The Promo Vidoe of ‪@SheyFestival‬ 2024 प्रसिद्द शे मेला २०८१ को प्रचार भिडियो

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • हरेक १२ वर्षको अन्तरालमा माथिल्लो डोल्पास्थित शे रिवो डुग्ड्रा (Crystal Mountain) को काखमा भव्यताका साथ मनाईने शे मेला (Shey Festival) डोल्पो समुदायको ऐतिहासिक धार्मिक तथा साँस्कृतिक महत्व बोकेको प्रशिद्ध उत्सव हो । आगामी २०८१ भाद्र १६ देखि २१ गते सम्म “दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्व शान्तिको” भन्ने मूख्य सन्देशका साथ ६७ औँ १२ वर्षे शेल्री डुग्ड्रा (शे) मेला आयोजना गर्ने भएको छ।यो मेला परापूर्वकालदेखि चल्दै आएको डोल्पो समुदायको सांस्कृतिक एकता, समभाव र पारम्परिक महत्वको महाउत्सव हो।
    मेलामा सहभागी भक्तजनहरुले सुख, शान्ती र उन्नतिको कामना गर्दै शे रिवो डुग्ड्राको परिक्रमा गरिन्छ । अधिक ऐतिहासिक तथा सांस्कृति महत्व बोकेको यो पर्व भौगोलिक विकटताको कारण अझै पनि प्रचारप्रचारको अभावमा पर्खिरहेको भएतापनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्‍ने गर्दछ ।
    उक्त मेलामा नेपाल सरकारको सम्माननिय प्रधानमन्त्रि ज्यु, परमपूजनिय धर्म गुरु ड्रिकुङ क्याब्गोन छेत्साङ रिन्पोछे, क्याबजे छोकटुल पेमा रिकचल रिन्पोछे, क्याबजे मेन्री पोन्लोप ठिन्ले न्यिमा रिन्पोछे लगायत हजारौँ संख्यामा स्थानिय तथा बाहिरिय धर्मगुरु,पर्यटक,स्थानिय तथा बिभिन्न राष्ट्रिय तथा अन्तरष्ट्रिय संघ संस्थाहरुबाट प्रतिनिधित्व गर्दै उपस्थित हुने भएकोले सबैलाई आयोजक समिति निमन्त्रण गर्दछ।
    पहिलो दिनको उद्घाटन समारोह पश्चात्, विविध प्रकारका गतिविधिहरू हेर्न पाइछ। जसमा प्रतिष्ठित लामा वा रिनपोछे प्रवचन तथा शक्तिकरणका पुजा, सांस्कृतिक प्रदर्शनहरू, घोडादौड र धनुर्विद्या जस्ता परम्परागत खेलहरू प्रस्तुत हुनेछ।
    पुरानव संस्कृति, मानिसहरुको जीवनशैली, अछुतो परिदृश्य र गहन आध्यात्मिक विश्वासहरुले सामुहिक रुपमा एक प्रामाणिक साहसिक अनुभावमा योग्दान पुर्‍याएको छ । माथिल्लो डोल्पोको मनमोहक दृश्यहरुले यस भव्य उत्सवमा थप आकर्षण थपेको छ ।

КОМЕНТАРІ • 1