सल्यानमा गाइजात्रा Gaijatra Salyan 2078

Поділитися
Вставка
  • Опубліковано 8 лют 2025
  • सल्यानमा नेवार समुदायले दुइवर्ष पछि गाईजात्रा निकालेका छन् । गतवर्ष काेराेना महामारीले गर्दा सल्यानका नेवार समुदायले जात्रा राेकेका थिए भने याे वर्षकाे आज (२०७८-०५-०६) सदरमुकाम खलंगा र श्रीनगर बजारमा नेवार समुदायले जात्रा निकाले गाईजात्रा मनाएका हुन् ।
    सल्यानमा भोली शुक्रबार पनि यहाँका नेवार समुदायले गाईजात्रा मनाउने छन । एकदिन मात्रै काठमाण्डौ उपत्यकामा मनाइने गाईजात्रा भन्दा भिन्नै तरिकाले सल्यानमा रक्षाबन्धनको दिनमा बुढी गाईजात्रा र भोलिपल्ट तरुनी गाईजात्रा निकाल्ने गरेको नेबार समुदायका जानकारहरु बताउछन् ।
    आजको गाईजात्रामा मरेका मानिसको आत्माको शान्ति साथै मोक्ष प्राप्तिका लागि मृत्यु भएकाको घरबाट जात्रा निकालिएको हो । गाईजात्रा पर्व विशेष गरी एक वर्षभित्र दिवांगत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ आफ्ना क्षेत्रमा परिक्रमा गराउनुका साथै अन्न तथा द्रव्य दान गर्ने गरिन्छ ।
    गत वर्ष कोरोनाले जात्रा निकाल्न नपाइए पनि यो वर्ष सामुहिक रुपमा जात्रा निकालिएको स्थानीय मौसमदास श्रेष्ठले बताए । कोरोनाका कारण विगतका वर्षहरु भन्दा यो वर्ष निकै कम सहभागिता भएको बताए ।
    राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको मानिन्छ । राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु हुन्छ भन्न देखाउन गाई जात्रा निकाल्ने प्रचलन सुरु भएको मानिन्छ ।
    जात्रा श्रीनगरमा पनि निकालिएको थियो । सल्यानमा भोली पनि जात्रा निकालिने बताइएको छ ।
    -------------------------------
    याे लेकाली अनलाइनकाे आधिकारीक युटुब च्यानल हाे । हामी यसमा अनलाइनसँग सम्बन्धित विषयबस्तुहरू राख्दछाैं ।
    -------------------------------
    लेकबेशी मिडिया ग्रुप प्रालिद्वारा संचालित लेकाली अनलाइन डटकम ।
    खलंगा सल्यान ।
    सुचना विभाग दर्ता नम्बर ९२०/०७५-०७६
    -------------------------------
    Lekali Online UA-cam Channel
    Website : www.lekalionline.com
    Facebook : lekalionline
    Gmail : lekalionline@gmail.com
    Mobile : 9868650103
    -------------------------------
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कारबाही गरिनेछ ।
    -------------------------------
    हाम्राे च्यानलमा भिजिट गर्नुभएकाेमा धन्यवाद । च्यानललाइ Subscribe गर्दिनुहाेला ।

КОМЕНТАРІ •