर्किन सकिन्छ (ठाडो र घुमाउरो तर छोटो बाटो)।
    अस्तु! गुरू रिम्पोछेले सबको रक्षा गरून्!!

КОМЕНТАРІ •