Himala ma Hiun ‍- हिमालमा हिउँ | गीतकारः रामबाबु सुवेदी | संगीतकारः रामेश | बालगीत - Balgeet

Поділитися
Вставка
  • Опубліковано 13 гру 2024
  • Himala ma Hiun ‍- हिमालमा हिउँ
    रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्।
    तिनै गीतमध्ये "हिमालमा हिउँ" अर्थात् "नेपालका छोराछोरी" गीतकार रामबाबु सुवेदीको सबैभन्दा चर्चित गीत मध्ये एक हो । Himala ma Hiun गीतकार रामबाबु सुवेदी र संगीतकार रामेशको उत्कृष्ट बालगीत मध्ये एक हो।
    गीतकारः रामबाबु सुवेदी
    संगीतकारः रामेश श्रेष्ठ | बालगीत | Nepali Nursery Rhyme
    गीतः
    Himala ma Hiun ‍- हिमालमा हिउँ
    गीतकारः
    रामबाबु सुवेदी
    संगीतकारः
    रामेश
    एनिमेसन प्रायोजनः
    खेलु श्रेष्ठ
    गायनः
    स्वर्णिम स्कूलका विद्यार्थीहरु
    सबटाईटलः
    सुहानी थापा
    स्कृप्ट तथा एनिमेसन निर्देशनः
    करुण थापा
    एनिमेसनः
    सिल्भरगेट सफ्टवेयर प्रा. लि.
    ------------------------------------------------------------------------------------------------------
    संगीतकार रामेश श्रेष्ठको परिचयः
    ------------------------------------------------------------------------------------------------------
    रामेश (वास्तविक नाम रामेश्वर श्रेष्ठ) नेपाली संगीतकार तथा गायक हुनुहुन्छ। रामेशको जन्म आमा शिवलक्ष्मी श्रेष्ठ र बाबु कर्णबहादुर श्रेष्ठको कोखमा विक्रम सम्वत २००१ साल असार ८ गते पाल्पाको तानसेनमा भएको थियो। वहाँका पिता माल अड्डाका हाकिम भएका कारण बाबुसँगै वहाँ देशका विभिन्न ठाउँमा पुग्नभएको थियो।
    विक्रम सम्वत २०१९ सालमा रेडियो नेपालमा राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा भाग लिई संगीत क्षेत्रमा प्रवेश गर्नुभएको थियो । वहाँले केही समय रेडियो नेपालको जागिर पनि खानुभयो । पछि ओखलढुंगा र खोटाङका विद्यालयमा पढाउनुभएको थियो।
    २०४२ सालमा पहिलो बालगीतको एल्बम निकाल्नुभएका रामेशले रामबाबु सुवेदीसँग धेरै बालगीतहरुमा संगीतकारको रुपमा सहकार्य गर्दै आउनुभएकोछ। जमुनीको छोरो वहाँहरुको सर्वाधिक चर्चित र लोकप्रिय बालगीत मानिन्छ।
    ------------------------------------------------------------------------------------------------------
    गीतकार रामबाबु सुवेदीको परिचयः
    ------------------------------------------------------------------------------------------------------
    रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
    हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
    कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
    साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
    सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
    ------------------------------------------------------------------------------------------------------
    एनिमेसन प्रायोजकको परिचयः
    ------------------------------------------------------------------------------------------------------
    जून ३, १९८१ मा काठमाडौंमा आमा उमादेवी श्रेष्ठ तथा पिता सुमन श्रेष्ठका सुपुत्रका रुपमा खेलू श्रेष्ठको जन्म भएकोहो । जनरल सर्जरीमा मास्टर्स् गरेका उनी पेशाले जनरल सर्जन हुन् र उनी हाल चीनको शाङ्घाईमा कार्यरत छन्। बुढानीलकण्ठ स्कूलमा सन् १९८८ देखि सन् २००० सम्म १२ वर्ष अध्ययन गरेका खेलूले बुढानीलकण्ठ स्कूलमा अध्ययन गर्दाका दिनहरुलाई अविस्मरणीय मान्दछन् ।
    _________________________________________________________________
    सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०७८
    यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
    #Nepal_ka_Chhorachhori
    #रामबाबु_सुवेदी #Rambabu_Subedi

КОМЕНТАРІ •