छातीको संक्रमण,लक्षण तथा रोकथामका उपाय? चिसोमा दम रोग लाग्ने जोखिम कत्तिको हुन्छ? Norvic! Dr. Achyut

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • चिसोका कारण मानिसमा छातीको संक्रमणको जोखिम पनि बढ्दो छ । यस्ता संक्रमण घट्दो तापक्रमका कारण शरद ऋतु तथा जाडो मौसममा बढी हुने गर्दछ । धेरैजसो छातीका संक्रमण आफैं निको भएर जाने खालको हुन्छ । कुुनै कुनै छातीको संक्रमण जटिलता निम्त्याउनुका साथै मानिसको मृत्यु समेत हुने गर्छ ।
    छातीको संक्रमणका लक्षणः
    छातीको संक्रमणका विभिन्न लक्षण हुन्छन् । त्यस प्रमुख लक्षण यी हुन् ।
    -खोकी निरन्तर लाग्नु
    -खकारसहितको रगत आउनु वा खकार पहेँलो हुनु
    -स्वाँ-स्वाँ हुनु वा ढुकढुकी बढ्नु
    -ज्वरो आउनु
    -छाती दुख्नु वा पीडा हुनु
    -कुनै कुरामा मन नलाग्नु
    छातीको संक्रमण हुने प्रमुख कारणः
    फोक्सो वा स्वास-प्रस्वास नलीमा हुने संक्रमण नै छातीको संक्रमण हो । जसले गर्दा निमोनिया, ब्रोङ्काइटिस जस्ता जटिल समस्या निम्तिन्छ ।
    ब्रोङ्काइटिसको संक्रमण भाइरसका कारण हुने गर्छ भने निमोनियाको संक्रमण व्याक्टेरियाका कारण हुन्छ । संक्रमित व्यक्तिले हाच्छ्युँ गरे तथा खोकेसँगै यस्ता संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ ।
    यदि कुनै संक्रमित व्यक्तिले अन्य कुनै व्यक्तिको नजिक गएर वा अन्यको हातमा हाच्छ्युँ गरेमा पनि सर्ने गर्दछ ।
    यस्ता संक्रमण जो कसैलाई हुनसक्छ । तर त्यसको जोखिममा यी समूह बढी रहने गर्दछन् ।
    -नवजात शिशु तथा बालबालिका
    -मोटोपना भएका व्यक्ति
    -बृद्धबृद्धा
    -गर्भवती महिला
    -धुम्रपानकर्ता
    -दम तथा मुटु रोगी
    -मधुमेह, मृगौला सम्बन्धी रोग लागेका लगायत स्वास प्रस्वास सम्बन्धि समस्या भएका तथा रोगसित लड्ने रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई पनि यसको संक्रमण छिटो हुने गर्दछ ।
    त्यसैले, छाती दुखाईका कारण निमोनियाको जोखिम बढ्ने भएमा मात्र चिकित्सकले पनि तपाईलाई एन्टिबायोटिक प्रयोग गर्न सुझाव दिन्छन् ।
    त्यसो भए कति बेला चिकित्सकका जाने ?
    -गम्भीर खालको छातीको संक्रमण भएको शंका लागेमा
    -बढी छाती दुखेमा
    -बढी थकान महसुस भएमा वा दोधार भएमा
    -सास फेर्न कठिन भएमा
    - खकारमा रगत देखिएमा वा रगत सहितको खोकी भएमा
    -छाला वा ओठ निला भएमा
    -गर्भवती भएमा
    -६५ वर्ष भन्दा बढी उमेर छ भने
    -म्ाोटापना भएका मानिसलाई सास फेर्नमा कठिनाइ भएमा
    -प्ााँच वर्ष भन्दा मुनीका बालबालिकामा छातीको समस्या भएमा
    - रोग प्रतिरोधात्मक क्षमता कम भएमा
    -छाती तथा फोक्सो सम्न्धि दिर्घकालीन समस्या छ भने
    रोकथामका उपायः
    चिसो मौसममा छाती दुख्नु सामान्य समस्या हो । तर त्यसका कारण छातीको संक्रमण हुनु भने गम्भीर समस्या हो । यसबाट बच्न तथा छातीको संक्रमणको जोखिम कम गर्न यी उपाय अपनाउनुहोस्ः
    -धूमपान तथा मद्यपान नगर्ने
    -सफा बस्ने
    - साबुनपानीले राम्ररी हात धुने
    - हाच्छ्युँ गर्दा वा खोक्दा रुमालको प्रयोग गर्ने
    - पौष्टिक तत्वयुक्त खानाको सेवन बढी मात्रामा गर्ने
    -निमोनिया तथा छातीको संक्रमण विरुद्धको खोप
    For a consultation with the doctor, book your appointment here:
    norvichospital....
    Visit our website: norvichospital...
    to learn more about Norvic International Hospital and its facilities.
    नाम टिपाउनका लागि तलका नम्बरमा सम्पर्क राख्नुहोला
    नर्भिक इन्टरनेशनल हस्पिटल
    📞 ०१-५९७००३२ (नर्भिक कस्टमर केयर सेन्टर)
    ☎️+९७७ ९८ २३ ८८ ४४ ८८ व्हाट्सएप/भाइबर
    #DrAchyut #lungcancer #respiratorydisease #winter #winterdisease #flu #commoncold #cold #health #norvic #asthama #care #influenza
    Connect with us:
    Facebook - / hospitalnorvic
    Instagram - / norvicinternationalhos...
    Twitter - / hospitalnorvic
    Tags:
    Norvic
    Chest Problem
    दम रोग
    छातीको संक्रमण
    Lung Cancer
    Pulmonary
    Sleep Medicine
    Respiratory Disease

КОМЕНТАРІ •