Himal Sari - Narayan Gopal & Aruna Lama | Gopal Yonjan | Nepali Song

Поділитися
Вставка
  • Опубліковано 16 січ 2025

КОМЕНТАРІ • 370

  • @janakkc4661
    @janakkc4661 2 роки тому +150

    साच्चिकै नारायण गोपाल अरुणा लामा र गोपाल योञ्जन नेपाली गीत र साँगीतिक आकाशका हिमाल नै हुन। यी श्रष्टाहरुको नेपाल र नेपालीले गुण तिरेर कहिले पनि सकिन्न।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 11 місяців тому +13

    कस्तो स्वर उहाँहरू को यस्तो स्वर हुने गायक र गायिकाहरू यो हाम्रो देशमा जन्मिने छैनन् । सबैमा धन्यवाद छ ।।

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 2 роки тому +212

    जिउ सिरिङ्ग भयो ! यस्तो पो सङ्गीत स्वर लय रचना अहिले को गीत त youtube मा जबर्जस्ती भाइरल गरायो २/४ दिन मा गायब

    • @rupakmaharjan9192
      @rupakmaharjan9192 Рік тому +8

      सत्य कुरा यही हो।

    • @SanjayaKalikote
      @SanjayaKalikote Рік тому +4

      हो भन्या 😊😊😊

    • @nervousff2336
      @nervousff2336 Рік тому +1

      😂😂😂😂😂

    • @MunaTamang-x7c
      @MunaTamang-x7c Рік тому +3

      ❤❤❤

    • @haribhattarai2348
      @haribhattarai2348 Рік тому +4

      @hetauda8583. Hajurle 100% malai pani chitta bujhne kura garnu bhayo sarai mitho song❤❤❤❤ jati sune pani fresh nai lagne. incredible

  • @nareshpoudel-i5d
    @nareshpoudel-i5d 26 днів тому +9

    नारायणगोपाल ज्यू र अरूना लामा ज्यू ईश्वरकै बरदान हुन्
    ऐलेको यस्तो टेक्नोलोजीको जमानामा बनाएका गितहरू भन्दा लाखौ गुणा राम्रा छ्न् यी गितहरू 🌷

  • @manbahadurbk4326
    @manbahadurbk4326 2 роки тому +48

    डर हमेसा यहि रहन्छ कि।यस्ता कृतिहरुलाइ आउँदा पुस्ताहरुले बुझ्लान कि नाइ।यी महान कलाकारहरुको सम्ममान गर्लानकिनाइ भनेर।

    • @rabindrabhurtel257
      @rabindrabhurtel257 7 місяців тому +1

      Testai lagxa malai pani

    • @rsdulal5295
      @rsdulal5295 22 дні тому +2

      नेपाली हरु प्राय कृष्चेन बनेर नेपाली पन नेपाली धर्म संस्कार छोडि सके । आफ्नै आमा बाबु लाइ सम्झदैनन् । यी कलाकार लाई कसरी सम्झेलान् ?

  • @Dolakha123
    @Dolakha123 2 роки тому +59

    यो गीतको साथमा माया गर्नेको अंगालो !!! वाह , स्वर्ग को सुखानुभुती !!!!

    • @manbahadurbk4326
      @manbahadurbk4326 2 роки тому +1

      तेसैको अभाव त छ जिबनमा हजुर सम्झिनु बाहेक केही रहेन ।।

    • @deephealer4461
      @deephealer4461 2 роки тому

      Bakwaas

    • @ceraphyte647
      @ceraphyte647 Рік тому

      Well said

    • @sanjeylama9692
      @sanjeylama9692 Рік тому

      akdham sahi vannu vo hjr le but ahie tw jamana sangai manxe pni badale saki xan yo sabai kura vetinna hola 😭😭😭

  • @rabinaspirants
    @rabinaspirants Рік тому +14

    हार्दिक नमन ती नेपाली सँगितका हमान हस्तीहरुलाई । असिम श्रद्धासुमन, हार्दिक नमन

  • @rishiramchalise8845
    @rishiramchalise8845 3 роки тому +61

    हिमाल सरि म अग्लि रहेछु
    समात, समात, समात मलाई
    बादल सरि म पग्लि रहेछु
    सम्हाल, सम्हाल, सम्हाल मलाई
    हिमाल सरि म अग्लि रहेछु
    समात, समात, समात मलाई
    बादल सरि म पग्लि रहेछु
    सम्हाल, सम्हाल, सम्हाल, मलाई
    यि तारा कति छन् म गन्न सकुँला
    यि तारा कति छन् म गन्न सकुँला
    तर तिम्रो माया कति छ नसोध
    जहाँ बरले पिपल अङ्गालेर बस्छ
    जहाँ बरले पिपल अङ्गालेर बस्छ
    तिम्रो मेरो साइनो त्यतै तिर खोज, त्यतै तिर सोध
    दुलही सरि म रंगिरहेछु
    उचाल, उचाल, उचाल मलाई
    बादल सरि म पग्लि रहेछु
    सम्हाल, सम्हाल, सम्हाल मलाई
    म खोली बनेर सुस्तरी आँउला
    म खोली बनेर सुस्तरी आँउला
    तिम्रो सागरमा केही ठाउँ देउ
    तिम्रो सारा तृष्णा मै मेटिदिउँला
    तिम्रो सारा तृष्णा मै मेटिदिउँला
    मलाई तिमी मै समेटिन देउ, समेटिन देउ
    आकाश सरि म फैलिरहेछु
    अंगाल, अंगाल, अंगाल मलाई
    बादल सरि म पग्लि रहेछु
    सम्हाल, सम्हाल, सम्हाल मलाई
    हिमाल सरि म अग्लि रहेछु
    समात, समात, समात मलाई
    बादल सरि म पग्लि रहेछु
    सम्हाल, सम्हाल, सम्हाल मलाई
    सम्हाल, सम्हाल, सम्हाल मलाई
    सम्हाल, सम्हाल, सम्हाल मलाई
    शब्द/संगीत: गोपाल योञ्जन
    स्वर: नारायण गोपाल, अरुणा लामा(Nightangle of the hills)

    • @raiidevi306
      @raiidevi306 2 роки тому

      🙏🙏🙋🙋😍😍💕💕❤❤👌👌👍👍🎧🎧🎵🎵🎶🎶

    • @Ryan-kz2uw
      @Ryan-kz2uw Рік тому

      you again, nice to see you

    • @Somrajlimbuchemjong
      @Somrajlimbuchemjong 8 місяців тому

      Legends is legends i surrender him🙏🙏🙏

    • @surendrapradhan7326
      @surendrapradhan7326 4 місяці тому

      सम्हाल सम्हाल सम्हाल मलाइ। स्वर सम्रागि अरुणा लामा दिदी नमन

  • @manojgyawali3870
    @manojgyawali3870 2 роки тому +8

    सानो छँदा मेरो बाबाले यो गीत बिहानीपख हार्मोनियम मा खुप गाउन्थ्यो अनि रेडियो नेपालमा कति धेरै सुन्थे आज धेरै वर्ष पछि सुन्न पाए धेरै खुसी लाग्यो 💓💓💓💓

  • @bicharighale4571
    @bicharighale4571 2 роки тому +5

    यती पवित्र यती मिठाे स्वर सङ्गै प्रेममय जादुगरी प्रेम गीत सुन्दा लाग्छ समुद्रको बीचमा रहेर प्यासिए झै लाग्दछ किन की जतिनै सागरको गुनगान गाएपनि प्यास मेटाउन त खोलीनै चाहिदो रहेछ जहाँ सागरमा नून मात्र मिल्ने गर्दछ ।

  • @TilakRai-j1e
    @TilakRai-j1e 5 місяців тому +9

    कुनै शब्द छैन । यस्तो गित उपहार दियर जानू भो हजुर हरुको आत्माले त्यो सुन्दर स्वर्गमा बास पायेको होस।।

  • @milanranamagar6586
    @milanranamagar6586 2 роки тому +17

    This is the most romantic nepali song I've ever heard.
    तिम्रो सारा तृष्णा मै मेटिदिऊला,मलाई तिमीमै समेटिनदेऊ।💙

  • @simikworld
    @simikworld Рік тому +55

    The voice हेरेर फेरि सुन्न आए है म साच्गै गित त यो पो रहेछ ❤❤❤❤❤

  • @sherpa0079
    @sherpa0079 2 роки тому +8

    नारायन गोपाल,अरूणा लामा र गोपाल योञ्जन नेपाली गीत संगीतका दारोहर हुन् सँधै अमर रहुन

  • @anjanatamang8964
    @anjanatamang8964 10 місяців тому +3

    यस्तो पो हो त हामी गोर्खा नेपालीहरूको अमूल्य गित हामी सबैले सडंगालेर राख्नु पर्छ धन्य हुन स्वर सम्राट नारायण गोपालप्रसाद धन्य हुन स्वर कि धनी अरूणाचल लामाज्यु ❤❤❤

  • @IshwarStha-b6x
    @IshwarStha-b6x Рік тому +4

    आज कहाँ छौ ? मेरो देशको महान स्वर को धनी हरु। भगवान पुनः यै नेपाल मा जन्म होस।

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 3 роки тому +52

    अरु पुराना गितहरु पनि येसरि नै अझै परिस्कृत तरिकामा सफा सुन्न पाइयोस।, नेपालको गित सङित मा music नेपालको योगदान समानिय छ।।।

    • @yamunasubba4485
      @yamunasubba4485 2 роки тому +2

      So nice song old is gold om no m sivaya sewaroo

    • @nepoleonshrestha3606
      @nepoleonshrestha3606 2 роки тому +3

      नारायण गोपाल मरे पनि मेरो दिल मा जीउँदै छ।

    • @kamana781
      @kamana781 2 роки тому +1

      🙏👍️❤️

  • @exposuretomyself8693
    @exposuretomyself8693 Рік тому +39

    Voice of nepal maa sunera feri sunna yata aaiyo
    Pure melody❣️❣️

    • @ashokghising9966
      @ashokghising9966 Рік тому

      Same here it was really awesome old is gold and make it refreshing from the voice of Nepal 🇳🇵 😮😮😴😴😴🥹🥹😍😍🙏🏻🙏🏻

    • @bhojdahal1362
      @bhojdahal1362 Рік тому

      same dear

  • @mahendrashakya978
    @mahendrashakya978 11 місяців тому +4

    “आकाश सरि म फैलिरहेछु” आहा! कति मिठा शब्द, कति राम्रो संगीत अनि स्वर !!

    • @mukundasarma449
      @mukundasarma449 10 місяців тому

      बांसुरी ले नैं ब्युझाई दिनेछ सदा सदा लाई!!

  • @jibandeuti1417
    @jibandeuti1417 Рік тому +4

    मिठो वाह मनै आनन्दित बनाउने गित यस्तो मिठो सृजना गर्ने यस गितका सम्पुर्ण श्रष्टाहरुमा कोटि कोटि नमन छ!🙏🙏🙏👌❤️❤️❤️

  • @Mahaabharath
    @Mahaabharath 2 роки тому +24

    Hi from Andhra Pradesh India. When I was very young we used to live with so many gorkha families from Nepal. They always have this talent to play flute.
    Though we don't see them now..thank you for service in India.

    • @spandanbaral3804
      @spandanbaral3804 Рік тому

      Very touching.....south indians always show friendliness to Nepalese unlike north indians who are racist

  • @एस्तरकुँवर
    @एस्तरकुँवर 11 місяців тому +9

    अहिलेका गीत सुनेर बमिट आउँछ । त्यतिबेला का गीत कति मीठा हुन्थे।

  • @anuprashpradhaan
    @anuprashpradhaan 2 роки тому +5

    शब्द, संगीत र स्वर सबैले उत्कृष्ट। अब यस्ता सिर्जना दुर्लभ छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 роки тому +1

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @dipenbaniya
    @dipenbaniya Рік тому +4

    Kina kina yo geet sunda bhitrai bata kada umrera aaucha!
    Pure therapy! Aba feri yesto geet banna sakdaina 😢♥️

  • @Sumitm43
    @Sumitm43 Рік тому +5

    आदरणीय गायक नारायण गोपाल र अरूना लामा लाई ऋदय देखि कोटी कोटी नमन छ🙏🏻🙏🏻🙏🏻

  • @nimabungrai7546
    @nimabungrai7546 2 роки тому +9

    Huge respect legend lots of No words ....................i cant control my tears आहा!!!कस्तो मिठो रचना अनि उस्तै गाएकि पनि जति सुनेपनि कहिले नाघाउने ❣️🙏❣️😊😊👏👏

  • @arunkumarsongsaryal3083
    @arunkumarsongsaryal3083 2 роки тому +6

    हिमाल जस्तै अटल श्रस्टा प्रति हार्दिक नमन॥ म्यूज़िक नेपाल प्रति आभार॥

  • @vedprasadgiri
    @vedprasadgiri 2 дні тому +1

    शब्द नै छैन, के भनेर बयान गरौं🙏❤

  • @krishnasarita3075
    @krishnasarita3075 2 роки тому +8

    नारायण गोपाल
    अरुणा लामा
    गोपाल योन्जन
    के भन्नू खै सायद यहि हो हजुर हरुले हामीलाई छाडेर जानू भएको सम्झना

  • @sannugurung2942
    @sannugurung2942 2 роки тому +5

    गीत सङ्गीत र स्वरको अनुपम त्रिवेणी, सुनेर कहिल्यै धित नमर्ने ।

  • @romirai6979
    @romirai6979 Рік тому +4

    आह...अत्ति नै मिठाे ❤

  • @roudyboy2196
    @roudyboy2196 Рік тому +1

    The voice of nepal को stageमा सुनेपछि फेरि अतीतसँगै पछि फर्केर यो गीत सुने।यौन वा शरीरसँग नभई एउटा पवित्र आत्माले प्रेम गर्नेहरूको सामु यो गीत सदाबहार लोकप्रिय छ।

  • @R333Tales
    @R333Tales 4 місяці тому +4

    Absolutely stunning song with incredible lyrics...
    Music touches inner soul of every Nepalese...

    • @jojojo8835
      @jojojo8835 4 місяці тому

      … and also non-Nepalese! Of course I don’t understand a word, but sounds heavenly ❤

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 місяці тому +2

    नमन गर्दछु।
    नेपाल र नेपालीको हिरा,,, नेपाल राष्ट्रको जय जय होस्।

  • @manojshrestha7721
    @manojshrestha7721 3 роки тому +29

    Narayan gopal is legedery singer of Nepal. He is the king.. His every song touch the heart hit to mind

    • @WizInsight108
      @WizInsight108 3 роки тому +2

      No one can ever come close to him.

    • @jirarai4364
      @jirarai4364 3 роки тому +1

      Why not Aruna lama Gopal yonjan ?

  • @bhimgurung183
    @bhimgurung183 Рік тому +4

    जती सुने पनि घिट नमर्ने गीत ❤❤ कति मिठो स्वर मिलेको 🎉🎉

  • @sannugurung2942
    @sannugurung2942 2 роки тому +4

    श्वर सङ्गीत र शव्दको अपूर्व समायोजन, जति सुनेपनि अत्रिप्त ।

  • @dilulama7512
    @dilulama7512 8 місяців тому +1

    उहाँ हरु तिनैजना प्रती श्रद्धा सुमन। म योग शिक्षक हु। यो गितमा ध्यान गराउन्दा ध्यानको गहिराईमा डुब्न अति नै सहज भएको अनुभव बारबार सुनि रहेको छु। प्रत्येक शब्द, सङ्गीत र स्वरले मनलाई शान्त बनाई आनन्द महसुस गरेका छौ। नमन सबैमा

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 2 роки тому +6

    नेपाली संगित स्तर को कुनै एक जमानाको कालजय गित

  • @kseriesnepal
    @kseriesnepal 2 роки тому +7

    उत्कृष्ट रचना ,सङ्गीत र आवाजको त्रिवेणी

  • @BhaktaMagar-z8n
    @BhaktaMagar-z8n 8 місяців тому +4

    स्वर सम्रात/स्वर सम्राज्ञी त्यसै हावामा दिएको होइन नि।❤❤

  • @DaveShresthaMahaDave
    @DaveShresthaMahaDave 3 роки тому +17

    Nepali masterpiece song. Salute to the music creator Gopal Yonjan.

  • @sanamkhadka3476
    @sanamkhadka3476 5 місяців тому +2

    कुनै गीत गाउनका लागि बनेका हुन्छन् भने कुनै गीत सुन्नका लागि त कुनै नाच्नका लागि तर यो गीत आफै(स्वयं)लाई कतै हराउनको लागि बनेको हो।❣️

  • @himanshusinghdhami6015
    @himanshusinghdhami6015 Рік тому +7

    🇳🇵🇳🇵Narayan Gopal is bhishm pitamah of nepali music🇳🇵🇳🇵🇳🇵

  • @s23544
    @s23544 Рік тому +6

    Harek bihan bajxa yo geet sunyoki arkai duniyama🥰❤️🎵🙏

  • @grgb8324
    @grgb8324 2 роки тому +5

    k aba nepal le Asto singer haru feri paaula....... kati vagyamani xau hami Ati mitho swor sunirakhna paxam... kaile purano nahune song....

  • @bhojdarlami9371
    @bhojdarlami9371 Рік тому +7

    Narayan Gopal and Aruna lama is Nepali music industry lifetimes legends
    Thanks Voice Of Nepal

  • @IshwarStha-b6x
    @IshwarStha-b6x Рік тому +4

    नारायण गोपाल को हरेक गित को भाव ले यहि नै जनाएको आभास हुन्छ कि म छिट्टै जादैछु ।तर मरेपनी स्वर सम्राट नारायण गोपाल मरेको छ जस्तो लाग्दैन। किनकि प्रत्येक दिन त कुनै न कुनै स्वर बजि रहेकै हुन्छ।

  • @sajinabhandari5431
    @sajinabhandari5431 Рік тому +9

    कती मिठो ❤so greatful for this exquisite melody!

  • @samirbasnet4413
    @samirbasnet4413 Рік тому +1

    the voice of nepal मा सुनेर यता आउने हाजिर गरम त। कति मिठो गित आहा!🎉🎉🎉

  • @Productionandentertainment
    @Productionandentertainment Рік тому +2

    काल झैँ मन मस्तिष्कलाई सिरिङ्गै बनाउने एकदमै मनमोहक गीत😢😢😢😢😢

  • @sannugurung2942
    @sannugurung2942 2 роки тому +5

    गीत सङ्गीत र स्वरको अनुपम त्रिवेणी, जति सुनेपनि धित नमर्ने।

  • @pushparaee2175
    @pushparaee2175 Рік тому +5

    Ma pani hajir vaye hai...love it this song..❤❤❤❤❤❤❤❤❤❤

  • @DilliRambhattarai974
    @DilliRambhattarai974 10 місяців тому +3

    जहाँ जहाँ यी अग्रजहरूको जन्म हुन्छ मेरो पनि जन्म त्यही होस्।।।। यही कामना छ मेरो जिन्दगीमा।

  • @chhaichalhangrai
    @chhaichalhangrai 2 роки тому +20

    addicted in your voice huge respect legend We will miss you 💔💔😭😭🙏🙏

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 3 роки тому +8

    🚭️👌🙏🇳🇵वाउ दामी दमदार मनै छुने कृति यस्ता मनै छुने। कृतिमा योगदान गर्नुहुने सम्पुर्ण अग्रज कला गला साहित्यका भण्डार हरु प्रति 🇳🇵नमन🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रती 🙏सलाम🙏उच्च सफलताको मङ्गलमय शुभकामना ।🇳🇵🙏👍️🚭️

  • @bishnusapkota5270
    @bishnusapkota5270 Рік тому +1

    The Voice हेरेर आको है म ... वाह वाह स्वर अनि सङ्गीत

  • @BarboteKhotang
    @BarboteKhotang 6 місяців тому +2

    साच्चिकै मन मुटुमा मस्तिष्क मा छुन्छ एस्तो गित सगित अब कहिले बन्दैन ❤❤❤❤🎉🎉

  • @narayanlingden305
    @narayanlingden305 Місяць тому +4

    Nepali song great

  • @prajwallasjbrana8844
    @prajwallasjbrana8844 3 роки тому +15

    A brilliant patriotic song which should touch the heart of every Nepali.A masterpiece for all time.Very very proud to be a Nepali.Jai Matribhoomi,Jai Nepal.

  • @santoshkafle5169
    @santoshkafle5169 2 роки тому +6

    स्वर सम्राट नारायण गोपाल, अरुणा लामा र गोपाल योञ्जन 🌹🌹❤❤

  • @sagardevil6005
    @sagardevil6005 2 роки тому +3

    नाट्यश्वरि का कलियुग रुप हरु आहा अब उहाहरु जस्तो को जन्मेला

  • @dscoversongs248
    @dscoversongs248 3 роки тому +14

    One of the best song ❣️🙏🎵
    Fully refreshing
    #jaha barle pipal angalera basxa
    Timro Mero saino tetai tira sodha tetaitira khoja ❣️
    Miss you legends 😔💝

  • @samjhanaghimire8267
    @samjhanaghimire8267 3 роки тому +6

    बादल सरि म उडिरहेछु सम्हाल सम्हाल सम्हाल मलाइ 😍😍

  • @mukundasarma449
    @mukundasarma449 10 місяців тому +2

    संगीत को स्वर्गमैं पुर्याऊने बाद्ययन्त्र!!

  • @DolanRai-vi1ph
    @DolanRai-vi1ph 8 місяців тому +1

    सदाबाहार गित एस्तो हुन्छ मुटु छुन्छ नारायन गोपाल मरेको छोइना कोइलेपनी मर्देना ❤❤

  • @PunDevendra
    @PunDevendra 2 місяці тому

    आज यो गीत रिलिज भएको ४० वर्ष पुग्यो, अझै कति कर्णप्रिय, लोकप्रिय छ। म सानै उमेर देखि सयौ पटक सुनि सकें, अझै सुनौ सुनौ लाग्छ। यस्तो पो गीत भनेको …

  • @rajanchaudhary984
    @rajanchaudhary984 Рік тому +4

    After Voice of nepal Battle
    Here to dedicate respect to legends❤

  • @Harkarajraii56
    @Harkarajraii56 19 годин тому +1

    हामी 2025 मा सुन्ने टिम्💞🙏💞

  • @jirarai76
    @jirarai76 Рік тому +7

    ❤❤❤ Aruna Lama Narayan Gopal,Gopal younjan❤❤❤ Kings And Queen Of melody❤❤❤❤❤

  • @sureshpradhan2841
    @sureshpradhan2841 2 місяці тому +2

    Heart touching song and words ❤❤❤ By Legend Narayan gopal and Aruna Lama.❤

  • @hdhhjjrhdh3277
    @hdhhjjrhdh3277 2 роки тому +4

    सोर्गिया नारायण गोपाल का गीत सुन्द अझैसम्म यो संसार मा रहेको जास्तो मानिन्छ

  • @A_way.
    @A_way. 3 роки тому +20

    "The person who reading this comment may there future will be bright"❤❤❤❤

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 3 роки тому +3

    पुरानो गित लाइ music nepal ले ,सुधार सफा न्या तरीका ले प्रस्तुत गरेको रहेछ ,धन्यवाद ।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 роки тому +1

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @yashodagurung9270
    @yashodagurung9270 11 місяців тому +2

    Wow..enjoyed कुटुम्बाँ धूंन 😊😊 Thank you for sharing pyari ❤️bahini 👍👍

  • @himeshmagar4631
    @himeshmagar4631 Рік тому +1

    द भोइस अफ नेपाल सिजन 5 मासुनेर हेरे को सारै मिथो अनि आनन्द आयो जिउ सिरिन्ङ भयो

  • @jamunaadhikari3721
    @jamunaadhikari3721 Рік тому +2

    याे गित सुनेर अघाउदिन म सारेेेेे मनछुन्छ गितकाे सुमधुर स्वर भाव मा मिठास पन छ।

  • @SanjayaKalikote
    @SanjayaKalikote Рік тому +2

    oh my god येस्तो गित कहिले बन्ने वाला छैन

  • @rupendrashrestha9520
    @rupendrashrestha9520 3 роки тому +9

    One of best nepali song of all time. Beautiful beautiful beautiful evergreen song.

  • @LalSinghThapaGahaMagar
    @LalSinghThapaGahaMagar 5 днів тому

    जति सुन्यो त्यत्ति नै आँखा पनि रसाएरै जाने गीत।🥲💗🌧️🌨️⛈️💖🌺

  • @rupendrashrestha9520
    @rupendrashrestha9520 3 роки тому +4

    Yo gana jasto meetho yo sangsar ma kamai cha. Ati ati ati metho . Beautiful beautiful beautiful song

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 роки тому

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @BijayaMagar-v5g
    @BijayaMagar-v5g 2 місяці тому +3

    Naran Gopal jasto geet gaune Nepal ma matra hoina yo duniyama kohi janmidaina hajurko atmale sadhai santi payos bhagwan uhako atmale boikhunthama baas pawos

  • @saralashrestha5990
    @saralashrestha5990 2 роки тому +4

    सम्मान छ हजुर हरुलाइ

  • @lokbasnet3201
    @lokbasnet3201 Рік тому +1

    यो गित कान्छी चलचित्र को बि स २०४० ४१ साल तिर को हो यो चलचित्र धेरै पटक हेरेको छु यो गित त कति हो कति one of the best of nepali film❤

  • @Rj-Vlog014
    @Rj-Vlog014 6 місяців тому +4

    आजको समयमा कसैले माया गर्ला

  • @somarai-x3v
    @somarai-x3v Місяць тому +1

    पुराना गीतहरु खोजी 2सुनिराछु❤️❤️❤️❤️

  • @AasishGhimire-j9k
    @AasishGhimire-j9k 18 днів тому

    सधै नमन महान सष्टाहरू प्रति
    ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @khagendrarijal
    @khagendrarijal 2 роки тому +10

    हरेक साझ हरेक रात, मैले हरेक सम्झनामा यहि गीत सुन्ने गरेको छि। कसैलाइ भब्य याद गरिरहेको हुन्छु।

  • @dikshitapant8451
    @dikshitapant8451 Рік тому +3

    यि तारा कति छन् म गन्न सकुँला
    तर तिम्रो माया कति छ नसोध 😭🩷. Kati ramro kkkkk 🫶

    • @SuperStar-ho9pe
      @SuperStar-ho9pe 8 місяців тому

      Love 🫶🫶🫶🫶🩷

    • @HetaudaBazar1985
      @HetaudaBazar1985 22 дні тому

      @@dikshitapant8451 जहाँ वर ले पिपल अङालेर बस्छ तिम्रो मेरो साइनो त्यतै तिर सोध त्यतै तिर खोज भन्ने गजब लाग्यो एक्दमै हृदय्स्पर्शी कल्पनातित

  • @madanchhetri3515
    @madanchhetri3515 3 роки тому +7

    A milestone song of Nepali film industry. 🙏🏻

  • @subodhbudhathoki295
    @subodhbudhathoki295 2 роки тому +3

    यस्ता गितहरु मलाई औसधि जस्तो लाग्छ।

  • @prayasthapa
    @prayasthapa 2 роки тому +5

    2079 jestha 25 gate.. still best.. old memories

  • @shreegurung9479
    @shreegurung9479 2 роки тому +4

    golden voice , diamond lyric, no words mind blowing.

  • @pushpashakya5721
    @pushpashakya5721 4 місяці тому +2

    ❤❤❤❤❤❤

  • @SamsonDarnal
    @SamsonDarnal 4 місяці тому +2

    Yo get ta dherai Maya hune haru jasko saat pawnu sakena teyo 2ta le yo geet sunda kasto pida vayo hola???
    Mero nai yo geet sunda ankha vari aasu aayo

  • @minthapa1713
    @minthapa1713 5 днів тому

    मलाई एकदम मन पर्ने गित मध्यको एक वाह वाह वाह 😘

  • @ManjuKarki-rf6pk
    @ManjuKarki-rf6pk 4 місяці тому +3

    यो गितको लेख रचना चेतन कार्की हो😊

  • @isworlimboo9175
    @isworlimboo9175 4 місяці тому +1

    Purkha harlai kahile vulnu hunna hamle ..atti sundar😢😢

  • @anillimbu4642
    @anillimbu4642 Рік тому +2

    After voice of nepal battle 💓💓💓

  • @samuelshresthaofficial4217
    @samuelshresthaofficial4217 3 роки тому +11

    Old kings beautiful song 🙏