पवित्र आत्माका वरदानहरु - भाग २ || Gifts of the Holy Spirit - Part 2 || Bro Caleb Khaling
Вставка
- Опубліковано 6 лют 2025
- वरदानहरू विभिन्न प्रकारका छन्, तर ती सबैको स्रोत एउटै, अर्थात् पवित्र आत्मा परमेश्वर नै हुनुहुन्छ। यी वरदानहरू कुनै प्राकृतिक क्षमता होइनन्; बरु परमेश्वरको अलौकिक शक्तिबाट प्राप्त हुने विशेष क्षमताहरू हुन्, जसले उहाँको महिमा गर्न र उहाँका योजनाहरू पूरा गर्न सहायता पुर्याउँछन्। वरदानहरूको प्रयोग गर्दा "ठूलो" र "सानो" भन्ने भेद हुँदैन, किनकि सबै वरदानहरूले मिलेर काम गर्छन्। पवित्र आत्माले आफ्नो इच्छाअनुसार हरेक व्यक्तिलाई फरक-फरक वरदान दिनुहुन्छ। उदाहरणका लागि, कसैसँग अगमवाणीको वरदान हुन्छ भने अर्को व्यक्तिसँग चङ्गाईको वरदान हुन सक्छ, र यी दुबै मिलेर व्यक्तिको जीवनमा गहिरो प्रभाव पार्न सक्छन्। वरदान जोकोही विश्वासीले पनि परमेश्वरसँग माग्न सक्छ। बाइबलले पनि हामीलाई आत्मिक वरदानको लागि उत्कट इच्छा राख्नुपर्छ भनेर प्रेरित गर्छ। लुका ११:११-१३ मा, स्वर्गीय पिताले माग्नेहरूलाई पवित्र आत्मा दिनुहुने प्रतिज्ञा गर्नुभएको छ। यसबाट हामी बुझ्न सक्छौं कि वरदान प्राप्त गर्न हामीलाई विश्वास, प्रार्थना, र पवित्र आत्माको अगुवाइको आवश्यकता पर्छ। प्रेरित पावलले तिमोथीमाथि हात राख्दा उक्त वरदान तिमोथीको जीवनमा पनि वृद्धि हुँदै गएको थियो। त्यस्तै, मोशाले यहोशूमाथि हात राखेपछि नेतृत्वको वरदान यहोशूको जीवनमा पनि वृद्धि हुँदै गएको थियो। मत्ती १०:४१ ले अगमवक्तालाई अगमवक्ता मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउँछ भनी बताउँछ। यसरी, वरदान भएका मानिसहरूलाई हामीले आदर र सम्मान गर्दा, त्यस व्यक्तिमा भएको वरदान हाम्रो जीवनमा पनि बढ्दै जान्छ। पवित्र आत्माको वरदानहरू व्यक्तिगत जीवन र मण्डलीको सेवामा महत्त्वपूर्ण भूमिका खेल्छन्। साथै, परमेश्वरले कुनै पनि मानिसको बोलावट र उद्देश्यअनुसार उसलाई वरदान दिनुहुन्छ। आफ्नो बोलावटअनुसारको वरदान आजैदेखि परमेश्वरमा खोज्नुहोस्। आमेन।
Welcome to the official UA-cam channel of Bro. Caleb Khaling. We upload spirit-filled teachings, testimonies and discussions regularly to help you grow strong in your faith and relationship with God.
Bro. Caleb is the founder and pastor of Spirit of Life Church, USA. He is also the founder and director of Spirit of Life Bible School. Spirit of Life Church is located in Ohio, USA.
Don't miss out on any of our content, subscribe to our channel, and stay updated when we upload new videos.
Equipping men and women in the spirit of revival for ministry.
#SpiritofLifeChurch
#WordisSpirit
#NepaliSermon
Instagram: / bro.caleb_khaling
Facebook:
Bro. Caleb Khaling: / bro.khaling
Spirit of Life Church: / spiritoflifeusa
Amen
amen❤
Amen praise the Lord ❤