नेपाल राष्ट्र बैंकको नियामकीय भूमिका ।। Regulatory Role of Nepal Rastra Bank
Вставка
- Опубліковано 5 жов 2024
- नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको काम, कर्तव्य र अधिकार तथा विभिन्न विषयमा जानकारीमूलक पडकास्टको श्रृङ्खला ‘राष्ट्र बैंकसँग भलाकुसारी’ निर्माण गरेको छ ।
भलाकुसारी- 4: नेपाल राष्ट्र बैंकको नियामकीय भूमिका ।। Regulatory Role of Nepal Rastra Bank
वक्ता : श्री गुरूप्रसाद पौडेल, कार्यकारी निर्देशक, बैंक तथा वित्तीय संस्था नियमन विभाग, नेपाल राष्ट्र बैंक
यस भलाकुसारीमा नेपाल राष्ट्र बैंकको नियामकीय भूमिका, सुपरिवेक्षण र नियमनबीच भिन्नता, नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व कायम गर्न तथा ग्राहक हित संरक्षणको लागि गर्ने नियमनसँग सम्बन्धित कार्यहरु, Prudential Regulation, Microprudential and Macroprudential Regulation, बैंक तथा वित्तीय संस्थाको ब्याजदर, इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त संस्थालाई जारी भएका नियमन/निर्देशनहरू समेट्दै नेपाल राष्ट्र बैंकले गर्ने नियमनकारी भूमिकाको महत्व, समस्या, चुनौती तथा यसलाई प्रभाव पार्ने तत्व जस्ता विषयमा जानकारी दिइएको छ ।
Useful Links
================
🌐 Website: www.nrb.org.np/
👁️🗨️ Gunaso Portal : gunaso.nrb.org...
🔗 Social Networks
================
📌 Facebook : / nrb.centralbank
📌 X (Twitter): Nepal Rastra Bank (@NepalRastraBank)
#nepalrastrabank #NRB #regulatoryrole #nrb #bhalakusari #commercialbanks #bfird
#regulatoryroleofnrb #regulatoryroleofcentralbank #regulation #supervision #financialstability #prudentialregulation #microprudentialregulation #macroprudentialregulation #riskprofile #riskbasedsupervision #riskbasedregulation #interestratedetermination #direction #unifieddirective #bank #developmentbank #financecompany #microfinance #psp #pso #remittance #capitaladequacy
अत्यन्त सरल भाषमा नियमन र सुपरिवेक्षण जस्तो अत्यन्त प्राविधिक विषयको सटिक र विस्तृत विश्लेषण । यस्ता प्रस्तुतिले वित्तीय साक्षरताको अभिवृद्धिमा सहयोग पुग्दछ । कार्यकारी निेदेशक गुरुप्रसाद पौडेलजीलाई धेरै बधाइ । यस्ता प्रस्तुति भविष्यमा पनि जारी रहोस् । नियमन र सुपरिवेक्षणबिच निकट अन्तरसम्बन्ध हुन्छ, यी दुई एकै सिक्काका दुई पाटा हुन् । अन्तर्राष्ट्रिय असल अभ्यास पनि यहिं नै हो । सुपरिवेक्षणको अभावमा नियमनको खासै अर्थ हुँदैन । नेपालको वित्तीय प्रणाली आज दक्षिण एसियाली मुलुकका हाराहारीमा पुग्नुको मुख्य कारण नेपाल राष्ट्र बैंकको सुदृढ नियमन र सुपरिवेक्षण नै हो । अर्कोतिर नेपालको सहकारी क्षेत्रमा देखिएको समस्याको कारण चाहिं अत्यन्त कमजाृेर नियमन र सुपरिवेक्षण नै हो, चाहे त्यो बैंकिङ व्यवस्था, विदेशी विनिमय वा भुक्तानी प्रणाली सम्बन्धी नै किन नहोस् । सुपरिवेक्षणको अभावमा नियमनको केही अर्थ हुँदैन भन्ने तथ्य सहकारी क्ष्ोत्रमा विगत केही वर्षदेखि देखिएको विकराल समस्याले स्पष्ट गर्दछ । विभागले कैयौं निर्देशन जारी गरेको छ, तर सुपरिवेक्षण भने नगण्य रह्यो, न त यसमा दक्ष जनशक्ति ने पर्याप्त छ ।
धन्यवाद भाेलाराम सर । सुपरीवेक्षण विभागमा सरसँगै वसेर काम गर्दाको सुखद अनुभूति छ मलाइ, अनि बैंकिंग प्रणाालीसँग सम्बन्धित यहाँका प्रकाशनहरू म अध्ययन गर्ने गर्छु ।
Podcast शृङ्खला का लागि हृदयदेखि नै धन्यवाद 🎉❤
Great 🤗
धन्यवाद गुरु सर, नेपाल राष्ट्र बैंक, नियामक निकाय
NRB ले पहिले बैंकिङ पहुँच पुर्याउन भन्दै ठुलो मात्रामा इजाजत जारी गर्यो । अहिले बैंकहरूको संख्या घटाउनु पर्छ भनेर गाभ्न र गाभिन प्रोत्साहन गरिरहेको छ । पछि फेरि नयाँ बैंकलाई इजाजत दिने सम्भावना छ कि छैन ?
मौद्रिक नीति मार्फत ब्याजदर अन्तर ५% बाट ४% घटाउदा बैंकको आयमा झन् गभिर असर पर्यो । ५% बाट ४% मा आईपुग्दा बैंकहरुको कर अघिको आयमा ४५ अर्ब कमि हुन जान्छ किनकि आजको मितिमा बैंकहरुको ऋण करिब ४५०० अर्ब छ । ४५०० अर्बको १% घटदा ४५ अर्ब कर अघिको आय घटछ । पहिले बैंकको पुजी ४ गुणा थप्न लगाईयो र त्यसपछी नाफा हुने सम्भावना घटाईयो । यात पुजी थप्ने नीति लेराउनु भन्दा आगाडीनै ब्याजदर अन्तर घटाएको भए हुन्थ्यो । तेसो भएको भए ४ - ४ गुना पुजी थप्दैन थिए । बैंकका लगानीकर्ताहरु फसे । यसको अलावा बैंकहरूले लिने कर्जाको सेवा शुल्क, अग्रिम भुक्तानी लगायत विभिन्न शुल्क आदिमा कटौती गरि दिनुले बैंकको लागि निकै कष्टकर भयो । यी दुई कार्यले कर अघिको नाफामा करिब ५५ अर्बले घटन गयो । यस्तो नीति लेरौन बैंकको संचालनखर्च घटाउने र ब्याजदर अन्तर घटाउने संग संग जानु पर्थ्यो । यो असन्तुलित भयो । तेसैले या त राष्ट्र बैंकले ब्याजदर अन्तर र सेवा शुल्कलाई नियन्त्रण गर्न छोडेर खुल्ला छोड्नु पर्दछ । वा नियन्त्रण गर्ने हो भने बैंकहरुले औषतमा आदर्श नाफा दर कमाऊन सक्ने बाताबरण बनाउनु पर्दछ । र बिस्तारै बैंकहरुको संचालन खर्च घटाउने बाटोमा राष्ट्र बैंक लग्नु पर्यो । हाललाई ब्याजदर अन्तर ५% र सेवा शुल्क पहिलेको अनुसार गरेर र संचालन खर्च घट्दै गएको ratio मा ब्याजदर अन्तर र सेवा शुल्क adjust गरेर बैंकलाई न्याय गर्न सकिंछ । यसले बैंक आयमा सुधार गर्दछ र पुजिबजारको सुधार लाई सहयोग गर्दछ ।
good initiation
Rastra bank is cruel bank so yo bank ko sabai sakha raw karma chari khareg gari arko nai bank suru Huna parcha nepali bank haru sabai sarkari hunu parcha jaba samma yo bank ko policies change hudaina taba samma nepal garib nai huncha start up business garnai garo loan paunai garo
Thank you 🎉🙏
Thank you sir 🙏🙏🙏
Thank you sir
So nice❤❤❤
👍
❤❤❤
❣️❣️❣️
bankmaa jantale deposit gareko paisa yadi bank dubyo bhane deposit gareko paisa jantale pauchha ki paudaina sodhidinu paryo bahini.
ढुक्क भएर पाउछ यदि तेस्तो अवस्था बैंक तथा वित्तीय संस्था हरु ले झेल्नु पर्यो भने । तर यो बैंक ढुबेर पैसा नदिन सक्ने अवस्था आउदैन किनकि रास्ट्र बैंकले CRR भनेर बैंक हरु बाट केहि सम्म को रकम लिएको हुन्छ र बैंक र वित्तिय संस्थाहरु डुब्दैनन् डुबे पनि deposited रकम चाहि पाउनु हुन्छ।।
रू. पाँचलाखसम्मको निक्षेपको त विमा नै गरेको हुन्छ । अनि करिव ८७ वर्षको नेपालको बैंकिंग इतिहासमा बैंकमा राखेको पैसा बैंक डुवेको कारण भुक्तानी नपाएको घटना लगभग छैन नै ।
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤
❤❤❤❤❤❤❤