Juga: Jatra Boshigau

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • ~ आज जुगः जात्रा ~
    गुँलागा त्रयोदशी तथा भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौं चन्द्रागिरि स्थित बोसीगाउँमा जुग: जात्रा गरिन्छ । यस दिन बोसीगाउँबाट ल्होँखामा पुजा गर्न लग्ने चलन छ ।
    विगतमा ल्होँखाबाटै १६ जना व्यक्ति अलगिएर तत्कालिन समयमा प्रतापपुर, पवनखेल अहिलेको बोसीगाउँमा बस्ती बसालेको ईतिहास छ । तिनिहरू सबै काठ चिर्नै काम गर्दथ्ये, काठ चिर्ने काम गर्ने मान्छेलाई नेपालभाषामा 'बोसी' भनिन्छ । तीनै बोसीहरू बस्ने ठाउँ भएर यस ठाउँको नाम बोसीगाउँ रहन गएको हो भन्ने जनश्रुति रहेको छ ।
    तत्कालिन समयमा ल्होँखाबाट छुटिएर आएका १६ जनाले तिनिहरू सँगै त्यहाँको चिभा: चैत्यका मुर्ति, भैरब मुर्ति लगायत भेलु क्वं द्य: पनि सँगै बोसीगाउँ ल्याएका थिए ।
    गुँलागा त्रयोदशी तथा भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौं, भक्तपुर लगायत विभिन्न ठाउँमा जुग: चह्रे वा पञ्जराँ पर्व, पञ्चदान भनेर मनाउँदछ । भगवान बुद्धसँग सम्बन्धित रहेको यस पर्वमा पञ्चदान लिने/दिने गरिन्छ । यस दिन सबैले आफ्नो बहाल चैत्यमा परिक्रमा गर्न जाने गर्दछ, यस्तै बोसीगाउँबाट पनि आफ्नो पुर्व थलो ल्होँखाको चिभा: चैत्यमा घुम्न दर्शन जाने परम्परा रहि आएको छ । तत्कालिन समयमा त्यहाँबाट खोसेर ल्याएको चिभा: चैत्यको चार दिशाको चार वटा बुद्ध (अक्षोभ्य-पुर्व, रत्नसंभव-दक्षिण, अमिताभ-पश्चिम र अमोघसिद्धि-उत्तर) मुर्तिलाई जुग: चह्रेको दिन बोसीगाउँबाट रथमा राखेर लैजाने गर्दछ, र ल्होँखा पुगेपछि सो चैत्य अगाडि रथ बिसर्जन गरेर रथभित्रको देवतालाई चिभा: चैत्यमा प्रतिस्थापन गरेर पुजा गरिन्छ । यो जात्राले बोसीगाउँ र ल्होँखा:को सम्बन्धलाई पुनजाग्रित गराउँदछ ।
    पहिला पहिला ख्य:ले-दब: खुसि-फाबलांचा हुँदै ल्होँखामा ढकी:मा भगवान राखेर पुजा लैजाने गरेकोमा विगत ७०/८० वर्ष अगाडि देखि भने रथमा राखेर लैजान शुरू गरिएको थियो । अहिले भने ख्य:ले-खुसि खुसि चोक हुँदै रथ यात्रा गरिन्छ । विभिन्न नेवा: काँ बाजा, नायो खिं, धिमे, धाँ , बाँसुरी, आधुनिक ब्याण्ड बाजा, भजन खल: यस दिन रथ सँगै बाजा बजाउँदै जाने गर्दछ । रथको पछि पछि भने महिलाहरू लस्करै परम्परागत नेवा: पोशाक हाकुपटासिमा सजिएर आउँछन् , उनिहरूले साथमा रहेको डालामा भित्रको बिव: (धान, गहुँ, जौ,मकै)) लाई प्रत्येक मठमन्दिर, चिभा: चैत्यमा चढाउँने गरिन्छ । यसलाई दान दिएको रूपमा बुझ्ने गरिन्छ । यसरि चढाएको बिव:लाई सो जुग: जात्राको जिम्मा पाएको गुठीले लैजाने गरिन्छ र उक्त बिव:लाई समयबजी पुन्हीको दिन सो गुठीका सदस्यले चटामरी जस्तै गरी बनाएर खाने चलन छ ।
    लेख: Maharjan Bikshan
    #boshigaundabali #juga #jugajatra #jugacha #PANCHADAN #panjara #lhonkha #chandragiri

КОМЕНТАРІ •