जनै बनाउने सबै विधी/How to make Janai?full process in video यस भिडियाेमा जनै बनाउने सम्पूर्ण विधि छ

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • #ब्राह्मण #rakshabandhan #janaipurnima
    हामि हिन्दू धर्म मान्नेहरू अन्तर्गत जनैधारी हरूकाे मूख्य चाड मध्ये जनैपूर्णिमा पनि एक हाे । हामि अरू रितिरिवाज विधिपूर्वक नगरेपनि वर्षकाे एकचाेटि जनै फेर्छाैँ तर हामि बेफुर्सदि भएकाेले घरमा जनै नबाटेर बजारकाे रेडिमेड जनै किनेर लगाउँछाैँ । तर धेरैलाइ थाहा नहाेला त्याे जनै चाइनाबाट ल्याइन्छ भन्ने । यसरि ल्याइएकाे जनै कत्तिकाे विधिपूर्वक बनाइएकाे हुन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ जब कि चाइना बुद्दिष्ट धर्म मान्ने देश हाे र जनै बनाउने विधि पनि थाहा हुँदैन त्यत्तिके मेशिनले धागाे बेरेर जनै बनाएर पठाएकाे हुुन्छ त्यसैले शुद्द र विधिपूर्वक बनाइएकाे जनै लगाउने हाे भने हामि स्वयंले बाटेर लगाउनु पर्छ भन्ने हेतुले याे जनै संग्लने विधिकाे याे भिडियाे बनाएकाे छु ।
    ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
    स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले जनैपूर्णिमाकाे दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
    #janaipurnima #rakshabandhan #rishitarpani #yagyopavit
    #जनैपूर्णिमा #रक्षाबन्धन #ऋषितर्पणि #जनैबनाउनेतरिका #जनैसंग्लनेतरिका #जनैबाट्नेतरिका #हिन्दुधर्मालबलम्बि #हिन्दुधर्म #ब्राह्मण #hamrosanskar #हाम्राेधर्म #हाम्राेसंस्कार

КОМЕНТАРІ • 2

  • @sharadpokhrel2212
    @sharadpokhrel2212 6 місяців тому

    nice

  • @sharadpokhrel2212
    @sharadpokhrel2212 6 місяців тому

    शिखा पारेको अलि ढिलो ढिलो बनाउदै देखाउदै गरेको भए सिकाइ अलि राम्रो हुने थियो कि ।।।।