📌इन्सपेक्टर र सब इन्सपेक्टर पदको लागि भारी सङ्ख्यामा विज्ञापन २०८१ । news job vacancy 2081

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका निम्न बमोजिमका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट Online दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने उम्मेदवारले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत Online दरखास्त दिनु पर्नेछ। नेपाल प्रहरीको वेबसाइट: www.nepalpolice.gov.np को Career भित्र Online Application वा careers.nepalp... बाट Online दरखास्त फाराम भर्न सकिनेछ ।
    पुनश्चः
    १. Online दरखास्त पेश गर्दा आवश्यक कागजातहरूको सक्कलै Scan Copy अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ। साथै पेश भएका प्रमाणपत्रहरूको जिम्मेवारी
    उम्मेदवार स्वयंले लिनुपर्नेछ ।
    २. तोकिएको म्यादभित्र दाखिला नभएका वा शर्त पूरा नभएका वा रीत नपुगी भरिएका वा दरखास्त दस्तुर नबुझाइएका दरखास्त जुनसुकै समयमा रद्द गर्न सकिनेछ ।
    तोकिएको शर्त पूरा नभई दरखास्त स्वीकृत नभएमा दरखास्त दस्तुर फिर्ता हुनेछैन ।
    ३. ४. दरखास्त अवधिभित्र ORMS मार्फत आवेदन दिएका उम्मेदवारहरूमध्ये आवश्यक विवरण तथा कागजातहरू अपुग भएका उम्मेदवारहरूको अभिलेख अद्यावधिक गर्न नेपाल प्रहरीको वेबसाइटमा सूचना प्रकाशन गरिनेछ। उक्त सूचनामा तोकिएको समयभित्र अपुग कागजातहरू अद्यावधिक नगर्ने उम्मेदवारहरूको दरखास्त फाराम स्वतः रद्द हुनेछ ।
    ५. हरेक चरणको परीक्षा समाप्ती पश्चात् नतिजा प्रकाशन गरिनेछ र उत्तीर्ण उम्मेदवारलाई मात्र अर्को चरणको परीक्षामा सहभागी गराइनेछ ।
    ६. परीक्षा सञ्चालन गर्दा खुला तथा समावेशी तर्फको एउटै परीक्षा सञ्चालन गरिनेछ र निजहरूले प्राप्त गरेको अङ्कको आधारमा समावेशी तर्फका उम्मेदवारहरू
    बीच मात्र छुट्टा-छुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ ।
    ७. अन्तर्वार्ता दिन आउँदा उम्मेदवारले दरखास्त साथ पेश गर्नुपर्ने भनी उल्लेख गरिएका आवश्यक प्रमाणपत्र तथा कागजातहरूको सक्कल सहित स्वयंमले 'सक्कल बमोजिम नक्कल ठीक छ' भनी प्रमाणित गरेको प्रतिलिपि समेत अनिवार्य रूपमा साथमा लिई आउनुपर्नेछ ।
    ८. प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १३ को उपनियम (५) बमोजिम पदपूर्ति समितिबाट विज्ञापन प्रकाशन भएपछि दरबन्दी थप वा खाली भई पद रिक्त भएमा लिखित परीक्षाको नतिजा प्रकाशन हुनुभन्दा अगाडि सो पदपूर्ति समितिले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी सोही विज्ञापनमा सो सङ्ख्या समेत थप गर्न सक्नेछ ।
    ९. यस विज्ञापन सम्बन्धी सूचना तथा विभिन्न चरणमा लिइने परीक्षाहरूको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत प्राप्त गर्न सकिनेछ ।
    १०. Online दरखास्त दिने सम्बन्धी जानकारी मूलक Tutorial Video नेपाल प्रहरीको आधिकारिक UA-cam Channel मा हेर्न सकिनेछ ।
    ११. Online दरखास्त फाराम भर्दा कुनै द्विविधा भएमा कार्यालय समयभित्र यसै विज्ञापनको प्रकरण नं. ३ मा उल्लेख भएका सम्बन्धित दर्ता केन्द्रहरूको सम्पर्क नम्बर वा नेपाल प्रहरी प्रधान कार्यालय, भर्ना छनौट शाखाको टेलिफोन नं. ०१-५७१९९२७ मा सम्पर्क गरी वा ormscareer@nepalpolice.gov.np मा इमेल
    पठाई बुझ्न सकिनेछ ।
    मिति:- २०८१/०५/२८ गते ।
    नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग
    वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखा नक्साल, काठमाडौँ।
    #new_job_vacancy_2024
    #dsewa
    #newjobvacancyinnepal2081
    #new_job_vacancy_2081
    #Nepal_police_job_vacancy
    #inspector_vacancy
    #sub_inspector_vacancy

КОМЕНТАРІ • 4