रामारोशन यात्राको रमाइलो पल । Sanfe to Ramaroshan travel

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुलाठुला चउर छन। प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो।जसको आकार अंग्रेजी अक्षर "सि"जस्तो छ।जुन बाटुले ताल भन्दा अली माथी छ।यहाको सानो तालमा ताउने ताल हो।यो हाल पुरिने अवस्थामा छ।जिगाले ताल भन्दा माथीपनि धेरै तालहरु छन।यो ताल भन्दा केहि परपट्टी ठुलाठुला चउर छन।जून अठार खण्ड का नामले प्रख्यात छन।यस्ता चउरहरु मध्येमा किनेमिने चउर सबैभन्दा ठुलो चउर हो।जसको बिच भएर कैलाश खोला बग्दछ।यो सम्भवत अछामकै ठुलो चउर हो।यसको केहि माथी पट्टी रोशन चउर छ।यो पनि धेरैनै ठुलो छ।
    यस क्षेत्रकाे नामाकरण :
    महादेव र पार्वतीको वासस्थानका रूपले चिनिने यो क्षेत्रमा प्राचीन समयमा रमा र रोशन नाम भएका आमा र छोरा बस्थे।उनीहरू यही बसेर गाई,बाख्रा पाल्ने गर्थे। एक दिन रमा र रोशन दुवै गोरु बाध्ने छानाबाट बेलुका अध्यारो भइसकेको बेला घर फर्कि रहेका थिए।बाटोमा एउटा ठुलो राक्षस कराई राखेको थियो।जून अतिनै भयानक र हिंस्रक थियो र भेट्यो भने मान्छे मारेर खान्थ्यो र मानिसहरूलाई सधैजसो दुःखदिई राखथ्यो।सो राक्षसको आवाज सुनी डरले काप्न थाले र छिटोछिटो उनीहरू माथी शिव र पार्वती बस्ने ठाउँ गए र राक्षस पछाडि उनीहरूलाई पच्छायाउदै थियो।उनिहरूले शिव पार्वतीको धेरै ठूलो पुकार गरे र जसबाट प्रसन्न भै महादेव प्रकट हुनु भयो र रमा,रोशनलाई किन मलाई पुकारेको मनुष्य भनेर सोध्नु भयो।महादेवलाइ देखेर रमा र रोशन खुसी भए र "हाम्रो ज्यान खतरामा छ,एउटा राक्षसले हामीलाई पच्छायाउदै छ।हजुरले हामि लाई बचाई दिनु पर्यो" भनेर बिन्ति गरे।सो बिन्ति सुनी महादेवले प्रसन्नभै सो राक्षसलाई समाती ठुलो फलामको डोरीले ठुलो चउरमा बाधि दिनुभयो र त्यसचौरमा पानीभरी दिनु भयो।जसले गर्दा त्यो राक्षस हलचल गर्न पाएन र रमा र रोशनले सदाकालागि सो राक्षसबाट मुक्ति पाए र कालान्तरमा सो ठाऊँ रमारोशन भनेर चिनिन थाल्यो।
    पर्यटकीय क्षेत्रका रूपमा रामारोशन :
    वि.स. २०६४ साल चैत्र २८ गते भएको संबिधानसभाको पहिलो निर्वाचनबाट एनेकपा माओवादी देशको सबैभन्दा ठुलो पार्टी बन्यो र सरकार पनि माओवादीको बन्यो।सो सरकारका तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराई र नागरिक उड्डयन तथा पर्यटन मन्त्री हिसिला यमी द्वारा औपचारीक रूपमा यसको उद्घाटन गरियो।तत्पश्चात् यस क्षेत्रको स्थानीय एवं जिल्लाबाट संरक्षण एवं प्रर्वद्वन गर्ने कार्य हुदै आइरहेको छ।विभिन्न समयमा यहाँ महोत्सवको आयोजना हुदै आइरहेका छन।जून विशेषगरी चैत र बैशाखतिर आयोजना हुने गर्दछन्।यसको प्रचारप्रसार एवं संरक्षणमा स्थानीय एफ.एम. रेडियो तथा आम जनताहरूले धेरैनै टेवा पुऱ्याएका छन।
    व्यवस्थापन :
    अछामको पर्यटकीय क्षेत्रका रूपमा रहेको यो क्षेत्रको व्यवस्थापन स्थानीय गाउँ विकास समिति एवं जिल्ला विकास समिति तथा विभिन्न सरोकारवाला सरकारी एवं गैरसरकारी संस्था हरूले गर्ने
    गर्दछन्।
    #vlog #travelvlog #ramaroshanvlog #ramailo #entertainment #fun #harharmahadev #vlog #ramailo #vlogger #2080 #achham #amazingtravel

КОМЕНТАРІ •