स्याङ्जा पुतालि बजार नगरपालिका वडा नं 14 सतौँ कोट मा महानबमि को दिन धामी नाच 🥰
Вставка
- Опубліковано 9 лют 2025
- स्याङजा जिल्लाकै प्रशिद्ध मन्दिर सतौ चण्डीथान र यसको सेरोफेरो धार्मिक एवम पर्यटकीयरुपले निकै प्रशिद्ध स्थल ।
#virul
परिचय
स्याङजा जिल्लाकै प्रशिद्ध मन्दिर सतौ चण्डीथान र यसको सेरोफेरो धार्मिक एवम पर्यटकीयरुपले निकै प्रशिद्ध छ। यो ठाँउ स्याङजा वजार(रेडियो चोकबाट) वाट करिब 11 कि मी टाढा पर्दछ ।सतौं चण्डीस्थान र यसको सेरोफेरो( सतौं चण्डी देवनगरीधाम) स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वार्ड नं. १४ अन्तर्गत पर्दछ। यस क्षेत्रमा ३ वटा धार्मिक स्थल सतौं चण्डीथान , सतौ पशुपतिनाथ र सतौंकोट कालिका अवस्थित छन । साथै यसै क्षेत्रमा दुई ठुला पार्क मदन आश्रित पार्क र मेहेन्द्र पार्क पनि रहेका छन् ।
सतौ चण्डी मन्दिरको केही माथि सतौंकोटे राजाले बनाएको दरबार छ। त्यसलाई कोट भनिन्छ, सतौकोट रहेको स्थानलाई स्थानियहरुले पारीकोट पनि भनेर चिनाउने गरेका छन् ।
सतौ चण्डी मन्दिरको इतिहास
पहिलेका बाईसे चौबीसे राज्यका राजाहरूले आ-आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने चलन थियो। त्यही चलनअनुसार सतौंकोटे राजाहरूले मन्दिर स्थापना गरी सतौं चण्डी नामंकरण गरेका हुन सक्छन्। चण्डी रहेको ठाउँलाई चण्डीस्थान भनिन्छ। यो मन्दिर सतौंका तेस्रो राजा शिरबम शाहीले निर्माण गरेको विश्वास गरिन्छ। पहिलो राजा वडाबम राव र दोस्रो मिचा खान थिए। एक जनश्रुतिअनुसार शिरबम शाहीले राज्य सम्हालेकै केही महिनामा हालको मन्दिर भएको ठाउँबाट पहिरो गएर त्यसभन्दा तल रहेको हल्लेखोला गाउँमा बाख्रा चराइरहेकी एउटी मगर कन्यालाईअँठ्याएछ। त्यसपछि गाउँभरि हल्लाखल्ला मच्चियो। हार गुहार गरेपछि वल्लो पल्लो गाउँबाट मान्छेहरू ओइरिए र ती बालिकालाई खोज्न गए। अन्ततः ती बालिका एउटा ढुंगाको कापमा सुरक्षित भेटिइन्। त्यस ढुंगामार्फत देवीले बचाएकी हुन् भनेर त्यस ढुंगाको एउटा चोइटो लिएर पहिरो गएको ठाउँभन्दा केही माथि देवीको रूपमा चण्डी स्थापना गरी पूजा गर्न थालियो।पाल्पा भगवती, बाग्लुङ कालिका, गोरखा मनकामना र चण्डीस्थानको मन्दिरमा पूजा गर्ने बिधि र पूजारी पनि एउटै जातको भएकोले यी मन्दिरहरू समान शक्तिपीठहरू हुन् कि भन्न सकिन्छ। सतौंमा चण्डीको स्थापना भई पूजा बिधि सुरु भएपछि मन्दिर निर्माण गरियो।
सबैभन्दा पहिले ढुंगा र माटोको गारोबाट निर्मित त्यस मन्दिर खरले छाएको तर धुरी मारेको रहेनछ। वि.सं. ८६५ मा निर्मित उक्त मन्दिरलाई १७७० तिर राजा दीर्घराज शाहीले पुनर्निर्माण गरी ढुंगाले छाउने काम गरे। शिरबम शाही र दीर्घवम शाहीसम्म आइपुग्दा चामु शाही, तुला शाही, बहादुर शाही, छत्र शाही, पृथ्वीपति शाही, दावनल शाहीहरूले राज्य गरिसकेका थिए। राजा दीर्घराजले मन्दिर पुनर्निर्माण गरेकै वर्ष सतौं राज्यमा भोकमरी, दैवीप्रकोप परेछ।
*सञ्चालन प्रकृया
चण्डीस्थान मन्दिरमा नित्य पूजाको लागि सातुपसलमा पचास मुरीमाटो खेत गुठी राखिएको थियो। राजाको दरवार भनिने सतौंकोट कालिका मन्दिरको लागि सतौं राज्यमा शिरबमदेखि अन्तिम राजा कीर्र्तिवीरसम्म बाह्रौं पुस्ताले राज्य गरेका थिए। कालिका मन्दिरको नित्य पूजा गर्न ब्राहृमणका लागि पन्ध्र मुरी, नगर्चीका लागि पचास मुरी, कटुवालका लागि पन्ध्र मुरी माटो खेतलामागे र सातु पसलका फाँटमा गुठी छुट्याइएको थियो। पहिले कालिकाको सुनको छपन्न तोलाको मूर्ति थियो। त्यो मूर्ति चोरी भएपछि अहिलेको मूर्तिमा सात लालसुनले मात्रै लेपन गरेको बुझिन्छ। मन्दिर संरक्षण गर्न फूलपाती पुर्याउन, मैदान पँधेराको शिवालयमा नित्य पूजा गर्न सोरघर, देउराली भिर, फूलवारी, रानीस्वाँरा, सेवादीमा खेत तथा पाखा गुठी समेत राखिएको थियो।चण्डीस्थानको अहिले देखिने मन्दिर वि.सं. २०४५ मा पुनर्निर्माण गरिएको हो। सतौं चण्डी देवनगरी धामभित्र सतौं चण्डीस्थान, सतौंकोट, पशुपतिनाथ मन्दिर पर्दछन् भने सतौं राज्यभित्र दरौं, पञ्चमूल, अर्जुन चौपारी, सातु पसल , लामागे, सतौंगाउँ ,फापरथुम पर्दछन्। सतौं चण्डीको भाकल पूजा आराधना गर्नाले दुर्घटनाबाट जोगिने, सुख शान्ति र समृद्धि हुने विश्वास गरिन्छ। यसैले यस मन्दिरमा पूजा वा दर्शन गर्नका लागि यस जिल्ला लगायत कास्की, पाल्पा, तनहुँ, पर्वत, बाग्लुङ, रुपन्देही, काठमाडौं लगायत टाढा टाढाबाट मानिसहरू आउने गर्दछन्। महाशिवरात्री, बालाचतुदशी, दशैंको अष्टमी पर्वहरूमा मेला लाग्छ। बाजागाजासहित संघ संस्था वा व्यक्तिले पनि पञ्चबली -राँगा, हाँस, पाठा, भाले, परेबा, सुगुर) दिने चलन छ।सतौंकोट मन्दिरमा दशैंको फूलपातीदेखि मन्दिरसँग सम्बन्धित ब्राह्मण, ठकुरी र मगर जातिका पुरुष उपवास बसी नवमीका दिन धामी नाच गरी तिवारी थरका ब्राहृमणले राँगाको कानमा मन्त्र सुनाई मन्त्र सुनाइएको राँगालाई बलि दिई बाजा गाजासहित बढाइ गरिन्छ।अको जनश्रुति के छ भने धेरै पहिले कोटमा राँगाको सट्टामा तिवारी थरका छोरालाई बलि दिइन्थ्यो। तिवारीका सन्तान घट्दै गएर एउटा मात्रै बाँकी रहेछ। उसले राजालाई भनेछ, “सरकार मेरो बलि चढेर तिवारी थर समाप्त भएपछि बलि चढ्ने पालो तपाईको हुनेछ।” त्यसपछि निकै खैलाबैला मच्चिएछ। मान्छे काट्न हुँदैन भनेर आन्दोलन भएपछि परम्परा थेग्न राँगालाई मन्त्र सुनाएर बलि दिने चलन भएको सुनिन्छ।हाम्रो धर्म शास्त्रले पनि सबै प्राणीको रक्षा गर भनेको छ।
*बिशेषता
सतौं रजस्थल : सतौं राज्यको राजधानी रहेको यो ऐतिहासिक स्थान प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण छ। यस ठाउँबाट माछापुच्छ्रे्र, अन्नपूर्ण, धवलागिरी, मनास्लु हिमालयको मनोरम श्रृंखला देखिन्छ। आँधिखोला, दरौंखोला, राङ्खोला लगायतका खोलाहरू र्छल· देखिन्छन्। कास्की, तनहुँ, पर्वत, गुल्मी र पाल्पाका केही स्थानहरू यहाँबाट अवलोकन गर्न सकिन्छ। जिल्लाको सदरमुकाम लगायत पुतलीबजार नगरपालिकाका साथै जिल्लाको अधिकांश भाग यहाँबाट देखिन्छ। यसका नजिकका आकर्षण स्थानमा पारिकोट डाँडा, महाछाङ्, बैदीखोला, राहुलडाँडा, तामाखानी, मैदान, महाभिर, सल्यान, वाघखेल्ने ढुंगा, ठूलोपँधेरा, खर्सेक र सिद्धबाबा हुन्।२०४२ सालमा योगी नरहरिनाथज्यूले भ्रमण गरेपछि यस क्षेत्रका स्थानीय बुद्धिजीवीहरूको सक्रियता बढेको पाइन्छ।
Satau chandi le sabaii ko rakshya garnu hola
Hjur ko wish pura hos ❤
Happy Dashain ✌️
Same to you ❤
chandi kali mai
@@bholebaba-js6ss jya hos 🥰♥️
🎓 😅😅😅😅😅😅the live Manor nepali volg
@@ratheeshkumar313 😅😅😅😅