saturday satsang 19 july 2024

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • पूर्ण ब्रम्ह कबिर उपासक समाज नेपालको आयोजनामा गत शनिवार काठमाडौं जिल्लाको ज्ञानेश्वर स्थित ग्यालेक्सी स्कूलमा एक सत्सङ्ग कार्यक्रम आयोजना भएको छ । सनातन धर्म का असली हितैषी विश्व विख्यात तत्वदर्शी सन्त रामपाल जी महाराज को मंगल प्रवचन श्रवण गराइएको उक्त कार्यक्रम विहान १०.३० बजे शुरु भई करिब ४ घण्टा चलेको जानकारी प्राप्त भएको छ । काठमाण्डौ उपत्यका लगायत वरपरका भक्तजनहरुको सहभागितामा सम्पन्न कार्यक्रम आफ्नो नियमित कार्य तालिका अन्तर्गत भएको आयोजक समिति ले जानकारी दिएको छ ।
    युवा - बृद्ध बृद्धा लगायत स साना बाल बालिका हरुको पनि उपस्थिति रहेको कार्यक्रम मा गीता , वेद , पुराण , कुरान सरिफ , बाइवल , गुरु ग्रन्थ साहिब लगायत सम्पूर्ण धर्मका ग्रन्थहरूमा उल्लेख भएका ज्ञानका आधारमा ज्ञान चर्चा भएको हो । सबका मालिक एक भनिएता पनि एवं सम्पूर्ण धर्म का धर्म शास्त्रहरुले पनि एकै भगवान - एकै परमात्मा परमेश्वर तर्फ स्पष्ट संकेत गरिएको भएता पनि धर्म गुरुहरुको अज्ञानता, निजी स्वार्थ, नादानका कारण भोला भक्तजनहरु भ्रमित छन्, अज्ञानतावश शास्त्र विपरीत साधनामा मस्त छन् । तसर्थ कुलका सृजनहार चिनाउने र सतभक्ति गराएर निजधाम सतलोक प्राप्ति गराउने गुरुजी सन्त रामपालजी महाराजको उद्देश्य मा हातमा हात र साथमा साथ दिन उपस्थित भएको एक सहभागीको भनाई रहेको थियो ।
    #SatlokAshramNepal #india #hinduism

КОМЕНТАРІ •