कालो सुनको बजार (अलैंचीको बजार)

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • कुनै पनि देशमा वस्तु तथा सेवाको उत्पादनमा आआफ्नै विशेषता हुन्छन् । एउटै मुलुकले हरेक वस्तु तथा सेवा उत्पादन गर्न सक्दैन । प्रकृतिले दिएको भूगोल, हावापानी, माटो आदि विशेषताले वस्तु उत्पादनमा ठुलो भूमिका खेल्छ । सेवा क्षेत्रमा पनि त्यसै गरी अनेक विशेषता निहित हुन्छ । कतिपय मुलुकले पर्यटकीय सेवाबाटै देशको आर्थिक समृद्धि हासिल गरेका छन् । कतिपय खाडी मुलुकले अहिले हवाई सेवाबाट देशको आर्थिक अवस्था सुधार गरिरहेका छन् । वस्तु तथा सेवा उत्पादन गर्न प्रकृतिले दिएको विशिष्ट अवस्थालाई मानिसको श्रम, सिप, मेहनत तथा व्यवस्थापनले अब्बल आयमा परिणत गर्छ । मानिसले प्राप्त गर्ने आय व्यक्ति, परिवार र समाजका निम्ति त उपलब्धिमूलक हुन्छ नै, साथसाथै देशको अर्थतन्त्र सुधार गर्न पनि सहयोगी बन्छ । नेपालको पूर्वी पहाडी भेगमा उत्पादन हुने अलैँची बर्सौंदेखि बाह्य विश्वमा नेपाल चिनाउने उत्पादन भएको छ । नेपाली कृषि अर्थतन्त्रलाई महत्वपूर्ण टेवा दिँदै छ ।
    अलैँची नेपालको महत्वपूर्ण नगदे बाली हो । पूर्वी पहाडको ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभालगायतका जिल्लामा उत्पादन हुने अलैँचीको अति न्यून अंश मात्र देशभित्र खपत हुन्छ ।

КОМЕНТАРІ •