I am proud to be Newer | Newarle Bajaine Bajaharu |Newari Baja | Hami Newa |Instruments used by Newa
Вставка
- Опубліковано 5 лют 2025
- विभिन्न देशमा प्रयोग गर्ने बाजाहरु आआफ्नै हुन्छन्। मानिस मानिस बिच बोलिने भाषाहरु फरकफरक हुन्छन। तर बाजागाजाको ध्वनीले सबैलाई मोहित तुल्याउँछ। यसलाई अर्को शब्दमा भन्नुपर्दा यो विश्व भाषा हो।
यस्तो बाजाहरूको उत्पत्ति कसरी भयो होला भन्ने बारे बुझ्न गाह्रो छ। वास्तवमा यो एक मनोरञ्जनको साधन हो। तर पनि यो जङ्गली युगदेखि सुरु भएको मानिन्छ। त्यस्ताका जनावरहरूसँग बच्न अथवा जनावरहरूलाई भगाउनको लागि ठुलो आवाज निकाल्ने क्रममा यो बाजाको विकास भएको मानिन्छ। पछि यसलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्न थालियो।
मूलत बाजागाजाहरू तीन प्रकारका हुन्छन् :
1. मुखबाट हावा पठाएर बजाईने बाजा जस्तै बाँसुरी, मुरली, शंख आदि
2. तार वा तार रेटेर बजाईने बाजा जस्तै गीतार, वीणा, भ्वाईलिन, सारंगी आदि
3. छाला मोडेर बनाइएको बाजा अर्थात् कुनै लठ्ठी वा हातैले सिधै बजाईने बाजा जस्तै मादल, पश्चिमा, धिमा आदि आदि
अझ्झ स्थान र जात अनुसार नै आआफ्नै बाजाहरु प्रयोगमा ल्याएको देखिन्छ। नेपालको सन्दर्भमा भन्नुपर्दा तामाङ, नेवार, गन्धर्व र दमाईहरू आदिले आ-आफ्नै बाजाहरु प्रयोगमा ल्याएको देखिन्छ। जस्तो कि तामाङले डम्फु र टुङ्ना;
गन्धर्वले सारंगी;
दमाईले पञ्चे बाजा, नौमती बाजा र
नेवारीले लालाखिं, धाँ, माल पु, नगरा, पछिमा, नाय् खिं आदि बजाउने गर्छन्।
आज हामीले विशेषगरी नेपालका नेवारहरुले प्रयोग गर्ने बाजागाजाको बारेमा कुरा गर्दैछौं। नेपालमा विशेषगरी नेवा समुदाय संस्कृति, परम्परा, बाजागाजाकाे लागि धनी समुदाय हाे। नेवारले विभिन्न चाडपर्व, दफाभजन, भोजेभात्तेर आदिमा छुट्टाछुटै बाजागाजाहरु प्रयोज गर्ने गर्छन। आफ्नाे माैलिक वाद्यवादन समाग्री भएकाे, बजाउने तरिका पनि उत्कृष्ट भएकाे समुदायकाे रुपमा नेवार समुदायलाई लिईन्छ। आदिकालदेखि नेवार समुदाय काठमाडौ उपत्यकामा बसाेवास गर्छन। प्रत्येक महिना जात्रा, भाेजभतेर गरिरहनु पर्ने, प्रत्येक दिन दाफाभजन गर्नुपर्ने, जीवन्त संस्कृति नेवार समुदायसंग रहेकाे छ। नेवार समुदायमा बजाईने विभिन्न बाजागाजामध्ये सबैभन्दा मनपराईने बाजाकाे रुपमा धिमे बाजालाई लिईन्छ। नेवारी बाजाहरू अन्तर्गत धिमे महत्त्वपूर्ण जात्रा, चाडपर्वमा बजाईने बाजा हाे। भुछ्या, सिछ्या र धिमा सयुक्त बजाईन्छ।
परापुर्व कालमा सतिदेविकाे मृत्यु पछि महादेव विरक्तिएर पुरै पृथ्वी घुम्न थाल्छन्। घुम्दै जान्दा एउटा पुरानाे रुखकाे फेदमा बस्छन्। महादेवकाे मनमा एउटा अनाैठाे विचार आउन्छ कि डमरुभन्दा ठुलाे बाजा बनाउ भनेर, साेहि क्रममा पुरानाे रुख काटेर बागकाे छाला माेडेर घिमे बनाएर बजाउन्छन। भनिन्छ कि धिमे महादेवकाे डमरुपछिकाे प्रिय बाजा हाे। नेपालमा जहाँजहाँ नेवार समुदायकाे बसाेबार रहेकाे छ, त्यहाँ अरु बाजा नबजाए पनि अनिवार्य रुपमा धिमे चाहिँ बजाएकै हुन्छ। धिमे बाजा मात्रै यस्तो बाजा हाे जस्काे धुनले सबैलाई मनैदेखि राेमान्चित गराउन्छ। धिमे बजाउन्दा एक हातमा पुचा (बेटकाे लठ्ठी ) अर्को हातले सिधै बजाईन्छ। धिमे बाजाकाे विकास भक्तपुर नगरबाट भएर ललितपुर ,काठमाडौ हुन्दै देश विदेश फैलिएको हाे। भक्तपुरकाे ठिमी क्षेत्रलाई धिमेकाे पर्यायकाे रुपमा लिईन्छ। भक्तपुर नगरकाे हकमा धिमे अन्यत्रकाे तुलना माैलिक धुनमै बजाईन्छ। भक्तपुरमा विशेषगरी तालाक्व, सुर्यमदि, तुछिमला, नगांचा जहाँ प्रजापतिहरुकाे बाहुल्यता रहेका छन्, त्यहाँ कुम्ह बाेलि बजाईन्छ, बाकी ठाउँमा अरुले ज्यापू बाेलि बजाईन्छ।
यस्तै गरि नेवार समुदायमा धेरै प्रकारका बाजाहरू प्राचिनकाल देखि बजाउदै आइरहेका छन् । जस्तै: लालाखिं , धा:, माल पु . नगरा, मृगंद, पछिमा, धलक, नाय खिं, हार्मोनियम, तँ, पस्त, पोङ्गा, झालिचा, कोखिं, धुलु, तितितालाचा, चती, कं आदि