Seven important plant for house (Happy Life With Beautiful Place)

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • हामीले आप्mनो घरलाई राम्रो बनाउँन बिभिन्न किसिमका पूmलहरु लगाउँने गछौं । यसरी लगाएको पूmलहरुले तपाई हाम्रो घरको सुन्दरतालाई बढाउने गर्दछ । यसैगरी केही यस्ता बिरुवाहरु छन जसले घरको सुन्दरतालाई बढाउनको साथै हाम्रो घरमा धेरै धन धान्य, सुख शान्ती, शुभ लाभ हुनलाई पनि मदत पु¥याउँछ । आज यस्तै ७ बटा बोट बिरुवाहरुको बारेमा कुरा गर्ने छँु । यो बोट बिरुवाहरु तपाईको घरको कुन दिसातिर लगाउँने हो यसकोे बारे पनि चर्चा गर्नेछँु ।
    पहिलो नम्बरमा तुलसीको बोट ः हिन्दु धर्म अनुसार तुलसीलाई लक्ष्मी भगवानको स्वरुप मानिन्छ । जुन ठाउँमा तुलसीको बोट हुन्छ, त्यस ठाउँको वास्तु राम्रो हुन्छ । त्यस ठाउँमा सुख शान्ती धन धान्य लाभ हुन्छ । तपाईको घर तथा जग्गाको उत्तर पूर्व दिसा तर्पm तुलसीको बोट रोप्नु अत्यन्तै राम्रो हुन्छ । तुलसी, भगवान विश्णुलाई धेरै मन पर्छ । विश्णु भगवानले कृष्ण भगवानलाई भोजन गराउँदा भोजन भएको थालमा तुलसीको पत्ता अवश्य राख्थे । जुन ठाउँमा तुलसीको बोट हुन्छ त्यस ठाउँको सबै नेगेटिभ एनर्जी नस्ट हुन्छ । त्यसैले तपाई हाम्रो घरमा तुलसीको बोट हुनु आवश्यक छ । कृष्ण तुलसी, राम तुलसी, बावरी तुलसी जुनै पनि तुलसीको बोट भएपनी हुन्छ ।
    दोस्रो नम्बरमा पारिजातको बोट ः पारिजातको बोट भगवानको घर स्वर्गबाट धर्तीमा आएको भनेर भनिन्छ । हिन्दु धर्ममा यसलाई हरसिंगार पनि भन्ने गर्दछन् । समुन्द्र मन्थनको बेलामा १४ रन्न निस्किएको थियो, त्यो १४ रत्नको ११ नम्बरको रत्नमा पारिजातको बोट निस्किएको थियो । यो बोटमा एक्दमै बास्ना आउँने पूmल फुल्छ र यो राती मात्र फुल्छ अनी बिहान हुन्जेल सम्म सबैजसो पूmल भुइँमा झरिसक्छ । आयुर्वेदको भनाई अनुसार पारिजातको जरा, हांगा, पूmल, पत्ता आदी सबै औषधीनै औषधीको गुणले भरिएको मानिन्छ । त्यसै कारणले यसलाई देवलोक बाट आएको भनिन्छ । पारिजातको पूmललाई महादेब भगवानको पनि प्रिय पूmल मानिन्छ । जहाँ जहाँ पारिजातको बोट रहन्छ, त्यहाँ भगवानहरु सन्तुस्ट रहन्छन् । तपाईहरुलाई यसले धेरै मात्रामा धन धान्य, सुख शान्ती प्रदान गर्दछ । त्यसैले तपाईले आप्mनु घरमा पारिजातको एउटा बोट भए पनि लगाउनु राम्रो मानिन्छ ।
    तेस्रो नम्बरमा शमीको बोट ः शमीको बोटलाई पनि शास्त्रमा धेरै राम्रो मानिन्छ । जसरी हामी तुलसीको पूजा गछौं त्यसरीनै हामी शमीको पनि पूजा गछौं । यसलाई शनीदेव पनि भनिन्छ । भगवान शिवको प्रिय बोट भनेर पनि चिनिन्छ । दुर्गा भगवानलाई पनि यो बोट धेरै मन पर्छ । मानिसले यसको बोट तथा पत्ताहरुलाई पूजा गर्ने गर्छन् । हिन्दु धर्म अनुसार यदी तपाईको घरमा केहि बाधा बिपक्ति छ भने शनिबारको दिन यस बोटको तल दियोमा तोरीको तेल राखी बत्ति बाल्नुस् । हैन भने एक गिलास पानीमा थोरै मिश्री राखेर शनिबारको दिन चढाउनु अनी बर्षको एकचोटी दशैंको बेलामा पूजा गर्नु भयो भने शनिदेब प्रसन्न हुनुहुन्छ । यो बोट खासै महंगो पनि हुँदैन, तपाईले नर्सरीबाट सजिलै घरमा ल्याएर रोप्न सक्नु हुन्छ ।
    चौथो नम्बरमा लक्कि बेम्बो ः लक्कि बेम्बोको बोटलाई हामी घर भित्र कुनै प्लास्टिकको बटुका वा सिसाको भाँडामा पनि, पानी राखेर हुर्काउन सक्छौं । अथवा गमलामा राखेर पनी हुर्काउन सक्छौं । यसलाई तपाईको घरको पूर्व दक्षिण दिसामा लगाएको राम्रो मानिन्छ । जुन ब्यक्तिले यो बिरुवा दान गर्छ उसलाई शुभ लाभ हुन्छ र जुन ब्यक्तिले ग्रहण गर्छ उसलाई पनि शुभ लाभ हुन्छ । त्यसै कारणले यस लक्कि बेम्बुको बोटलाई तपाई हाम्रो घरमा रोप्नु अती आवश्यक छ ।
    पाँचौ नम्बरमा केराको बोट ः हाम्रो नेपालको तराई क्षेत्रमा हेर्ने हो भने प्राय सबै जसो घरमा केराको बोट रहेको पाउँछौं । तपाई मान्नुस या नमान्नुस धार्मिक दृष्टी अनुसार अन्यन्तै उपयोगी मानिन्छ । हिन्दु धर्ममा बोट बिरुवाको महत्व एकदमै धेरै हुने गर्छ । त्यसैले केराको बोटलाई अत्यन्तै उपयोगीको रुपमा लिइन्छ । कतिपय मानिसले केराको बोट लगाउनलाई असुभ पनि मान्छन् । तर हेर्ने होभने केराको बोट मात्र हैन तुलसी, बर, पिपल, निम, शमी कुनै पनी बिरुवा घरका लागी असुभ हुँदैन । तर बोट बिरुवा लगाउने दिसा चाँही उचित हुनु पर्छ । केराको सम्बन्ध वृहस्पती ग्रह संग जोडिएको छ । शुभ कार्यमा केराको बोटको मन्डप बनाइन्छ र तोनर बनाउने परम्परा हाम्रो समाजमा पुर्खौ देखी चलिआएको छ । कुनै पनि शुभ वा भगवानको कार्यमा हामी केराको पातमा भोजन गर्छौ । केराको बोटलाई घरको आगनमा, उत्तर पूर्व दिसामा लगाउनु पर्छ । यसले घरको आर्थीक स्थितीलाई एक्दमै बलियो बनाउछ । त्यसै कारण तपाईको घर आगनमा एउटा भए पनि केराको बोट हुनु आवश्यक छ ।
    छैठौं नम्बरमा मनी प्लान्ट ः मनि प्लान्टको सम्बन्ध हामो धन संग हुन्छ अर्थात धनकी देवी लक्ष्मी संग रहेको हुन्छ । मनि प्लान्टलाई घरमा बुधबारको दिन रेवती नक्षेत्र परेको बेलामा लगाउनु उपयुक्त मानिन्छ । यसलाई घरको दक्षिण पुर्वी दिसामा लगाइन्छ । यसले घरमा सुःख समृद्धि बढाउने गर्दछ भने सकारात्मक उर्जा ल्याउने गर्दछ । त्यसैले घरमा मनि प्लान्ट रोप्नु अति उपयोगी मानिन्छ ।
    सातौं नम्बरमा बेलको रुख ः बेलको रुख गमलामा पनि लगाउन सकिन्छ । यसरी बेलको रुखलाई गमलामा रोप्नुस् र अब ठूलो हुँदै आएर गमलामा नअट्ने भए पछि कुनै मन्दिरमा दान गर्नुस र फेरी अर्को सानो बेलको बिरुवालाई ल्याएर गमलामा रोप्नुस् । तपाइले शिब पूराण पढ्न सक्नु हुन्छ, यसमा घरमा बेलको रुख रोप्नुका धेरै फाइदाका कुराहरु लेखिएको छ । तपाइको घरमा बेलको रुख रोपिएको छ भने तपाइको घर पवित्र तिर्थस्थल काँसी समान रहेको भनी शिव पूराणमा उल्लेख गरिएको छ । यस्तो घर तन्त्र र बाधा बाट मुक्त हुन्छन् र तपाइको परिवारमा अक्षय पुन्य रहने कुरा पनि उल्लेख गरिएको छ । त्यसैले बेलको रुख घरमा रोप्नु अत्यन्तै महत्वपूर्ण तथा अनिवार्य मानिन्छ ।
    आसाछ हाम्रो Channel तपाइहरुलाई राम्रो लाग्छ होला, जे भए पनि सल्ला सुझावको अपेच्छा राख्दछौं । यदि तपाइहरु हाम्रो Channel मा नया हुनु हुन्छभने Please Subscribe गर्न नबिर्सनु होला । फेरी पनि नया नया Video हरु लिएर आउँनेछौँ भन्दै आजलाई बिदा माग्छौँ नमस्ते ।

КОМЕНТАРІ • 17

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 10 місяців тому +2

    Radhye Radhye Radhye

  • @monkumarikumari2258
    @monkumarikumari2258 Рік тому +2

    Jay Shri Radhe Radhe Guru ji 🙏🙏🙏🌹🌸🌺🌿🌹🌸🌺🌿🌹🌸🌺🌿🌹🌸🌺🌿🌹🌸🌺🌿🌹🌸🌺🌿🌹🌸🌺🌿🌹🌸🌺🌿🌹🌸🌺🌿🌹

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 10 місяців тому +1

    ❤❤❤❤❤❤❤

  • @bamshrestha7268
    @bamshrestha7268 Рік тому +1

    Tq guruji

  • @rosemarydhital3256
    @rosemarydhital3256 2 роки тому +1

    All plants are created by God. Suv ra asuv vanney kurai hundaina. Parmeswor le sabai ramro banaunu vayeko xa ra manishlai upavog garna diyeko xa.

    • @happylifewithbeautifulplac3188
      @happylifewithbeautifulplac3188  2 роки тому

      तपाइएले भनेको कुरा सहि हो । हामी सबै एक अर्कको परिपुरक हौ । तर मैले यो क्लिप समाजको दायरा भित्र बसेर बनाएको र समाज यसैलाई विश्वास गर्छ ।

  • @jyotirai547
    @jyotirai547 2 роки тому +1

    👍👍👍👍👍

  • @sabinakc916
    @sabinakc916 3 роки тому +2

    धेरै धेरै राम्रो लाग्यो अझ समी सगै श्वमि काे बारेमा पनि जानकारी गराई दिनु भएको भए हुन्थ्यो ।

  • @donbahadurrai4594
    @donbahadurrai4594 Рік тому

    Vallagil,ramrolageo,kripayabotsangaibidiodekhawdasobailaisazilohunxa

  • @suracedeshar7318
    @suracedeshar7318 Рік тому

    Amala ko bot khai ta

  • @rajendrachaulagain9030
    @rajendrachaulagain9030 Рік тому +1

    Kun tithima ropda upayukta hunxa guru?

    • @happylifewithbeautifulplac3188
      @happylifewithbeautifulplac3188  Рік тому

      माफ गर्नुस म कुनै गुरु हैन l तर यी बिरुवा रोपन कुनै तिथि चाहिछ जस्तो लाग्दैन l

  • @sunitasamsuhang9445
    @sunitasamsuhang9445 3 роки тому +1

    Yo sami brikxa kaha pauxa? Kripaya jankari pains.9849290696.

    • @happylifewithbeautifulplac3188
      @happylifewithbeautifulplac3188  3 роки тому +1

      Nursery ma paicha.

    • @happylifewithbeautifulplac3188
      @happylifewithbeautifulplac3188  2 роки тому

      तराईमा प्रशस्तै मात्रामा पाईन्छ तर पहाडतिर कम पाईन्छ । त्यसैले सबै नर्सरीमा पाईन्छ ।

    • @Xinguvlogs
      @Xinguvlogs Рік тому

      Birtamode maa pauxh hae hjr kati line ho